महासङ्घमाथि भइरहेको नाङ्गो राजनीतिक हस्तक्षेप बन्द गर !
काठमाडौँ : क्रान्तिकारी प्रेस संगठनले तीन ठुला पत्रकार संगठनले नेपाल पत्रकार महासंघको निर्वाचन नगराउने षड्यन्त्र गरेको आरोप लगाएको छ । भदौ ३१ गते बसेको संगठनको केन्द्रीय कार्यालय बैठकले निर्वाचन नगर्ने षड्यन्त्र गरेको आरोप लगाएको हो । ‘एकातर्फ असोज १२ गतेलाई पत्रकार महासंघको निर्वाचन मिति घोषणा गरिएको छ भने अर्कोतर्फ तिनै सङ्गठनहरुबाट चुनिएका पत्रकार महासङ्घका विभिन्न जिल्लाका अध्यक्षहरूलाई वक्तव्यबाजी गर्न लगाएर घोषित मितिमा चुनाव नगर्ने षड्यन्त्र गरिएको छ । महासङ्घमाथि भइरहेको उक्त नाङ्गो राजनीतिक हस्तक्षेप रोक्न जोडदार माग गर्दछ । यदि यो हस्तक्षेप रोकिँदैन र नेपाल पत्रकार महासङ्घ जस्तो स्वतन्त्र संस्थालाई आफ्ना कार्यकर्ता भर्ती गर्ने केन्द्र बनाई नै राखिन्छ भने जनस्तरबाट…