नयाँ जनवादको खुड्किलो पूरा गरेर मात्रै पुष्पलाल श्रेष्ठको सच्चा सम्मान हुन्छ : प्रतिक

काठमाडौं : राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल र पुष्पलाल जन्म शतवार्षिकी राष्ट्रिय समारोह समितिको आयोजना पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवश समारोह कार्यक्रम २०८२ असार ७ गते कोटेश्वरको खड्का पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कंडेलले कमरेड पुष्पलाल श्रेष्ठको शतवार्षिकी तथा ४७ औं स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै जनवादी क्रान्तिको खुड्किलो पूरा गरेर मात्रै पुष्पलाल श्रेष्ठको सच्चा सम्मान हुने विचार व्यक्त गर्नुभएको भयो । उहाँले छरिएर रहेका सम्पूर्ण क्रान्तिकारीहरुलाई एकताबद्ध बनाउँदै जनवादी क्रान्तिको खुटकिलो पूरा गरेर मात्रै कामरेड पुष्पलाल श्रेष्ठको क्रान्तिकारीपन, निष्ठा, त्याग, योगदान र श्रमजीवी वर्गप्रतिको समर्पणको सम्मान हुने बताउनु भयो । वहाँले अहिले राजनीतिक क्रान्ति पूरा नभएको भन्दै सबै क्रान्तिकारीहरुले एकताबद्ध भइ क्रान्तिलाई अगाडि बढाउनु पर्ने धारणा राख्नु भयो । पुष्पलाल निजी लाभकोलागि नलागेको र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन लागि परेको कुरा मन्तव्यको क्रममा राख्नु भयो ।
कार्यक्रममा अखिल नेपाल कम्युनिष्ट पार्टीका महासचिव लक्ष्मण उप्रेतीले अहिले कम्युनिष्टहरु वैचारिक हिसाबले कहाँ छन् ? भन्दै संसारको व्याख्या गर्ने मात्रै कुरा प्रमुख नभइ संसार बदल्ने कुरा प्रमुख भएको बताउनु भयो । पुष्पलाललाई सम्झिँदा सही कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने कुरा भुल्न नहुने उल्लेख गर्दै वहाँले नयाँ जनवाद समाजवाद टाढा नभएको बताउनु भयो । कार्यक्रममा प्रतिरोध जनअधिकार आन्दोलनका शैलेस पौडेलपौडेलले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सही विचार सही संगठन ,र सही नेतृत्व चाहिने कुरा बताउनु भयो। नेकपा माक्र्सवादी पुष्पलालका अध्यक्ष मान ध्वज गुरुङले पुष्पलाल स्मृतिलाई कतिपयले मागी खाने भाँडो बनाएका छन् भन्दै क्रान्तिकारी आन्दोलनको पुञज बनाउनु पर्ने बताउनु भयो । नेपाल कम्यनिष्ट पार्टीका सचिव राम दुलाल महत्वले कम्युनिष्ट नेताहरु वैदेशिक शक्तिहरुको इशारामा चलेको बताउनु भयो। यहाँ विदेशी शक्तिहरु खेलिरहेको बताउनु भयो। ।जनवादी मोर्चाका मोहन लिम्बूले पुष्पलालको नेपाली कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्नु भयो । सिता सुवेदी ‘क्रान्तिका लागि अटुट आशा तिमीले जगायौ’ भन्ने शिर्षक गीती कविता वाचन गर्नुभएको थियो । कार्यक्रम नेकपाका नेता लोकनारायण सुवेदीले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व नेकपाका अच्युत ज्ञवालीले गर्नुभएको थियो ।
