समाचार

पूर्वाधार विकास कार्यलयमा कालाेब्यानर प्रदर्शनपछि काम सुचारू

पूर्वाधार विकास कार्यलयमा कालाेब्यानर प्रदर्शनपछि काम सुचारू

धनगढी : माेहन वैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले कालाेब्यानर कार्यलय अगाडि प्रदर्शन गरेपछि काम सुचारू भएको छ ।पूर्वाधार विकास कार्यालय कञ्चनपुरको मूल गेटमा कालो ब्यानर टाँगेका थियो । सन्तोसि थेगिम जेभि धनगढीद्वारा निर्माणधीन अवस्थामा रहेको बेलौरी, कलुवापुर, बेल्डाँडी र दोमिल्ला सडकखण्ड ७ दिनभित्र तत्काल सुचारु गर्न माग गर्दै कालो ब्यानर टाँगिएको थियोे । उक्त ब्यानर टाँगिए पछि कम्पनीले २४ घण्टा भित्रै बुधबारबाट काम सुचारू गरेको छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो पालिकालाई १३ बुदें ज्ञापन पत्र

क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो पालिकालाई १३ बुदें ज्ञापन पत्र

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल प्रतापपुर गाउँ संगठन समितिले भष्ट्रचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै प्रतापपुर गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । विहीवार प्रतापपुर गाउँ संगठन समितिले गाउँपालिका भित्रका समस्या सहित १३ बुदें ज्ञापनपत्र बुझाएको हो । प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादव समझ बुझाइएको ज्ञापन पत्रमा हाल सम्मका जनप्रतिनिधिहरुको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने माग समेत समाबेश गरिएको छ । गाउँपालिकाले संचालन गरेका बिभिन्न आयोजना र मातहतका कार्यालयमा खरिद गरिएका बिभिन्न सामानमा कमिसनखोरी प्रबृतिहरु हावी समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरु सम्पन्न गर्न तत्काल पहल…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे चितवनमा ११ कठ्ठा बढी जग्गा कब्जा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे चितवनमा ११ कठ्ठा बढी जग्गा कब्जा

चितवन : मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनले रत्ननगर नगरपालिका–६ मा रहेको ११ कठ्ठा १८ धुर व्यक्तिको नाममा रहेको जग्गा कब्जा गरेको छ । पार्टीका जिल्ला संयाेजक विकासले आज एक विज्ञप्ति जारी गरी जग्गामा ब्यानर र झण्डा राखेर सो जग्गा कब्जा गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विज्ञप्तिमा भूमाफियाहरुले ईन्द्रराज चौधरीलाई नारायणगढको एक होटलमा लगेर जालझेल गरेर सही किर्तै गरी जग्गा कब्जा गरेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ टिकेन्द्र चौधरी, भक्तबहादुर ठगुल्ला, रामकृष्ण बर्ताेला, संगिता तामाङ, सीता ढकाल, प्रेम बराल, कृष्णकुमार श्रेष्ठ र अप्रत्यक्षरुपमा लागेका अन्य मिलेर पीडित ईन्द्रबहादुर चौधरीको सो जग्गा खाएका छन् ।…
Read More
रगतले लेखिएको इतिहास जारी छ : सुदर्शन

रगतले लेखिएको इतिहास जारी छ : सुदर्शन

मैले एकजना कम्युनिस्ट यो्द्धा विजय घलेको सम्झनामा जनयुद्धको एक वर्षपछि २०५३ साल फागुन १४ र २१ को जनादेश साप्ताहिकमा प्रकाशित संस्मरणात्मक आलेखमा लेखेको थिएँ, ‘त्यो प्यारो १, दृढ र हेिसलो, गोल–गोल मङ्गोल अनुहारसँग पोहोर साल यतिबेला त्यही रगतले लेखिने इतिहासको गीत गाउँदै जनयुद्धको उद्घाटन गर्न तयारी गर्दै थियौँ तर अहिले तिमी भौतिक रुपमा हामीसँग छैनौ । इतिहासको अग्रगामी धारामा वैरीहरुसँग लड्दालड्दै मैदानमा खसेको रातो झोला हामीले काँधमा उठाएर अन्तिम श्रद्धाञ्जली र सलामी अर्पण गर्दै महान् यात्रा पूरा गर्ने कसम खाएका छौँ । तिमी सिस्ने र जलजला पहाड भएर उभिएका छौ । दुस्मन मृत्यु शैय्यामा छट्पटाइरहेको छ ।’ सहिद र वेपत्ता…
Read More
दलित नेताहरुको गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्यो घोर भत्र्सना

दलित नेताहरुको गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्यो घोर भत्र्सना

काठमाडौं : अजित मिजारको हत्यारालाई कारबाही र पीडित परिवारलाई न्यायको निम्ति आज माइतीघर मण्डलामा चार दलित संगठनले गरेको ‘वृहत् खबरदारी कार्यक्रम’माथि प्रहरीले हस्तक्षेप गरी ५० जनाभन्दा बढी दलित नेताहरुलाई गरेको गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले घोर भत्र्सना गरेको छ । पार्टी प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा गिरफ्तार गरिएका दलित मोर्चाका नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न जोडदार माग गरिएको छ । वक्तव्यमा गिरफ्तार हुनेहरुमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक दर्शन नेपाली, सहसंयोजक टेक बहादुर वि.क., राम नेपाली, शोभा विश्वकर्मा, विरेन्द्र सुनार, कृष्ण सेवा लगायत हुनुहुन्छ । त्यसै गरी अन्य संगठनबाट दलमर्दन कामी, दुर्गा बराइली अर्जुन, प्रमिता, रबिना परियार, दिलिप…
Read More
मिजारको हत्यारालाई कारबाहीको माग गर्दै वृहत् खबरदारी कार्यक्रममा हस्तक्षेप, ५० जनाभन्दा बढी गिरफ्तार

मिजारको हत्यारालाई कारबाहीको माग गर्दै वृहत् खबरदारी कार्यक्रममा हस्तक्षेप, ५० जनाभन्दा बढी गिरफ्तार

काठमाडौं : अजित मिजारको हत्यारालाई कारबाही र पीडित परिवारलाई न्यायको निम्ति आज माइतीघर मण्डलामा चार दलित संगठनले गरेको ‘वृहत् खबरदारी कार्यक्रम’माथि प्रहरीले हस्तक्षेप गरेको छ । कार्यक्रममा अन्धाधुन्ध बलप्रयोग गरी ५० जनाभन्दा बढीलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक दर्शन नेपाली, सहसंयोजक टेक बहादुर वि.क., राम नेपाली, शोभा विश्वकर्मा, विरेन्द्र सुनार, कृष्ण सेवा लगायत हुनुहुन्छ । त्यसै गरी अन्य संगठनबाट दलमर्दन कामी, दुर्गा बराइली अर्जुन, प्रमिता, रबिना परियार, दिलिप बि.क. रहनु भएको छ । एकीकृत दलित मुक्ति मोर्चा, नेपाल, जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दालित अधिकार मञ्चले…
Read More
क्रान्तिकारी युवा संगठनका नेता विकल्पलाई गिरफ्तार, भट्टले दिए यस्ताे चेतावनी

क्रान्तिकारी युवा संगठनका नेता विकल्पलाई गिरफ्तार, भट्टले दिए यस्ताे चेतावनी

काठमाडौं : विना कारण पाेखराबाट गिरफ्तार गरिएका संगठनका केन्द्रीय सदस्य सुर्य परियारलाई भेट्न आवश्यक लत्ताकपडा पुर्याउन गएका संगठनका केन्द्रीय कार्यालय सदस्य दिपेन्द्र शाही विकल्पलाई पनि षड्यन्त्रपुर्वक गिरफ्तार गरिएकाे भन्दै संगठनले आक्राेश पाेखेकाे छ । संगठनका केन्द्रीय संयाेजक हरिश भट्टले विज्ञप्ति जारी गर्दै गिरफ्तार संगठनका नेताहरूलाई तत्काल रिहा नगरे सडक संघर्ष चर्काउने चेतावनी दिएका छन् । प्रेस विज्ञप्तिमा भनिएकाे छ, “प्रहरीकाे यस्ताे निच, अमानवीय, गैरन्यायिक हर्कतकाे घाेर भत्सना गर्दछाै र गिरफ्तार कमरेडलाई विनाशर्त तत्काल रिहा गर्न माग गर्दछाै । अन्यथा प्रहरी प्रशासनकाे यस्ताे षड्यन्त्रमूलक गतिविधिका विरुद्ध सशक्त संघर्षमा हाेमिन हाम्राे संगठन बाध्य हुनेछ ।”यसैबिच, सुर्य परियारकाे गिरफ्तारीकाे विराेध र रिहाइकाे माग…
Read More
‘कारखाना जाऔं अभियान’ : धादिङ जिल्ला अधिवेशन सम्पन्न

‘कारखाना जाऔं अभियान’ : धादिङ जिल्ला अधिवेशन सम्पन्न

धादिङबेंसी, धादिङ : ‘कारखाना आजौं अभियान’ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ धादिङ जिल्ला समितिको एकता अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गोविन्द अर्यालको संयोजकत्वमा ११ सदस्यीय कमिटी निर्माण गरेको छ । महासंघका केन्द्रीय सह–संयोजक वसन्त बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न एकता अधिवेशनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल धादिङ जिल्ला संयोजक बद्री अधिकारी, महासंघका ३ नम्बर प्रदेश संयोजक कुमार घताने, सह–संयोजक सरोज न्यौपाने, क्रान्तिकारी अटो मजदुर संघका सह–संयोजक रमेश बस्नेत र ठाकुर लामिछानेको उपस्थिति रहेको थियो । महासंघले १ लाख मजदुर संगठित गर्ने लक्ष्य सहित कारखाना जाऔं चार महिने अभियान सञ्चालन गरेको छ । महासंघ सम्बद्ध स्रोतका अनुसार आगामी १३५ औं अन्तर्राष्ट्रिय…
Read More
भष्ट्राचार बिरुद्धको संर्घष नरोकिने क्रान्तिकारी कम्युनिस्ट पार्टी, नवलपरासीको चेतावनी

भष्ट्राचार बिरुद्धको संर्घष नरोकिने क्रान्तिकारी कम्युनिस्ट पार्टी, नवलपरासीको चेतावनी

दलाल सत्ता र संसदीय ब्यवस्थालाई जरैदेखि नफाले सम्म संर्घष जारी नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भष्ट्राचार बिरुद्धको संर्घष नरोकिने चेतावनी दिएको छ ।पार्टीको सुनवल नगर संगठन समितिले शनिवार अस्नैयामा आयोजना गरेको २९ औं जनयुद्ध दिवस बिशेष कार्यक्रममा उक्त चेतावनी दिइएको हो ।कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले भष्ट्रचार तथा कमिसनखोरीका बिरुद्धको संर्घषलाई घनीभुत पार्ने बताउनुभयो । उहाँले दलाल सत्ता र संसदीय ब्यवस्थालाई जरैदेखि नफाले सम्म संर्घष जारी रहने चर्चा गर्नुभयो ।कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले आत्मसंर्घष, अन्तरसंर्घष र बर्गसंर्घष पार गर्दै आन्दोलन अगाडि बढ्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा पार्टीका जिल्ला सहसंयोजक…
Read More
क्रान्तिकारी युवा संगठनका केन्द्रीय सदस्य परियार गिरफ्तार, संयाेजक भट्टले दिए यस्ताे चेतावनी

क्रान्तिकारी युवा संगठनका केन्द्रीय सदस्य परियार गिरफ्तार, संयाेजक भट्टले दिए यस्ताे चेतावनी

काठमाडौं : क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयोजक सुर्य परियारलाई प्रहरीले विनाकारण गिरफ्तार गरेकाे छ । आज उनलाई पोखरा औद्योगिक क्षेत्र नजिकबाट जिल्ला प्रहरी प्रशासनले पक्राउ गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट युवा संगठन क्रान्तिकारी युवा संगठनले चरणबद्ध रुपमा देशका विभिन्न ठाउँहरुमा भ्रष्टाचारी विरुद्धकाे सडक संघर्षमा भ्रष्टाचारीलाई कालोमोसो दल्दै आएको छ । यसैबीच, संगठनका केन्द्रीय संयाेजक हरिश भट्टले एक विज्ञप्ती जारी गर्दै विना कारण पक्राउ गरिएकाे भन्दै केेस सुर्य परियारलाई तत्काल रिहा गर्न जाेडदार माग गरेका छन् ।
Read More