समाचार

आज सहिद दिवस मनाइँदै

आज सहिद दिवस मनाइँदै

काठमाडौं : देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुने गरेको छ । आज शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ । सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको…
Read More
मालदिभ्सको संसदमा सत्ता पक्ष र प्रतिपक्षीबीच झडप

मालदिभ्सको संसदमा सत्ता पक्ष र प्रतिपक्षीबीच झडप

काठमाडाैँ : मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन् । चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो । प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषय नै झडपको कारण भएको बीबीसीले जनाएको छ । यो विवाद यति धेरै बढ्यो कि सत्ता पक्ष र प्रतिपक्षीबीच हात हालाहाल नै भयो । कुटपिटबाट केही सांसदको टाउकोमा चोट लागेको छ । एक जना सांसदलाई त उपचारका लागि अस्पतालमै पुर्याउनु परेको…
Read More
डाक्टरले दिए मेनुकालाई एआई जडित स्मार्ट भिजन चस्मा

डाक्टरले दिए मेनुकालाई एआई जडित स्मार्ट भिजन चस्मा

इण्डियन आइडलको आइतबारको एपिसोडमा एआई जडित स्मार्ट भिजन चस्मा लगाउँदै मेनुका । काठमाडौं । इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी प्रतिस्पर्धी मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्रदान गरेका छन् । इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन् । रियालिटी शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन समेत गरिएको थियो । लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमा पुगेका थिए । ती डाक्टरले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा प्रदान गरेका थिए । उक्त चस्मा लगाएपछि मेनुकाले रियाज गर्न…
Read More
प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न

प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न

काठमाडौं : माक्र्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा शनिबार (१३ माघ, २०८०) सम्पन्न शोकसभामा श्रद्धाञ्जली मन्तव्य राख्ने वक्ताहरुले कमरेड ताराकान्त पाण्डेयको बहुआयामिक व्यक्तित्वमाथि विशेष चर्चा गर्नुभएको छ । प्रा.डा. ताराकान्त पाण्डेयको माक्र्सवादी समालोचक, प्राध्यापक, प्रगतिवादी साहित्य सर्जक तथा सौन्दर्य चिन्तक, कुशल नेता, सांगठक लगायत बहुआयामिक व्यक्तित्वमाथि वक्ताहरुले विशेष चर्चा गर्नुभएको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष तथा बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य किरणले भन्नुभयो, “साहित्य, कला, संस्कृतिका क्षेत्रमा ठूलो विचलन छ । वैचारिक स्खलन छ । यो विचारधारात्मक संघर्ष चलाउने क्षेत्रमा कमरेड ताराकान्त पाण्डेयको निधनले अपुरणीय क्षति पुगेको छ ।”…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न

पोखरा : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन पोखरा औद्योगिक क्षेत्रमा सम्पन्न भएको छ । अधिवेशनले कालिबहादुर पाण्डे संयोजक र बिना बुढाथोकी सहसंयोजक रहेको २९ सदस्य प्रदेश समिति निर्वाचित गरेको छ । एकता अधिवेशनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य क. बाबुराम गजमेर, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सहसंयोजक वसन्त बोगटी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामजी थापा, क. मामा, क. नारायण अधिकारी, कास्की जिल्ला संयोजक क. सुजन, विद्यार्थी प्रदेश संयोजक प्रेम प्रशान्त बोहरा, युवाका प्रदेश संयोजक लोकेन्द्र राई, प्रमोद सिंह, महिला संगठनका प्रदेश संयोजक लक्ष्मी खड्का, महासंघका सचिवालय सदस्य चन्द्रबहादुर बस्यालले शुभकामना दिनुभएको…
Read More
मजदुर महासंघको ‘कारखाना आऔं’ अभियान तीव्र

मजदुर महासंघको ‘कारखाना आऔं’ अभियान तीव्र

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले घोषित अभियानलाई तिब्र बनाएको छ। ‘कारखानामा जाऔं’ भन्ने नाराका साथ महासंघ देशैभरि अभियानमा जुटेको छ ।चार महिने अभियानको क्रममा महासंघले औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुसँग भेट गर्ने, छलफल चलाउने र सदस्यता बितरण समेत गरिने महासंघका नेताहरुले जानकारी दिएका छन् । यसैबीच, अभियानको क्रमामा आज (२०८०–१०–१२) गते बिहान काठमाडौको श्वयम्भू क्षेत्रमा कार्यरत निर्माण श्रमिकहरुसँगसँग भेटघाट–छलफल भएको छ । सो क्रममा महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघ अन्तर्गतको इकाइ कमिटी समेत निर्माण गरिएको छ। अभियानले शोनाम शेर्पाको अध्यक्षतामा पन्ध्र १५ सदस्यीय इकाइ कमिटी…
Read More
कारखाना जाऔं अभियानमा जुट्न गरियाे यस्ताे अपिल

कारखाना जाऔं अभियानमा जुट्न गरियाे यस्ताे अपिल

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कार्यालयको विस्तारित बैठक सम्पन्न भएको छ । प्रदेश संयोजक कुमार घतानेको अध्यक्षतामा सम्पन्न बैठकले कारखाना जाऔं अभियानमा जुट्न सम्पूर्ण प्रदेश कमिटी, जिल्ला महासंघ तथा प्रदेश र जिल्लाका पेशागत घटकहरुलाई अपिल गरेको छ । बैठकमा महासंघका संयोजक दिनेश शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हेमन्त प्रकाश वलि सुदर्शन, सचिवालय सदस्य शरद रसाइली र महासंघका सह संयोजक वसन्त बोगटीको उपस्थिति रहेको थियो । बैठकलाई प्रशिक्षित गर्दै संयोजक दिनेश शर्माले यो व्यवस्था धराशायी तर बलियो मुक्का प्रहार गर्न नसक्दा टिकेको बताउँदै मजदुरहरुलाई एकगठ गर्न सके त्यसको बलियो तागतले यसलाई धुलोपिठो गर्ने स्पष्ट गर्नुभयो ।…
Read More
काठमाडौंको न्यूनतम आजको तापक्रम ३ डिग्री

काठमाडौंको न्यूनतम आजको तापक्रम ३ डिग्री

काठमाडौं : काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । त्यसैले अघिल्ला दिनको तुलनामा आज बढी चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो । यसअघि यही माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो । आज शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । महाशाखाले तापक्रमको पछिल्लो अपडेट हरेक दिन बिहान पौने ९ बजे र बेलुका पौने ६ बजे सार्वजनिक गर्दछ…
Read More
वैदेशिक रोजगारी : खाडीबाट युरोपतिर मोडिंदैछ श्रम गन्तव्य

वैदेशिक रोजगारी : खाडीबाट युरोपतिर मोडिंदैछ श्रम गन्तव्य

काठमाडौं : दाङको बबई गाउँपालिका-५ का रेशमबहादुर मगरका बाबु कर्णबहादुरले आधा जीवन कतारमा बिताए । कतारमा ८ वर्ष भवन बनाउने मजदुरको रुपमा काम गरेका उनले त्यहाँ बगाएको पसिनाले ६ जनाको परिवारको जीविका चलाए । रेशमका बाबुमात्र हैन, उनका दुई काका प्रेम र जीतबहादुर मगरले पनि खाडीमै बगाएको पसिनाले सन्तानको शिक्षादीक्षा र खानपानको बन्दोबस्त गरे । ११ कक्षा पढेपछि रेशमले पनि बुबा र काकाकै जस्तो विदेश जाने बाटो पछ्याए । तर उनले गन्तव्य चाहिँ फरक रोजे । ८ महिनायता उनी युरोपको क्रोएसियामा छन् । ‘खाडीमा बुबाले पाएको दुःख सुनेर त्यहाँ जान मन नै भएन, उनले भने, ‘राम्रो देशमा अवसर पनि राम्रो…
Read More
क्रान्तिकारी युवा संगठन नेपाल ४ नम्बर प्रदेशले गर्याे ८ बुद्दे संघर्षका कार्यक्रम घाेषणा

क्रान्तिकारी युवा संगठन नेपाल ४ नम्बर प्रदेशले गर्याे ८ बुद्दे संघर्षका कार्यक्रम घाेषणा

पाेखरा : माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन, क्रान्तिकारी युवा संगठन,नेपाल ४ नम्बर प्रदेश संगठन समितिले पाेखरामा पत्रकार सम्मेलन मार्फत ८ बुद्दे संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ ।बिहिवार संगठनले पत्रकार सम्मेलन गर्दै ८ बुँदे संघर्षका कार्यक्रम घाेषणा गरेको हाे। संगठनले नीतिगत हुने भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्धमा जनसंघर्स गरीने छ ।, विकास निर्माणका कार्यहरू अलपत्र पार्ने, ढिलासुस्ती गर्ने, कमसल वनाउने जस्ता कार्यका विरुद्ध जनसंघसं गरिने छ ।, विभिन्न सेटिङमा भईरहेको प्राकृतिक स्रोतसाधन र सार्बजनिक सम्पत्तिको अतिक्रमण, दोहन, चोरीपैठारी, निकासी गर्नेका विरुद्ध जनसंघर्स गरिने छ ।, वित्तीय सस्था, मिटरव्याजी पीडितको न्यायको लागि जनपरिचालन सहित जनसंघर्स गरिने छ ।, करोडौको…
Read More