काठमाडाैँ : पुष्पलाल जन्मशताब्दी ग्रन्थ सम्पादन समितिको बैठक समितिका संयोजक गोपीरमण उपाध्यायको अध्यक्षतामा शुक्रबार सम्पन्न भएकाे छ ।
समितिका सदस्यहरुमा हिरण्यलाल श्रेष्ठ, नारायण शर्मा, एकराज भण्डारी, राधा ज्ञवाली, हुकुम बहादुर सिंह र हेमराज पौडेल हुनुहुन्छ । बैठकमा संयोजक गोपीरमण उपाध्याय र सदस्यहरु हिरण्यलाल श्रेष्ठ, राधा ज्ञवाली, हुकुम बहादुर सिंहको उपस्थिति थियो । नारायण शर्मा, एकराज भण्डारी र हेमराज पौडेल विशेष कारणवस उपस्थित हुन सक्नु भएन ।

उक्त वैठकमा पुष्पलाल जन्मशताब्दी समारोह समितिका संयोजक लोककृष्ण भटराई, समितिका सदस्यहरु रामबहादुर भण्डारी,मुकुन्द आचार्य, हरीहर खरेल र सुरेश कार्कीको पनि उपस्थिति थियो ।
बैठकले समितिका संयोजक गोपीरमण उपाध्यायव्दारा प्रस्तुत गरिएको ग्रन्थको प्रारुपमाथि छलफल गरी सामान्य संशोधनसहीत सर्वसम्मतीले पारित गर्यो ।