समाचार

आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षासमेत भएको थियो । आज दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । साथै मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ…
Read More
विज्ञापन रोक्ने सरकारी नीति विरुद्ध पत्रकार महासंघको थप आन्दोलनको घोषणा

विज्ञापन रोक्ने सरकारी नीति विरुद्ध पत्रकार महासंघको थप आन्दोलनको घोषणा

काठमाडाैँ : नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी संचार माध्यममा रोक्ने सरकारको निर्णय विरुद्ध जेठ ७ गतेदेखि आन्दोलनको घोषणा गरेको छ ।महासंघले जेठ ७ गते हस्ताक्षर अभियान सञ्चालन गर्ने,जेठ ११ गते सोमबार केन्द्रीय समितिले संघीय संसदका सभामुख राष्ट्रिय सभाका अध्यक्ष, संसदको विषयगत समितिका सभापतिलाई ज्ञापन पत्र बुझाउने ,प्रदेश र शाखाहरुले इमेल वा हुलाकमार्फत ज्ञापन पत्र बुझाउने , जेठ १४ गते विहीबार देशका सबे पत्रपत्रिका, टेलिभिजन,रेडियो र अनलाइनसंचार माध्यममा सरकारी कदमको विरोध गर्दै सम्पादकीयको वा उपउक्त स्थानमा कालो राख्न महासंघका सबै संरचनाले पहल गर्ने पत्रकार महासंघले जनाएको छ । साताव्यापी कार्यक्रम पछि पनि सरकारले सुनुवाइ नगरेमा थप आन्दोलनको घोषणा गर्ने महासंघले…
Read More
नेकपा(बहुमत)का नेता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश

नेकपा(बहुमत)का नेता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश

सुर्खेत : ने.क.पा. (बहुमत) को भेरी कर्णाली ब्युरो सदस्य प्रकाश आचार्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । बुधबार उनले प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेकपा (बहुमत)ले पार्टीको नीति, विधि, विधान पद्धती भन्दा पनि स्वहन्छाचारी ढंगले चलेकाे बताएका छन् । विज्ञप्तिकाे पूर्णपाठ – मितिः २०८३/०२/०६गतेप्रेश विज्ञप्तीविगत लामो समय देखि धुप्रियको भ्रष्टचार, शोषित पिडीत नेपाली श्रमजिवि जनताको पूर्ण वर्गिय मुक्तिको आशा गरेको महान जनयुद्ध र १९ दिने जन आन्दोलनबाट खाएको धोका र नव उपनिवेशिक आर्थिक सामाजिक स्थितिले जन्मायको दलाल तथा नोकरशाह पूँजीवादी त्यसको राज्य व्यवस्था अर्थात दलाल संसदिय व्यवस्थाको अन्त्य गरी नयांजनवादी क्रान्तिको खुट्किलो पार गरी नेपालमा वैज्ञानिक समाजवादी राज्य स्थापनाका…
Read More
पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको अनलाइन पोर्टल सार्वजनिक

पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको अनलाइन पोर्टल सार्वजनिक

कम्युनिस्ट नेताहरूले दिए एउटै मार्क्सवादी शिक्षामा जोड काठमाडौँ : पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले आफ्नो डिजिटल साइट सार्वजनिक गरेको छ । नेपालमा क्रियाशील सम्पूर्ण गैरसंसदीय र संसद्वादी कम्युनिस्ट/वामपन्थी पार्टीका नेताहरू सहभागी गराएर सहिद तथा बेपत्ता योद्धाका परिवारजनका हातबाट पुष्पलाल मार्क्सिस्ट युनिभर्सिटी डटकम नामको अनलाइन आरम्भ गरिएको जानकारी विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयले एउटै मालेमावादी शिक्षा प्रदान गर्ने र मार्क्सवादी दर्शन र विचारको प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताइएको छ । अनलाइन सार्वजनिकीकरण तथा नेपालको वामपन्थी आन्दोलनको अवस्था र यसको दिशा विषयक कार्यक्रममा जनयुद्ध आरम्भकर्तामध्येका एक नेता हरिबोल गजुरेल ‘शीतलकुमार’, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेकपा एमालेका पूर्वउपाध्यक्ष युवराज ज्ञवाली, नेपाली…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, दाङको प्रथम जिल्ला भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, दाङको प्रथम जिल्ला भेला सम्पन्न

मोतीराम खड्काको नेतृत्वमा १५ सदस्यीय समिति र ७ सदस्यीय सल्लाहकार गठन दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको देशव्यापी ुपार्टी सङ्गठन सुदृढीकरण अभियानु अन्तर्गत दाङ जिल्ला समितिलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउने उद्देश्यका साथ प्रथम ऐतिहासिक जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ। भेलाले जिल्लामा पार्टी सङ्गठन विस्तार तथा वैचारिक आन्दोलनलाई सशक्त बनाउने नयाँ सांगठनिक कार्यदिशासमेत पारित गरेको छ। नेताहरूको उपस्थिति र वैचारिक प्रशिक्षणजिल्लालाई सुदृढ गर्ने अभियान अन्तर्गत आयोजित यस भेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै पार्टीका पोलिटब्युरो सदस्य तथा ४ नम्बर क्षेत्रीय ब्युरो इन्चार्ज समीरले विशेष वैचारिक प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा उहाँले वर्तमान राजनीतिक संकटको निकास क्रान्तिकारी कम्युनिस्ट…
Read More
सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको माइतीघरमा विरोध प्रदर्शन

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको माइतीघरमा विरोध प्रदर्शन

६ वटा किसान संगठनको ऐक्यबद्धताकाठमाडौं : ‘भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई क्षतिपूर्तिसहित पुनर्वासको ग्यारेण्टी गर’ भन्ने मूल नाराका साथ संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको आयोजनामा माइतीघर मण्डलामा बिहीबार विरोध प्रदर्शन गरियो । देशैभर बालेन्द्र साह सरकारले मच्चाएको डोजर आतंकका विरुद्ध आयोजित विरोध प्रदर्शनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले ‘जबर्जस्ती उठिबास बन्द गर, डोजर आतंक बन्द गर, बालेन सरकार चाहिँदैन, डोजर लाउन पाइदैन, संविधानको उलंघन गर्ने सरकार चाहिँदैन, ठाउँ सरकारको, जनता कसको ?, मानव अधिकारको सम्मान गर, घर होइन अन्याय भत्काऊ, हाम्रो भोट फिर्ता गर, नालायक सरकार चाहिँदैन, बालेन सरकार मुर्दावाद, सूचना सूचना सूचना मानव अधिकार हराएको सूचना, ज्यानमारा बालेन सरकार मुर्दावाद, होल्डिङ…
Read More
सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथिको बर्बर दमनका विरुद्ध विरोध प्रदर्शन (फोटोफिचर)

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथिको बर्बर दमनका विरुद्ध विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं : भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि बालेन्द्र साह नेतृत्वको सरकारले गरेको फासिवादी बर्बर दमनका विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिले नारा जुलुससहित विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस, पीवीएमहरु दिनेश शर्मा सागर, चिन्तामणि पौडेल, सुरेश श्रेष्ठ, नेकपा (बहुमत)का प्रवक्ता उदयबहादुर चलाउने, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका पीवीएम राजकुमार हिङमान, नेकपाका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख अर्जुन कार्की लगायतका नेताहरुले गर्नुभएको थियो । बिजुली बजार पुलबाट निकालिएको जुलुस माइतीघर मण्डलामा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम तथा ९ नं ब्यूरोका इन्चार्ज…
Read More
राष्ट्रिय परीक्षा बोर्डले गर्याे एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले गर्याे एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा भने केहीबेर पछि मात्रै वेबसाइटमा देख्न सकिने जनाइएको छ । एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गरेको हो । कसरी हेर्ने नतिजा ? एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका –नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)–एम्बिसन गुरु: ३१०६१ (SMS…
Read More
‘गास, बास र कपास मानव अधिकार हो ! सुकुम्बासीमाथिको दमन फासीवाद हो !!’

‘गास, बास र कपास मानव अधिकार हो ! सुकुम्बासीमाथिको दमन फासीवाद हो !!’

सुकुम्बासी तथा आम जनसमुदाय !बालेन्द्र शाह नेतृत्वको सरकारले सपथ खाएको भोलिपल्टैदेखि फासीवादी शैली अपनाएको कुरा सर्वविदितै छ । वैशाख १२ गतेदेखि भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासी बस्तीहरूमा काठमाडौँको थापाथलीबाट चलाइएको डोजर आतङ्क अदालतको आदेश आउने दिनसम्म जारी रह्यो । यसरी वैकल्पिक व्यवस्था नगरिकन किन सुकुम्बासी बस्तीमा डोजर लगाएको भनी सोधिएको जनताको प्रश्नको उत्तरमा सरकार भन्छ, “सरकारी जग्गा अतिक्रमण गरी बसेकोले ।” आम जनताले पुनः प्रश्न गरेका छन्, “के सुकुम्बासीहरु नेपाल सरकारका जनता होइनन् ?” सरकारले यसको कुनै जवाफ नदिई देशभरि सुकुम्बासी बस्तीहरुमा डोजर चलाइरह्यो । आज आएर अदालतले सुकुम्बासी बस्तीहरुमा डोजर नचलाउन आदेश गरेको स्थिति छ । सुकुम्बासी को हुन्…
Read More
बिना विकल्प भूमिहीन सुकुम्बासीहरुलाई उठिबास लगाउने कार्य तत्काल बन्द गर्न जोडदार माग

बिना विकल्प भूमिहीन सुकुम्बासीहरुलाई उठिबास लगाउने कार्य तत्काल बन्द गर्न जोडदार माग

नुवाकोट : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटले एक प्रेस वक्तव्य जारी गरी विना विकल्प भूमिहीन सुकुमबासीलाई उठिबास लगाउने कार्य तत्काल बन्द गर्न जोडदार माग गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी प्रशिद्धले जारी गरेको वक्तव्यमा भनिएको छ, “अब्यवस्थित वसोवासी किसान, भुमिहिन सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी गरिएको राज्य आतंक तुरुन्त बन्द गरी शान्तिपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपाल, जिल्ला समिती नुवाकोट नेपाल सरकार संग जोड्दार माग गर्दछ ।”वक्तव्यमा अगाडि भनिएको छ, “शान्ति सुशासन र नेपाली जनता को उज्ज्वल भविश्यको नारा दिएर विश्व साम्राज्यवाद द्वारा प्रायोजित २०८२ फागुन २१ को कथित निर्वाचनमा आम…
Read More