क्रान्तिकारी महिला सङ्गठन नेपाल ३ नं. क्षेत्रको प्रशिक्षण र भेला सम्पन्न

क्रान्तिकारी महिला सङ्गठन नेपालको प्रशिक्षण र भेला सम्पन्न

काठमाडौँ : क्रान्तिकारी महिला सङ्गठन नेपाल ३ नं. क्षेत्रको प्रशिक्षण र भेला शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ ।

भेलाका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक पि.बि.एम. तथा ३ नं. व्यूरो सचिव दिपक शाही रहेका थिए । भेलाले छायाँ श्रेष्ठको संयोजकत्वमा क्रान्तिकारी महिला सङ्गठन नेपाल ३ नं. क्षेत्रको समिति गठन गरेको छ ।

भेलामा क्रान्तिकारी महिला सङ्गठन नेपालका ३ नं. क्षेत्रीय समन्वय समिति कमला खडका, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य प्रेम थापा, महिला नेतृ जानकी चन्द लगायतले मन्तव्य राखेका थिए ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?