रवि पाण्डेयद्वारा लिखित ‘संर्घषको मैदान’बाट मुक्तक संग्रह बिमोचन
कविता र निबन्ध संग्रहको समेत प्रकाशनको तयारी नवलपरासी : साहित्यकार तथा पत्रकार रवि पाण्डेयद्वारा लिखित ‘सङ्घर्षको मैदानबाट’ मुक्तक संग्रह एक समारोहबीच बिमोचन गरिएको छ ।क्रान्तिकारी पत्रकार महासंघका पूर्व महासचिव समेत रहेका पाण्डेयको यो दोस्रो कृति हो । विकल्प साहित्यिक उपनामले परिचित पाण्डेयको यस अघि रक्तक्रान्ति प्रगतिशिल गजल संग्रह (२०६५) प्रकाशित कृति रहेको छ ।बि.स.२०६० मा दिब्यपल्लबी साहित्यिक मासिक पत्रिकाबाट साहित्यिक यात्रा तय गरेका उनले प्रगतिशील साहित्यमा जोड दिदै कविता, मुक्तक, गजल, निबन्ध र विचारधारात्मक आलेखहरु लेख्दै आएका छन् ।करिब दुई दशकको पत्रकारितामा अनुभव गरेका पाण्डेयले कविता र निबन्ध संग्रहको समेत प्रकाशनको तयारी भइरहेको जानकारी दिए । उनै पाण्डेयद्वारा लिखित सङ्घर्षको…