समाचार

वाणिज्य दूतावासमा आक्रमणपछि इरानले इजरायलमा हान्यो सयौँ ड्रोन र क्षेप्यास्त्र

वाणिज्य दूतावासमा आक्रमणपछि इरानले इजरायलमा हान्यो सयौँ ड्रोन र क्षेप्यास्त्र

काठमाडौं : इरानले इजरायलमा ड्रोन र क्षेप्यास्त्र प्रयोग गरेर ठूलो मात्रामा आक्रमण गरेको छ। यो सिरियामा रहेको उनको वाणिज्य दूतावासमा भएको आक्रमणपछिको बदला भएको बताइएको छ । इरानको इस्लामिक रिभोलुसन गार्ड कोर्प्स (आईआरजीसी) ले यो हमला विशेष लक्ष्यलाई लक्षित गरी गरिएको बताएको छ। इजरायली सेनाका स्रोतहरूले सयभन्दा बढी ड्रोनहरू छोडेको बताएका छन्। सीबीएस न्यूजका अनुसार अमेरिकाले केही ड्रोन खसालेको छ । इजरायली प्रधानमन्त्रीले आकष्मिक क्याबिनेट बैठक बोलाएका छन् । आक्रमण पछि, इजरायलमा साइरनको आवाज सुनिएको छ र जेरुसेलममा ठूलो विस्फोट सुनिएको छ किनभने इजरायलको वायु रक्षा प्रणालीले शहरमा धेरै चीजहरू खसालेको छ। अहिलेसम्म कुनै ड्रोन इजरायल पुगेको छ वा छैन…
Read More
बदलास्वरूप इरानले इजरायलमा मिसाइल आक्रमण

बदलास्वरूप इरानले इजरायलमा मिसाइल आक्रमण

काठमाडौँ : इरानले ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ । गएरातीदेखि इरानले इजरायलमाथि आक्रमण शुरु गरेको थियो । यहि अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि इरानले सो को बदलास्वरूप यो आक्रमण गरेको जनाएको छ । सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । इजरायली सेनाका अनुसार इरानले अहिलेसम्म १७० ड्रोन, ३० क्रुज मिसाइल, १२० ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको र ९९ प्रतिशतलाई आफ्नो एन्टी मिसाइल सिस्टमले आकासमै ध्वस्त बनाएको जानकारी दिएको छ । इरानले इजरायलमा आक्रमण शुरु गरेपछि संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायतले इरानको आक्रमणको निन्दा गरेका छन् ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी २ नं. प्रदेशकाे जातीय मोर्चाहरुको प्रदेश-जिल्ला समितिहरु गठन

क्रान्तिकारी कम्युनिस्ट पार्टी २ नं. प्रदेशकाे जातीय मोर्चाहरुको प्रदेश-जिल्ला समितिहरु गठन

बर्दिबास : प्रदेश नं. २ को महोत्तरी जिल्लाको बर्दिबासमा क्रान्तिकारी कम्युनिस्ट पार्टी समर्थित अखिल नेपाल आदिवासी जनजाति महासंघको छाता संगठन अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा र अखिल नेपाल थारु राष्ट्रिय मुक्तिमोर्चाको २ नं. प्रदेश स्तरीय संयुक्त भेला सम्पन्न भयो ।उक्त भेला अखिल नेपाल आदिवासी जनजाति महासंघको केन्द्रिय कोषाध्यक्ष भरत बुर्जा मगरको प्रमुख आतिथ्यतामा समपन्न गरिएको थियो । महासंघको केन्द्रिय सदस्य तथा २ नं.प्रदेश संयोजक तुन बहादुर बलम्पाखीको अध्यक्षता र संचालनमा सम्पन्न गरीएको उक्त भेलाले निम्न अनुसारको अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाका प्रदेश कमिटी निर्माण गरेको छ, जसमा संयोजकः– इन्द्र बहादुर जर्धा मगर र सदस्यहरुमा लालकृष्ण रानामगर, नरमाया राना…
Read More
पुष्पलाल जन्मशताब्दी ग्रन्थ सम्पादन समितिको बैठक

पुष्पलाल जन्मशताब्दी ग्रन्थ सम्पादन समितिको बैठक

काठमाडाैँ : पुष्पलाल जन्मशताब्दी ग्रन्थ सम्पादन समितिको बैठक समितिका संयोजक गोपीरमण उपाध्यायको अध्यक्षतामा शुक्रबार सम्पन्न भएकाे छ ।समितिका सदस्यहरुमा हिरण्यलाल श्रेष्ठ, नारायण शर्मा, एकराज भण्डारी, राधा ज्ञवाली, हुकुम बहादुर सिंह र हेमराज पौडेल हुनुहुन्छ । बैठकमा संयोजक गोपीरमण उपाध्याय र सदस्यहरु हिरण्यलाल श्रेष्ठ, राधा ज्ञवाली, हुकुम बहादुर सिंहको उपस्थिति थियो । नारायण शर्मा, एकराज भण्डारी र हेमराज पौडेल विशेष कारणवस उपस्थित हुन सक्नु भएन । उक्त वैठकमा पुष्पलाल जन्मशताब्दी समारोह समितिका संयोजक लोककृष्ण भटराई, समितिका सदस्यहरु रामबहादुर भण्डारी,मुकुन्द आचार्य, हरीहर खरेल र सुरेश कार्कीको पनि उपस्थिति थियो ।बैठकले समितिका संयोजक गोपीरमण उपाध्यायव्दारा प्रस्तुत गरिएको ग्रन्थको प्रारुपमाथि छलफल गरी सामान्य संशोधनसहीत…
Read More
नयाँ जनवादी क्रान्तिका विरोधी र मित्र शक्तिहरू

नयाँ जनवादी क्रान्तिका विरोधी र मित्र शक्तिहरू

दस्तावेज लेख हाम्रो समाजमा आज विभिन्न अन्तर्विरोधहरू छन् । जस्तै सामन्त र किसानबिचको अन्तरविरोध, पुँजीपतिवर्ग र सामन्ती वर्गबिचको अन्तरविरोध, पुँजीपतिवर्ग र मजदुर–किसान वर्गबिचको अन्तर्विरोध, धनी किसान र मध्यमवर्गीय किसानबिचको अन्तरविरोध आदि । तर यी सम्पूर्ण अन्तरविरोधहरू समान किसिमका छैनन् । खास ऐतिहासिक स्थितिमा विभिन्नखालका अन्तर्विरोधहरूमध्ये कुनै एकले मूल अन्तरर्विरोधको रूप लिएको हुन्छ र यसले गर्दा समाजमा देखिने अन्य अन्तरर्विरोधहरू सामान्य अर्थात् गौण भएर गएका हुन्छन् । नेपालमा आज देखा परेको वर्गस्थिति र यिनीहरूको पारस्परिक सम्बन्धलाई हेर्दा २००७ सालअघि रहेको मूल अन्तरविरोध नै आजको नेपालमा पनि देखिन्छ । २००७ सालको क्रान्तिले सामन्तवाद, विदेशी एकाधिकार पुँजीवाद तथा साम्राज्यवाद र आम जनसमुदायको अन्तरद्वन्द्वमा…
Read More
आजकाे माैसम : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

आजकाे माैसम : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको भैरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक दुई…
Read More
रामेछापकाे हिमगंगाका कलेजो पीडित खिल बहादुर खत्रीद्वारा सहयोगको अपिल

रामेछापकाे हिमगंगाका कलेजो पीडित खिल बहादुर खत्रीद्वारा सहयोगको अपिल

रामेछाप : रामेछापको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका खिल बहादुर खत्रीले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । कलेजो रोगबाट पीडित खत्रीलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । पारिवारिक स्रोतका अनुसार खत्रीको टिचिङ अस्पतालको सुरेश वाग्ले भवनको दोश्रो तल्लाको २३ नम्बर वेडमा उपचार भइरहेको छ । आर्थिक अवस्था निकै कमजोर रहेको ५१ वर्षिय खत्रीको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिन उहाँको परिवारले सहयोगी मनहरुलाई अपिल गरेका हुन । बिरामीका भाई कपिल खत्रीले दाईको उपचारमा निक्कै समस्या भएको भन्दै सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो । सहयोग गर्न चाहने सहयोगी मनहरुले तुलाराम खत्रीको राष्ट्रिय वाणिज्य बैँक…
Read More
राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नं. प्रदेशको संयोजकमा रामचन्द्र पाठक

राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नं. प्रदेशको संयोजकमा रामचन्द्र पाठक

धनगढी : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्वद्ध राष्ट्रिय उद्योग तथा व्यापार महासंघ ७ नम्बर प्रदेश समितिको प्रथम प्रदेश भेला बुधबार सम्पन्न भएको छ । राष्ट्रिय उद्योग तथा व्यापार महासंघका केन्द्रीय कार्यालय सदस्य कैलाश जैशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश सह—सयोजक डाइमण्ड्को बिषेश आतिथ्यता थियोे । उक्त भेलाले रामचन्द्र पाठकको संयोजकत्वमा ७ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको छ ।
Read More
तुलसीपुर उपमहानगरपालिकाले सुरु गर्याे तुलसी कम्पोस्ट मल उत्पादन

तुलसीपुर उपमहानगरपालिकाले सुरु गर्याे तुलसी कम्पोस्ट मल उत्पादन

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाले गल्ने फोहोरबाट तुलसी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । पालिकाले दैनिक सङ्कलन हुने गल्ने फोहोरलाई तुलसी कम्पोस्ट मलका रूपमा तयार पारेर बिक्री गर्नलाई बोरामा प्याकिङसमेत गरेको छ । उत्पादन भइरहेको मललाई किसानसम्म पुर्‍याउनका लागि तयारी गरेको छ । भूमि व्यवस्थापन तथा सरसफाइ शाखाका प्रमुख माधव पौडेलले तत्कालका लागि दैनिक ७० केजी तुलसी कम्पोस्ट मल उत्पादन भइरहेको जानकारी दिनुभयो । उहाँले जनशक्ति र आवश्यक सामग्री थपसँगै दैनिक सङ्कलन भइरहेको छ टन गल्ने फोहोरलाई तुलसी कम्पोस्ट मलका रूपमा उत्पादन गरिने बताउनुभयो । उहाँले उत्पादन गरिएको मललाई किसानको खेतबारीमा पुर्‍याउनका लागि बजारीकरणमा समेत ध्यान दिइने बताउनुभयो । मल…
Read More
संसदीय राजनीतिमा किन फर्किए विप्लव ?

संसदीय राजनीतिमा किन फर्किए विप्लव ?

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वैशाख १५ गते इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने निर्णय गर्‍यो । चैत २४ गते उम्मेदवार मनोनयन दर्ताको दिन एमाले, माओवादी, नेकपाको जिल्ला समितिले नेम्वाङलाई समर्थन गर्ने भन्दै संयुक्त वक्तव्य जारी गरेको थियो । हाल विप्लव नेतृत्वको नेकपा संसदीय राजनीति बाहिर छ । २०६९ साल असारमा तत्कालीन एकीकृत नेकपा (माओवादी)बाट मोहन वैद्यसँगै विप्लव अलग भएका थिए । त्यसयता संसदीय निर्वाचन बहिष्कार गर्दै आएको नेकपाले संसद्वादी दल एमालेका उम्मेदवारलाई समर्थन गरेपछि विप्लव र नेकपाको आगामी यात्राबारे विश्लेषण हुन थालेको छ । अहिले विप्लव माओवादीसहित चार दलीय समाजवादी मोर्चाका संयोजक…
Read More