समाचार

रियादमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी

रियादमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी

काठमाडौँ : यमनका इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी गरेका छन्। हुथीका सैन्य प्रवक्ता याह्या अल–सरीअका अनुसार रियादका संवेदनशील क्षेत्र तथा रेड सी तटमा रहेका साउदी तेल कम्पनी अराम्कोका संरचनालाई लक्षित गरी आक्रमण गरिएको हो।साउदी अधिकारीहरूले भने रियादतर्फ प्रहार गरिएको एउटा ब्यालेस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको बताएका छन्। अन्य क्षति वा मानवीय हताहतीबारे तत्काल जानकारी दिइएको छैन। शनिबार रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इन्धन भण्डारण क्षेत्रमा कालो धुवाँ देखिएको थियो। घटनापछि केही समय विमान उडानमा समेत अवरोध भएको थियो। साउदी नेतृत्वको गठबन्धनका अनुसार बिश, ताइफ, फरासान र यान्बुमा…
Read More
विभिन्न राजमार्ग पहिरो र बाढीका कारण प्रभावित

विभिन्न राजमार्ग पहिरो र बाढीका कारण प्रभावित

काठमाडौँ : बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीको विवरणअनुसार बागमती प्रदेशतर्फ खुक–नेपालथोक–कटुन्जेबेँसी हुँदै चल्ने सवारीका लागि बीपी राजमार्ग प्रभावित छ। बाढीका कारण रसुवाकाे मुख्य राजमार्ग सबै प्रभावित छन्। अर्को सूचना नभएसम्म पूर्ण रूपमा अवरोध रहेको प्रहरीले जनाएको छ।नुवाकोटकाे शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा टोखा–छहरे सडकखण्ड बाढी तथा पहिरोको जोखिममा छ। राति १० बजेदेखि बिहान ५ बजेसम्म यहाँ सवारी सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। धादिङकाे बेनीघाट रोराङ गाउँपालिका–१० ज्वालामुखी र शीतलबजार क्षेत्रमा पृथ्वी लोकमार्ग पहिरोका कारण प्रभावित छ। दुवै स्थानमा एकतर्फी…
Read More
माैसम पूर्वानुमान : आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

माैसम पूर्वानुमान : आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका थोरै स्थानमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित…
Read More
अर्थमन्त्रीले आफू कठपुतली तथा राष्ट्रघाती भएको साबित गर्याे : प्रवक्ता सुदर्शन

अर्थमन्त्रीले आफू कठपुतली तथा राष्ट्रघाती भएको साबित गर्याे : प्रवक्ता सुदर्शन

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेलेको भारत भ्रमणका क्रममादेखिएको दृष्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी प्रेसवक्तव्यमा अर्थमन्त्रीको भारतभ्रमणका दौरान देखिएका कुराहरूप्रति कडा शब्दमा आपत्ति जनाइएको छ । भ्रमणको पहिलो दिन समकक्षी भारतीय अर्थमन्त्री निर्मला सीतारामसँगको भेटवार्तामा भारतीय राष्ट्रिय झण्डा मात्र राखिनु र नेपालकोझण्डा नराखिनु नेपाल सरकार तथा नेपाली जनताप्रतिको अपमान भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपालको झण्डा नराखिएको कक्षमा भेटवार्तामा बस्नु नेपालका अर्थमन्त्रीले आफू कठपुतली तथा राष्ट्रघाती भएको साबित गर्नु रहेको सोपार्टीले ठहर गरेको छ । नेपाल–भारत आर्थिक सम्बन्ध, लगानी, ऊर्जा, कनेक्टिभिटी र बाढीपछिको पुनर्निर्माणको कार्यसूची राखिए पनि भारतीय सहयोगकोबाहानामा देशका साधनस्रोेत…
Read More
तार्केश्वरमा अखिल (क्रान्तिकारी) को हाजिरजवाफ प्रतियोगिता सम्पन्न

तार्केश्वरमा अखिल (क्रान्तिकारी) को हाजिरजवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा तार्केश्वर नगरपालिका स्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ।प्रतियोगितामा तार्केश्वर नगरपालिकाभित्रका २४ वटा विद्यालय सहभागी भएका थिए। प्रत्येक विद्यालयबाट तीन/तीन जना विद्यार्थीको टोली सहभागी भएको प्रतियोगितामा छात्राको सहभागिता अनिवार्य गरिएको थियो। प्रतियोगितामा हिमरश्मी हाई स्कुल प्रथम भएको छ भने एन्जल हार्ट माध्यमिक विद्यालय द्वितीय र मेगा पब्लिक विद्यालय तृतीय भएका छन्। त्यस्तै सिर्जना ज्ञानसागर माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सान्त्वना भएका छन्।प्रथम हुने विद्यालयले शिल्ड, मेडल, प्रमाणपत्रसहित नगद रु. १० हजार, द्वितीय हुनेले शिल्ड, मेडल, प्रमाणपत्रसहित रु. ७ हजार र तृतीय हुनेले शिल्ड, मेडल, प्रमाणपत्रसहित रु. ५ हजार पुरस्कार…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी बर्दियाको गुलरियामा नगर भेला सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी बर्दियाको गुलरियामा नगर भेला सम्पन्न

गुलरिया: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको वर्दिया जिल्लाको गुलरिया नगर भेला आज २०८३ असोज २ गते सम्पन्न भएको छ। भेलालाई सम्बोधन गर्न पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज बिपिन क्षेत्रीको प्रमुख उपस्थितमा कार्यक्रम भएको थियो। भेलाले दिलिपको अध्यक्षतामा १५ जनाको नगर समिति निर्वाचित गरेको विपिन रोकायाले वताएका छन। भेलाको अध्यक्षता दिपक बिष्ट सञ्चालन बर्दिया जिल्ला पार्टी संयोजक बिनय रानाले गरेको वताइन्छ। भेलामा क्रान्तिकारी थारूवान मोर्चाका ब्युरो संयोजक विशाल थारू महिला जिल्ला संयोजक छाँया श्रेष्ठ उपस्थित रहेको वताएका छन।
Read More
तेस्रोलिंगीमाथि आक्रमण, गृहमन्त्री सुधन र मानवअधिकार आयोगमा उजुरी

तेस्रोलिंगीमाथि आक्रमण, गृहमन्त्री सुधन र मानवअधिकार आयोगमा उजुरी

काठमाडौँ : ललितपुरको बालकुमारीमा तेस्रोलिंगी व्यक्तिहरूमाथि आक्रमण भएको छ। पीडितहरूले आफूहरूमाथि आक्रमण हुँदा प्रहरी अधिकारीहरू नै दर्शक बनेर बसेको आरोप लगाएका छन्। प्रहरीले उल्टै आक्रमण गर्न उक्साएको र सुरक्षा नदिएको आरोप उनीहरूले लगाए।   ललितपुरको बालकुमारी नजिक २०८३ असोज १ गते बेलुका करिब ९ बजेतिर साथीको जन्मदिन मनाएर कोठा फर्कँदै गर्दा आफूहरूमाथि आक्रमण भएको उनीहरूले बताए। आक्रमणकारीबाट बच्न एक जनाले खोलामा हाम फालेको र अरूले भागेर ज्यान जोगाएको बताए।  गृह मन्त्री सुधन गुरुङ र राष्ट्रिय मानवअधिकार आयोग समक्ष सुजुका श्रेष्ठ, कृषा क्षेत्री र अंशु लामाले आक्रमणमा संलग्न युवाहरू र दर्शक बन्ने प्रहरी अधिकारीलाई कारबाही गर्न उजुरी दिएका छन्।   उजुरीमा ललितपुरको बालकुमारी…
Read More
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

काठमाडौँ : सामाजिक कथावस्तुमा आधारित उपन्यास ‘काउले’को लोकार्पण भएको छ । प्रकाशक संस्था भुँडीपुराण प्रकाशनद्वारा  शुक्रबार काठमाडौको संबाद डबलीमा आयोजित एक कार्यक्रमकाबीच कृतिको बिमोचन गरिएको हो । बिमोचन कार्यक्रममा प्रा.डा.माधव पोखरेलले उपन्यासमा बिषयबस्तुको प्रस्तुतिकरण ज्यादै प्रभावकारी र स्वादिलो रहेको धारणा राखे । उनले उपन्यास पढ्दै जादा त्यसभित्र ५० को दशक वरिपरिको सामाजिक परिवेशलाई निकै मिठो तरिकाले अभिव्यक्त गरिएको उल्लेख गरे । कार्यक्रममा डा.हर्क बहादुर शाहीले उपन्यास काउलेले अछामी भाषाको अभिलेखिकरण गर्ने कार्यसमेत गरेकोले यो महत्त्वपूर्ण रहेको बताए । कृतिमाथी समिक्षा गर्ने क्रममा  समीक्षक शिबप्रसाद जोशीले उपन्यासको शीर्षक ‘काउले’ नकारात्मक मात्रै होइन सकारात्मक पात्र पनि भएको भन्दै उपन्यासले बालमनोविज्ञान,यौनमनोविज्ञान र समाजमा…
Read More
पर्यावरणीय संकट र साम्राज्यवादका विषयमा दक्षिण एसियाका युवाहरूको गोष्ठी

पर्यावरणीय संकट र साम्राज्यवादका विषयमा दक्षिण एसियाका युवाहरूको गोष्ठी

काठमाडौँ : समाजवादी पार्टी फ्रन्ट लाइन श्रीलङ्का सम्बद्ध ‘ परिवर्तनका लागि युवा ‘नामक संगठनको आयोजनामा  पर्यावरण परिवर्तन र साम्राज्यवादको विरोध शीर्षकमा अनलाइन गोष्ठी सम्पन्न भएको छ । सेप्टेम्बर १५ को बेलुकी नेपाली समय अनुसार ७ बजेदेखि ९ बजेसम्म दुई घण्टा उक्त कार्यक्रम  सञ्चालन भएको थियो। कार्यक्रममा पर्यावरणीय संकट, साम्राज्यवादको भूमिका, पुँजीवादको भूमिकाका साथै समाजमा रहेका शोषण, असमानता आदिका बारेमा समेत वक्ताहरुले मन्तव्य राखेका थिए। ध्रुव मुखोपाध्याय (भारत) प्राध्यापक ध्रुव मुखोपाध्याय (भारत)ले पर्यावरणीय परिवर्तन भनेको विश्वव्यापी मामला भएकाले विश्वव्यापी रूपमा नै यसको समस्याको समाधान खोजिनुपर्ने बताउनुभयो। प्राध्यापक मुखोपाध्यायले अन्तर्राष्ट्रिय पर्यावरणीय सन्धि FICC– 1997 लगायतका सम्झौताहरूलाई उत्पीडित राष्ट्रहरूले साम्राज्यवादका विरुद्धमा आधार बनाउँदै संघर्ष गर्नुपर्ने र अन्तर्राष्ट्रिय…
Read More
गोर्खा भर्ती सम्बन्धी सर्बोच्चको आदेशलाई प्रभावित पार्न नेपाल सरकार नै लाग्योः बिगेसो

गोर्खा भर्ती सम्बन्धी सर्बोच्चको आदेशलाई प्रभावित पार्न नेपाल सरकार नै लाग्योः बिगेसो

काठमाडौं : ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बीगेसो) ले बेलायतमा हालै भएको भनिएको ब्रिटिश गोर्खा सैनिक सम्बन्धी वार्ताप्रति आपत्ति जनाएको छ । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सर्बोच्च आदालतको फैसला कार्यान्वयन नगर्ने तथा सिंगापुर सरकार र बेलायती सेनाका प्रतिनिधीको नेपाल भ्रमणले त्रिपक्षीय गोर्खा भर्ती सम्बन्धी सम्झौतालाई जीवितै राख्ने कसरत गरेकोसमेत बीगेसको आरोप छ । बिगेसोका वरिष्ठ सल्लाहकार परि थापाले  सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय गोर्खा भर्ती सम्झौता केबल नेपाल नागरिकलाई तस्करी गरेर शोषण गर्ने माध्यम भएकाले जसरी पनि खारेज गर्नुपर्नेमा जोड दिएका छन् । उनले बेलायत सरकारले नेपाली नागरिकलाई भाडाका सिपाइकारुपमा प्रयोग…
Read More