वैज्ञानिक समाजवाद र साम्यवादको उदय हुनेछ : सुदर्शन
विश्व र नेपालका नयाँ अन्तर्विरोधहरुको अध्ययनबाट नै सही कार्यदिशाको विकास गर्न सकिन्छ – हेमन्त प्रकाश ओली “सुदर्शन”केन्द्रीय कार्यालय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल १) बैशाख १९ गते मजदुर दिवसको अवसर पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)को पार्टी एकता घोषणासभा सम्पन्न गर्नुभयो । यो एकताको औचित्यताबारे भन्नुपर्दा के भन्नुहुन्छ ?–नेपाली तथा विश्वसर्वहारा वर्ग र उत्पीडित जनताका लागि यो गौरव र ऐतिहासिक आवश्यकताको विषय हो । यो अनुकूल वस्तुगत परिस्थिति र प्रतिकूल आत्मगत स्थितिका बीचको अन्तरविरोधलाई समाधान गर्ने एउटा महत्वपूर्ण प्रक्रिया हो । यसले क्रान्तिकारी कम्युनिष्टहरु र जनतामा आशाको किरण चम्केको छ । तर नेपाली कम्युनिष्ट आन्दोलनका केही धोकेबाजहरुको कारणले…