समाचार

अण्डाको नयाँ मूल्य : बढ्यो अण्डाको मूल्य, अब एक क्रेटकै ५४५ रुपैयाँ

अण्डाको नयाँ मूल्य : बढ्यो अण्डाको मूल्य, अब एक क्रेटकै ५४५ रुपैयाँ

चितवन : नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ । संघको मिति २०८३ जेठ ११ गते बनेपा र काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार नयाँ मूल्य निर्धारण गरिएको हो । संघले चितवनलाई आधार मानेर तोकेको नयाँ मूल्य जेठ १२ गतेदेखि नै लागू हुनेछ । संघका सचिव मदन पोखरेलका अनुसार विभिन्न साइजका अण्डाको प्रतिक्रेट मूल्य निम्न अनुसार कायम गरिएको छः एक्सएल अण्डाः ५४५ रुपैयाँठूलो अण्डा ५३० रुपैयाँमध्यम अण्डा ५०० रुपैयाँसानो अण्डा ४०० रुपैयाँ यस्तै, उपभोक्ताका लागि प्रतिगोटा अण्डाको खुद्रा मूल्य २५ रुपैयाँ तोकिएको छ । संघले सम्पूर्ण व्यवसायी तथा सरोकारवालाहरूलाई तोकिएकै मूल्यमा कारोबार गर्न अनुरोध गरेको…
Read More
आजको मौसम कतै मेघगर्जनसहित वर्षा, कतै चल्नेछ तातो हावा

आजको मौसम कतै मेघगर्जनसहित वर्षा, कतै चल्नेछ तातो हावा

काठमाडौँ : हाल नेपालको मौसममा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ। यसकै असरका कारण देशका विभिन्न हिस्सामा मौसमको कडा रूप देखिने सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा अहिले साधारणतया बादल लागेको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र पनि बादलले ढाकिएका छन्।मधेस प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा भने आंशिक बादल लागेको छ भने बाँकी तराई भू-भागको मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा…
Read More
साम्राज्यवाद र फाँसीवादकाविरुद्ध क्रान्तिकारी साँस्कृतिक कार्यक्रम सम्पन्न

साम्राज्यवाद र फाँसीवादकाविरुद्ध क्रान्तिकारी साँस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं : डेमोक्रेटिक फ्रन्ट अफ फिलिपिन्सको संयोजनमा वैज्ञानिक समाजवादका लागि साम्राज्यवाद र फासिवादका विरुद्ध नेपालका वामपंथी पार्टीका साँस्कृतिक मोर्चाहरुले क्रान्तिकारी साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार साँझ सम्पन्न भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाली कम्युनिस्ट पार्टी र नेकपा (माओवादी) निकट सांस्कृतिक मोर्चाहरुमा आबद्ध जनकलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट रक्तिम साँस्कृतिक परिवार र सामाना सांस्कृति परिवारका कालाकारहरुले संयुक्त रुपमा प्रस्तुति दिएका थिए । लेकै फुल्यो लाली गुराँस, सागर तर्ने, प्रतिबन्ध, सानो सानो, क्रान्ति सम्भव छ लगायत बोलको गीतमा सामना साँस्कृतिक परिवार र रक्तिम साँस्कृतिक परिवारका…
Read More
एमालेको केन्द्रीय समितिकाे बैठक असार दोस्रो साता बस्ने

एमालेको केन्द्रीय समितिकाे बैठक असार दोस्रो साता बस्ने

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भएको छ । सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको हो । उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष र महासचिवबीच परामर्श गरी केन्द्रीय कमिटी बैठक बस्नेछ । ‘असार १५ देखि २० को बीचमा बोलाउने निर्णय भएको छ,’ भट्टले भने ।
Read More
एमाले सचिवालय बैठकको निर्णयः ओलीपछि बादल, अन्तिममा महेश

एमाले सचिवालय बैठकको निर्णयः ओलीपछि बादल, अन्तिममा महेश

काठमाडौँ : नेकपा (एमाले) ले वर्तमान सरकार स्वेच्छाचारी ढङ्गले सञ्चालन भएको भन्दै कडा आपत्ति जनाएको छ । पार्टीको सचिवालय बैठकको चौथो दिन आइतबार विभिन्न महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्दै एमालेले सरकार लोकतन्त्रको बाटोबाट विचलित भएको ठहर गरेको छ ।बैठकका निर्णयबारे जानकारी दिँदै उपमहासचिव लेखराज भट्टले सरकारले पछिल्लो समय देखाएको कार्यशैलीप्रति पार्टीले घोर विरोध जनाएको बताए । बैठकले विशेष गरी भन्सार प्रशासनमा भइरहेको अनियमितता, सुकुमसबासी समस्या समाधानमा देखिएको उदासीनता र प्रधानन्यायाधीशको नियुक्ति तथा वरीयताको विषयमा सरकारले अपनाएको विवादित कदमको आलोचना गरेको छ । साथै, एमालेले पछिल्लो समय मुलुकमा बढ्दै गएको महँगी, दलित समुदायमाथिको हिंसा र सरकारले ल्याउन लागेको अध्यादेशको समेत कडा शब्दमा…
Read More
नेवाः राष्ट्रिय मुक्ति मोर्चाद्वारा लोकप्रियतावाद विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेवाः राष्ट्रिय मुक्ति मोर्चाद्वारा लोकप्रियतावाद विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं : २८ औं स्थापना दिवस मनाउदै नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय संयोजक पवन मान श्रेष्ठको अध्यक्षतामा नेपालको सन्दर्भमा लोकप्रियतावाद शिर्षकमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका अध्यक्ष पवन मान श्रेष्ठले पानसमा बत्ती बालेर उद्घाटन गर्दै उद्घाटन मन्तव्य राख्दै शुरु भएको प्रशिक्षण कार्यक्रमको मुख्य प्रशिक्षक मोर्चाका केन्द्रीय उपाध्यक्ष समेत रहेका शुरेस श्रेष्ठ हुनुहुन्थ्यो भने पाका भाषा संस्कृति अभियान्ता तथा मोर्चाका केन्द्रीय उपाध्यक्ष गोर्की श्रेष्ठ र केन्द्रीय सल्लाहकार निभास चन्द्र श्रेष्ठ लगायतका व्यक्तित्वहरुको आतिथ्यता भएको कार्यक्रममा स्वागत मन्तव्य मोर्चाका सचिव जगदिश्वर महर्जनले राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपालका महासचिव श्रीकृष्ण सुलुले गर्नुभएको थियो। लोकप्रियतावाद नेपालको…
Read More
नेपालगन्जदेखि धनगढीसम्म अधिकतम तापक्रम बढ्ने, पहाडी भेगमा चट्याङसहित वर्षा हुने

नेपालगन्जदेखि धनगढीसम्म अधिकतम तापक्रम बढ्ने, पहाडी भेगमा चट्याङसहित वर्षा हुने

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार आज देशको मौसममा दुई फरक अवस्था देखिने भएको छ। देशको पश्चिमी भेगका तराई र पहाडी इलाकामा अत्यधिक गर्मी हुनेछ भने मध्य तथा पूर्वी पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो हावाको लहर चल्ने सम्भावना रहेकाले त्यस क्षेत्रको जनजीवन प्रभावित हुने देखिन्छ। पश्चिम तराईका प्रमुख सहरहरूमा आज अत्यधिक गर्मी महसुस हुनेछ। मौसम पूर्वानुमानअनुसार दिपायल, धनगढी र नेपालगन्जको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। यी सहरहरूमा दिउँसो तातो हावाको लहर चल्नेछ भने वर्षाको सम्भावना शून्य प्रतिशत रहेको छ। त्यसैगरी,…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी बर्दिया जिल्ला गुलरिया नगर कमिटीको बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी बर्दिया जिल्ला गुलरिया नगर कमिटीको बैठक सम्पन्न

गुलरिया : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्ला गुलरिया नगर कमिटीको बैठक सम्पन्न भएकाे छ । शुक्रबार बसेकाे बैठककाे अध्यक्षता नगरसमिति सचिव दिपक बिष्टले गर्नु भएकाे थियाे भने प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज बिपिन राेकाया हुनुहुन्थ्यो र अतिथि जिल्ला सचिव बिनय रानाकाे उपस्थितिमा महत्त्वपूर्ण निर्णय लिदै समापन भएकाे थियाे।
Read More
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल रही बाँकी भू(भागमा आंशिक बादल लागिरहेको छ । गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली…
Read More
धेरैजसो जग्गा दलालहरु अहिले रास्वपामा पसेका छन्

धेरैजसो जग्गा दलालहरु अहिले रास्वपामा पसेका छन्

समिर, ४ नम्बर व्यूरो इञ्जार्ज ,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ( हालै दाङको एक कार्यक्रममा सुकुम्बासी समस्याबारे बोल्दै समिरले राखेको विचार ) के रास्वपाका नेताहरू अर्कै दुनियाबाट आएका एलियन हुन् ? हिजोका दिनमा तपाईँहरू कुन कुन पार्टीमा हुनुहुन्थ्यो ?कुन कुन पार्टीका कार्यकर्ता हुनुहुन्थ्यो भन्ने कुरा के हामीलाई थाहा छैन ? तपाईँले दाङका रास्वपाका नेताहरूको स्थिति हेर्नुस् त ! उहाँहरु कहाँ कहाँ हुनुहुन्थ्यो ? आज सुकुम्बासीका बस्तीहरूमाथि डोजर लगाउँछु भनेर तपाईँले दिवा सपना नदेख्नुस्। आज तपाईंले जनताका विरुद्ध बन्दुक चलाइरहनु भएको छ। जब जनताले बन्दुक बोक्ने बेला आउँछ , त्यतिबेला तपाईहरु यो ठाउँमा नभेटिने स्थिति पनि हुन सक्छ। त्यसैले हामी भनिरहेका छौं…
Read More