अर्थमन्त्रीले आफू कठपुतली तथा राष्ट्रघाती भएको साबित गर्याे : प्रवक्ता सुदर्शन

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेलेको भारत भ्रमणका क्रममादेखिएको दृष्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी प्रेसवक्तव्यमा अर्थमन्त्रीको भारतभ्रमणका दौरान देखिएका कुराहरूप्रति कडा शब्दमा आपत्ति जनाइएको छ ।

भ्रमणको पहिलो दिन समकक्षी भारतीय अर्थमन्त्री निर्मला सीतारामसँगको भेटवार्तामा भारतीय राष्ट्रिय झण्डा मात्र राखिनु र नेपालकोझण्डा नराखिनु नेपाल सरकार तथा नेपाली जनताप्रतिको अपमान भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपालको झण्डा नराखिएको कक्षमा भेटवार्तामा बस्नु नेपालका अर्थमन्त्रीले आफू कठपुतली तथा राष्ट्रघाती भएको साबित गर्नु रहेको सोपार्टीले ठहर गरेको छ ।

नेपाल–भारत आर्थिक सम्बन्ध, लगानी, ऊर्जा, कनेक्टिभिटी र बाढीपछिको पुनर्निर्माणको कार्यसूची राखिए पनि भारतीय सहयोगकोबाहानामा देशका साधनस्रोेत बेच्ने र अस्तित्वमाथि खेलबाड गर्ने काम हुन नदिन सचेत रहन आग्रह गरिएको छ।

वक्तव्यमा देशभक्त जनसमुदाय, नागरिक समाज र राजनीतिक पार्टीहरूलाई भारतीय शासकहरूको हेपाहा प्रवृत्ति र कठपुतलीसरकारको दास प्रवृत्तिको विरोध गर्न र सचेत रहन आह्वान गरिएको छ।

By जन बिहानी

Related Posts