बालेन सरकारले सुकुम्बासीलाई अपराधिलाई जस्तै व्यवहार गर्योः पीडित
काठमाडौं : विगतका सरकार तथा कानुन संवत सुकुम्बासी बस्तीहरुमा अवैधानिकरुपमा डोजर चलाएको भन्दै पीडितहरुले आक्रोश व्यक्त गरेका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा उनिहरुले भूमि र आवास अधिकारको लागि निरन्तर लड्ने चेतावनी समेत दिएका छन् । ‘सम्पूर्ण भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी’हरुले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले भत्काइएका बस्तीहरु अतिक्रमित नभई सुकुम्बासीका रहेको प्रमाणसहित दाबी गरेका छन् । त्रिपुरेश्वरस्थित वंशिघाट सुकुम्बासी बस्तीकी पीडित मैया आलेले आफूहरुलाई विना जानकारी नै उठिबास लगाएको गुनासो गरिन् । “विकल्प बिना नै अपराधिलाई जस्तैः हाम्रो बस्तिमा डोजर चलाईयो, सरकार नागरिकप्रति ‘रक्षक’को भूमिका भन्दा ‘भक्षक’को रुपमा आयो ।” शंखमुलस्थित सुकुम्बासी बस्तीका पीडित पवन गुरुङले आफू…