समाचार

संयुक्त संघर्ष समिति, काठमाडाैँ उपत्यकाद्वारा प्रधानमन्त्री कार्कीको पुत्ला दहन

संयुक्त संघर्ष समिति, काठमाडाैँ उपत्यकाद्वारा प्रधानमन्त्री कार्कीको पुत्ला दहन

काठमाडौं : संयुक्त संघर्ष समिति, काठमाडाैँ उपत्यकाले प्रधानमन्त्री सुशिला कार्कीको पुत्ला दहन गरेको छ । समितिका नेताकार्यकर्ताहरुले बुधबार दिउसो डिल्ली बजारको पिपलबोट चोकमा प्रधानमन्त्री कार्कीको पुत्ला दहन गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेताकार्यकर्ताहरुको अगुवाइमा भएको विरोध प्रदर्शनमा सुशिला कार्की नेतृत्वको सरकारलाई कठ्पुलती सरकार–मूर्दावाद, संयुक्त संघर्ष समिति जिन्दावाद, गिरफ्तार गरिएका नेताकार्यकर्ताहरुलाई अविलम्ब रिहा गर, संविधान प्रदत्त विचार अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर, फागुन २१ को प्रयोजित निर्वाचन बहिस्कार गरौं, देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गरौं, साम्राज्यवादी दलालहरु होशियार लगायतका चर्को नाराबाजी समेत गरिएको थियो । विरोध प्रदर्शन तथा प्रधानमन्त्री सुशिला कार्कीको पुत्ला दहन कार्यक्रम…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन केन्द्रीय सदस्य सुर्खेतबाट गिरफ्तार, अविलम्ब रिहाइ गर

क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन केन्द्रीय सदस्य सुर्खेतबाट गिरफ्तार, अविलम्ब रिहाइ गर

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका तीन केन्द्रीय सदस्यलाई प्रहरीले सुर्खेतबाट गिरफ्तार गरेको छ । सम्बद्ध पार्टी स्रोतका अनुृसार केन्द्रीय सदस्यहरु नारायण न्यौपाने, कर्ण बिसी र रत्न वलीलाई प्रहरीले गिरफ्तार गरेको हो । प्रतिक्रियावादी संविधानले प्रदान गरेको वाक तथा प्रेस स्वतन्त्रताको समेत धज्जी उडाउँदै गरिएको गिरफ्तारीको घोर विरोध गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गिरफ्तार नेताहरुको अविलम्ब विनाशर्त रिहाइको जोडदार माग गरेको छ । नेताहरु गिरफ्तारीमा परे लगत्तै पार्टीका ब्यूरो सेक्रेटरी प्रकाशउर्जाले एक प्रेस वक्तव्य जारी गरी गिरफ्तार नेताहरुलाई अविलम्ब विनाशर्त रिहाइ गर्न जोडदार रुपमा माग गर्नुभएको हो ।
Read More
नेताकार्यकर्ताको रिहाइ र कठपुतली सरकारको विरोधमा आवाज उठाउन सुदर्शनकाे आह्वान

नेताकार्यकर्ताको रिहाइ र कठपुतली सरकारको विरोधमा आवाज उठाउन सुदर्शनकाे आह्वान

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गर्दै गिरफतार नेता एवम् कार्यकर्ताको रिहाइ र कठपुतली सरकारको विरोधमा आवाज उठाउन पनि आह्वान गर्नुभएको छ । १३ फागुनमा जारी गरिएको वक्तव्यमा भनिएको छ, “पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य क. सोमानसिंह तामाङ तथा दाङ जिल्ला समिति सदस्य क. मानवहादुर ओलीको यथाशीघ्र रिहाइको जोडदार माग गर्दछौँ । साथै हामी मानव अधिकारवादी, नागरिक समाज तथा आम जनसमुदायलाई गिरफतार नेता एवम् कार्यकर्ताको रिहाइ र कठपुतली सरकारको विरोधमा आवाज उठाउन पनि आह्वान गर्दछौँ ।” वक्तव्यमा सामाजिक सन्जाल तथा केही सन्चार माध्यमहरुमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता गौरवको नामबाट प्रसारित वक्तव्यलाई हाम्रो पार्टीका…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी दोलखाद्वारा उम्मेदवारी फिर्ता गर्न उम्मेदवारहरुलाई पत्राचार

क्रान्तिकारी कम्युनिस्ट पार्टी दोलखाद्वारा उम्मेदवारी फिर्ता गर्न उम्मेदवारहरुलाई पत्राचार

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दोलखाले फागुन २१ को संसदीय निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै पत्राचार गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी अभियानको हस्तक्षरमा जिल्लाबाट उम्मेदवार बनेका प्रमुख चार पार्टीका उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै यस्तो पत्राचार गरिएको हो । प्राप्त जानकारी अनुसार जिल्लाबाट उम्मेदवार बनेका नेकपा एमालेका पार्वत गुरुङ, नेपाली कांग्रेसका अजयवावु शिवाकोटी, नेपाली कम्युनिस्ट पार्टीका विशाल खड्का र रास्वपाका जगदीश खरेललाई यस्तो पत्र पठाइएको छ । पत्रको व्यहोरामा उल्लेख गरिएको छ, “ विषय : उम्मेदवारी फिर्ता सम्बन्धी अपेक्षा पत्र ।वर्तमान विश्व(भूराजनीतिक शक्ति सन्तुलनको प्रभाव, आन्तरिक राजनीतिक अस्थिरता, नवउदारवादी तथा नवउपनिवेशवादी हस्तक्षेप, कुशासन…
Read More
कथित फागुन २१ गतेको संसदीय निर्वाचन बहिष्कार गरौं ! : ४ विद्यार्थी संगठन

कथित फागुन २१ गतेको संसदीय निर्वाचन बहिष्कार गरौं ! : ४ विद्यार्थी संगठन

काठमाडौं : चार विद्यार्थी संगठनले संयुक्त वक्तव्य जारी गर्दैै फागुन २१ गतेको संसदीय निर्वाचन बहिस्कार गर्न सार्वजनिक अपिल गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ, नेकपा बहुमत निकट अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाह, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालका अध्यक्ष हिमांशु र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराई संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै यस्तो अपिल गरेका हुन् ।वक्तव्यमा भनिएको छ, “देशको स्वाधीनतामाथि ठाडो वैदेशिक हस्तक्षेपबीच साम्राज्यवादको डिजाइनमा कठपुतली सुशीला कार्की नेतृत्वमा हुने कथित निर्वाचनमा सहभागी नबन्न र सशक्त बहिष्कार गर्न आमजनसमुदायमा हार्दिक अपिल गर्दछौं ।”वक्तव्यमा निर्वाचन बहिस्कार आन्दोलनको क्रममा गिरफ्तार गरिएका नेकपा (बहुमत)का…
Read More
प्रदेश निर्वाचन कार्यालयमा कालो ब्यानर, उम्मेदवारहरूलाई उम्मेदवारी फिर्तालिन पत्राचार

प्रदेश निर्वाचन कार्यालयमा कालो ब्यानर, उम्मेदवारहरूलाई उम्मेदवारी फिर्तालिन पत्राचार

दाङ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ४ नं. ब्यूरो अन्तर्गत दाङको घोराही उप महानगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालय कम्पाउण्डमा कालो ब्यानर राख्ने कार्यक्रम सम्पन्न भएको छ । साथै पार्टीले ४ नम्बर ब्युरो अन्तर्गत पर्ने दाङसहित ६ वटै जिल्लामा फागुन २१ गतेको संसदीय निर्वाचनकालागि उम्मेदवारी दिएका उम्मेदवारहरुलाई आफनो उम्मेदवारी फिर्ता लिन पत्राचार गरेको छ । पार्टीका अनुसार हाल आयोजना गरिएको प्रतिनिधि सभा निर्वाचन राष्ट्रिय समस्या समाधान गर्ने उद्देश्यका लागि नभई साम्राज्यवादी शक्तिहरूको स्वार्थअनुसार अघि बढाइएको दाबी गरिएको छ । यस्तो निर्वाचनमार्फत जुनसुकै दलको सरकार बने पनि देशको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र जनहितका मुद्दा समाधान नहुने पार्टीको ठहर छ । उम्मेदवारलाई पठाएको पत्रमा…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कञ्चन गाउँपालिकामा निर्वाचन बहिस्कार कार्यक्रम

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कञ्चन गाउँपालिकामा निर्वाचन बहिस्कार कार्यक्रम

रुपन्देही : रुपन्देहीको कञ्चन गाउँपालिकाको हनुमान नगर ,हरैया, वागेश्वरी चोक लगायतका स्थानहरुमा कोण सभा पर्चा वितरण र जनभेटघाट कार्यक्रमसहित निर्वाचन बहिस्कार कार्यक्रम सञ्चालन गरिएको छ । कोण सभाहरुमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका रुपन्देही जिल्ला सचिव लक्ष्मीकान्त पौडेल र क्रान्तिकारी महिला संगठनका सचिवालय सदस्य लक्ष्मी न्यौपानेले सम्बोधन गर्नु भएको थियो ।कोणसभाहरुको सञ्चालन पार्टीका जिल्ला सदस्य मनिराम सापकोटाले गर्नु भएको थियो ।
Read More
नेकपाका अध्यक्ष ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश

नेकपाका अध्यक्ष ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलको बन्दीप्रत्यक्षीकरण रिटलाई स्वीकार गर्दै उनलाई रिहा गर्न आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले कट्टेललाई रिहा गर्न आदेश दिएको हो । कट्टेलको पार्टीले फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो । सोही कारण सरकारले उनी चुनाव बिथोल्न गतिविधिमा लाग्ने आशंकाका आधारमा फागुन ६ गते पक्राउ गरेको थियो । बुबा पक्राउ परेपछि फागुन ८ गतेका कट्टेलका छोरा रुपेशले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै मंगलबारको इजलाशले रिहा गर्न आदेश दिएको हो ।
Read More
मनबहादुर ओलीलाई बिनासर्त तत्काल रिहा गर : दिप

मनबहादुर ओलीलाई बिनासर्त तत्काल रिहा गर : दिप

दाङ : क्रान्तिकारी कम्युनिष्ट पार्टी दाङ जिल्ला समितिले मन बहादुर ओलीको गिरफ्तारीको घोर निन्दा एवम् भत्सर्ना गरेको छ । समितिका सेक्रेटरी दीपले फागुन १२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तारीको निन्दा एवम् भत्सर्ना गर्नु भएको हो । उहाँको गिरफ्तारीपछि जनताका मौलिक हक समेत कुण्ठित हुन पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ र उहाँलाई विना शर्त तत्काल रिहाइको माग गरिएको छ । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ –क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी एवम् क्रान्तिकारी कम्युनिष्ट पार्टी नोल तुलसीपुर उपमहागरपालिका सेक्रेटरी कमरेड मान बहादुर ओलीलाई आफ्नै पसलमा बसिरहेको अवस्थामा वर्तमान कठपुतली सरकारले गिरफ्तार गरेर लिएर…
Read More
कृत्रिम अभाव र कालोबजारी सिर्जना गर्नेलाई पहिचान गरी कारवाही गर : सुदर्शन

कृत्रिम अभाव र कालोबजारी सिर्जना गर्नेलाई पहिचान गरी कारवाही गर : सुदर्शन

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले देशमा हाल बजारमा क्रृत्रिम अभाव कालोबजारी सिर्जना गर्नेलाई पहचिान गरी कारवाही गर्न जोडदार माग गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले फागुन १२ गते एक प्रेस–वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि ,खाना पकाउने ग्यास लगायतका अत्यावश्यक उपभोग्य वस्तुहरुमा कृत्रिम अभाव र कालोबजारीको अवस्था देखिनु अत्यन्त गम्भीर विषय बताइएको छ र तिनीहरुलाई पहिचान गरी कारबाही गर्न माग गरिएको छ । वक्तव्यको पूर्णपाठ यसप्रकार छ – नेपालमा एकातिर संसदीय निर्वाचनमा संसदवादी पार्टीहरु जनतामाझ झुट्ठा आश्वासनहरु बाँड्दै प्रचार–प्रसारमा दौडिरहेका छन् भने अर्कोतिर जनताका दैनिक उपभोग्य वस्तुहरुमा कृत्रिम अभाव…
Read More