‘बालेन्द्र सरकारले देशलाई सिक्किमीकरणको दिशामा लगेको छ, जोगाउन संघर्षमा जुटौं’
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको हालै बसेको स्थायी समितिको बैठकले बालेन्द्र साह नेतृत्वको सरकारले गरेका कामको प्रारम्भिक समीक्षा गरेको छ । समीक्षाबाट बालेन्द्र सरकारले फासिवादको साहरा लिएर नेपाललाई सिक्किमीकरणको दिशामा लगेको निष्कर्ष निकालेको छ र देशलाई जोगाउन सशक्त संघर्षमा उत्रन सम्पूर्ण देशभक्त, प्रगतिशील, क्रान्तिकारी जनवादी, वामपन्थी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह तथा व्यक्तित्वहरूका बीच राष्ट्रिय राजनीतिक सम्मेलन मार्फत् एउटा बलियो संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको गठनका निम्ति सशक्त संघर्षमा जुट्न हार्दिक आह्वान गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव गौरवले विशेष महत्वका साथ जारी गर्नुभएको प्रेस वक्तव्यमा भनिएको छ, यो सरकारबाट देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता तथा…