जन बिहानी

1564 Posts
बालेन सरकारले सुकुम्बासीलाई अपराधिलाई जस्तै व्यवहार गर्योः पीडित

बालेन सरकारले सुकुम्बासीलाई अपराधिलाई जस्तै व्यवहार गर्योः पीडित

काठमाडौं : विगतका सरकार तथा कानुन संवत सुकुम्बासी बस्तीहरुमा अवैधानिकरुपमा डोजर चलाएको भन्दै पीडितहरुले आक्रोश व्यक्त गरेका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा उनिहरुले भूमि र आवास अधिकारको लागि निरन्तर लड्ने चेतावनी समेत दिएका छन् । ‘सम्पूर्ण भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी’हरुले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले भत्काइएका बस्तीहरु अतिक्रमित नभई सुकुम्बासीका रहेको प्रमाणसहित दाबी गरेका छन् । त्रिपुरेश्वरस्थित वंशिघाट सुकुम्बासी बस्तीकी पीडित मैया आलेले आफूहरुलाई विना जानकारी नै उठिबास लगाएको गुनासो गरिन् । “विकल्प बिना नै अपराधिलाई जस्तैः हाम्रो बस्तिमा डोजर चलाईयो, सरकार नागरिकप्रति ‘रक्षक’को भूमिका भन्दा ‘भक्षक’को रुपमा आयो ।” शंखमुलस्थित सुकुम्बासी बस्तीका पीडित पवन गुरुङले आफू…
Read More
मेटाले नेपालमा टायर–थ्री स्तरको डेटा सेन्टरका लागि पाँच अर्ब लगानी गर्ने

मेटाले नेपालमा टायर–थ्री स्तरको डेटा सेन्टरका लागि पाँच अर्ब लगानी गर्ने

काठमाडौं : विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा डेटा सेन्टरमा लगानी गर्ने भएको छ। इन्टरनेट सेवा प्रदायकको पहिचान बनाएको वर्ल्डलिंक कम्युनिकेसन्ससँगको सहकार्यमा मेटाले नेपालमा पाँच अर्ब रुपैयाँ लगानी गर्ने भएको हो। अमेरिकी बहुराष्ट्रिय कम्पनी मेटा प्लेटफर्म्स इन्क फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएप, थ्रेड्स र मानुसको मातृ कम्पनी हो। नेपालमा फेसबुकका धेरै प्रयोगकर्ता छन्। विश्व अर्थतन्त्रमा राम्रो योगदान दिने विश्वका ‘टप–६ बिग टेक’ मध्ये मेटा एउटा हो। वर्ल्डलिंकको काठमाडौं, मातातीर्थमा पहिलेदेखि नै आफ्नै डेटा सेन्टर सञ्चालनमा छ। सोही पूर्वाधार उपयोग र विस्तार गर्ने गरी मेटा नेपाल आउन लागेको हो। मेटा र वर्ल्डलिंकले केही महिनाअघि नन डिस्क्लोजर एग्रिमेन्ट (एनडीए) गरिसकेका छन्।…
Read More
डोजर आतंकप्रति आपत्ति जनाउँदै ‘बस्ती बचाउ आन्दोलन’को घोषणा

डोजर आतंकप्रति आपत्ति जनाउँदै ‘बस्ती बचाउ आन्दोलन’को घोषणा

विजयपुर : नेपाल बसोबास बस्ती संरक्षण समाजले विभिन्न स्थानमा भइरहेको बस्ती हटाउने तथा डोजर आतंकप्रति आपत्ति जनाउँदै ‘बस्ती बचाउ आन्दोलन’ को घोषणा गरेको छ । बुधबार समाजले जारी गरेको विज्ञप्तिमा चरणबद्ध आन्दोलन गर्ने उल्लेख गरेको छ । समाजका अध्यक्ष कुमार कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार पहिलो चरणमा आ–आफ्नो क्षेत्रमा भेला, प्रदर्शन, दलहरूसँग अन्तरक्रिया, ज्ञापनपत्र बुझाउनेलगायत अवस्था अनुसारका कार्यक्रम सञ्चालन गरिनेछ । समाजले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराउने, सुकुम्बासी सम्बन्धी काम गर्ने स्थानीय तथा राष्ट्रिय संघ–संस्थासँग सहकार्य गरी साझा कार्यदल र कार्यक्रम बनाउने जनाएको छ । यस्तै, जबर्जस्ती उठिवास रोक्न शान्तिपूर्ण प्रतिकार गर्दै बस्ती रक्षा रणनीति अपनाउने, निष्पक्ष छानबिन र संवादमा सहयोग…
Read More
अर्घाखाँचीको चुनढुंगा उत्खनन समस्या र विवाद : विकास कि विनाश ?

अर्घाखाँचीको चुनढुंगा उत्खनन समस्या र विवाद : विकास कि विनाश ?

अर्घाखाँची जिल्लामा देखिएको चुनढुङ्गा (ष्mिभकतयलभ) उत्खनन सम्बन्धी समस्या र विवादको बारेमा यो लेख पाठक वर्ग सामु पु¥याउन पाउँदा म आफैमा गौरवान्वित छु । किनकि मलाई भन्दा पाठक वर्गलाई यसबारेमा बढी जानकारी होला । कमेन्ट गर्नुभयो भने मलाई जानकारीको लागि सहयोग हुनेछ ।अब यो चुनढुङ्गा उत्खनन समस्या र विवाद के हो ? यो चुन ढुङ्गा उत्खननले कति बिकास ग¥यो र कति विनाश ? यो लेखले यसको समीक्षा , अनुगमन र मूल्यांकन गर्ने पर्यत्न गरेको छ । मुख्यतः विकास, वातावरण र स्थानीय अधिकारबीचको टकरावका रूपमा यो चुनढुङ्गा उत्खनन कार्य अगाडि आएको देखिन्छ। यसलाई स्पष्ट पार्ने पर्यत्नस्वरुप यहाँ एउटा लेख प्रस्तुत गर्ने जमर्को…
Read More
नेपालले आफ्नो दावी दोहो¥यायो–“लिम्पियाधुरासम्म नेपाली भूमि”

नेपालले आफ्नो दावी दोहो¥यायो–“लिम्पियाधुरासम्म नेपाली भूमि”

काठमाडौं : नेपालले लिम्पियाधुरासम्म नेपाली भूमि हो भन्ने आफ्नो दावीलाई भारत र चीनसित पुनः पेश गरेको छ । गत अप्रिल ३० (२०८३ वैशाख १७ ) भारतको परराष्ट्र मन्त्रालयले एक वक्तव्य प्रकाशित गर्दै लिपुलेक नाका हुँदै आगामी जुनदेखि अगस्टसम्म ३ महिनाका लागि कैलास मानसरोबर यात्राको लागि अनलाइन निवेदन आह्वान गरेपछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले २०८३ वैशाख २० गते आफ्नो वेबसाइटमा “कुटनैतिक माध्यमबाट” आफ्नो अडान अवगत गराएको जनाएको छ । परराष्ट्रमान्त्रालयले “नेपाली भूमि लिपुलेक हुँदै कैलास मान सरोबर यात्राका विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ” भनी वक्तव्य जारी गरिएको छ । तर त्यस वक्तव्यमा के कस्तो ‘कुटनीतिक नोट’ र त्यसलाई…
Read More
‘मजदुर दिवसको मर्मलाई आत्मसात गरेर आजको मजदुर आन्दोलन अगाडि बढाउनुपर्छ’

‘मजदुर दिवसको मर्मलाई आत्मसात गरेर आजको मजदुर आन्दोलन अगाडि बढाउनुपर्छ’

 हेमन्तप्रकाश ओली ‘सुदर्शन’ हिमलाल वाग्ले, कपिलवस्तु : जनताको अधिकार कुण्ठित गर्ने षडयन्त्रको विरोध गरौं भन्ने मूलनाराको साथमा १३७ औँ मजदुर दिवस भव्यताका साथ सम्पन्न भएको छ । पार्टीका जिल्ला सचिव हिमलाल वाग्लेको अध्यक्षतामा र पार्टीका जिल्ला सचिवालय सदस्य ज्ञानीराम पुरीको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो। कमल उप्रेतिले कार्यक्रमका अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शन हुनुहुन्थ्यो। सुदर्शनले मजदुर दिवसको ऐतिहासिक सन्दर्भ जोड्दै भन्नुभयो , “ सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा मजदुरहरूले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै…
Read More
जाजरकोट जिल्लामा कम्युनिष्ट आन्दोलन : संक्षिप्त ऐतिहासिक रुपरेखा

जाजरकोट जिल्लामा कम्युनिष्ट आन्दोलन : संक्षिप्त ऐतिहासिक रुपरेखा

लेखक – रामबहादुर बुढा स्थान परिचयसमुन्द्र सतहबाट ६१० मि. देखि ५४३५ मि. सम्म उचाईमा रहेको यो जिल्लाको सिमाना पूर्वमा रुकुम र डोल्पा, पश्चिममा दैलेख र सुर्खेत, उत्तरमा कालिकोट र जुम्ला तथा दक्षिणमा सल्यान र रुकुम पर्दछन । जिल्लाको कुल क्षेत्रफल २२३० वर्ग कि.मि.छ भने २०७८ को जनगणना अनुसार जिल्लाको जनसंख्या १,८९,३६० रहेको छ । हाल यस जिल्लामा ७ वटा स्थानीय तह कायम गरिएको छ । जस मध्ये ३ नगरपालिका र ४ गाँउपालिका रहेका छन् । यस जिल्लाको प्रमुख आर्थिक स्रोत कृषि रहेको छ । जिल्लाको उत्तर पश्चिम क्षेत्रमा काइनाईट र टुरमालिन जस्ता बहुमुल्य पत्थर पाईन्छन् । जाजरकोट जलस्रोतमा धनी जिल्ला…
Read More
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीद्वारा संयुक्त आन्दोलन घोषणा

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीद्वारा संयुक्त आन्दोलन घोषणा

नवलपरासी : नवलपरासीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । बुधबार बर्दघाट प्रेस क्लबमा एक साक्षात्कार कार्यक्रम गरेर उनीहरुले पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्बजनिक गरेका हुन । क्रान्तिकारी सुकुम्बासी संघ नेपालका जिल्ला संयोजक चुडामणि भण्डारीको नेतृत्वमा ६ वटा संघसंगठन सम्मीलित ूभूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सरोकार संयुक्त संघर्ष समिति नवलपरासीू सरकारले राज्य आतंक सिर्जना गरेर सुकुम्बासीलाई बिना विकल्प घरबासबिहीन बनाउने कार्य गरिरहेकोले त्यसका बिरुद्ध आन्दोलन घोषणा गरेको जनाएको छ । कार्यक्रममा समितिका संयोजक चुडामणि भण्डारीले जनताको आवासको अधिकार सुनिश्चित गर्नुको सट्टा उल्टै दमनमा उत्रनु दुस्खद रहेको बताए । उनका अनुसार बैशाख २८ गते जिल्ला प्रशासन कार्यालय…
Read More
६ वटा कर्मचारी संगठनले ट्रेड युनियन खारेज गर्ने निर्णय नमान्ने

६ वटा कर्मचारी संगठनले ट्रेड युनियन खारेज गर्ने निर्णय नमान्ने

काठमाडौं : सरकारले निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय ६ वटा कर्मचारी संगठनले नमान्ने घोषणा गरेका छन्। सोमबार साँझ विज्ञप्ति प्रकाशित गर्दै नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामति कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठनका केन्द्रीय अध्यक्षहरूले सरकारले स्वच्छाचारी कदम चालेको भन्दै खेद प्रकट गरेका हुन्। नेपालको संविधानको धारा १७, धारा ३४, प्रचलित ट्रेड युनियन तथा श्रम ऐन, मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा २०, श्रम सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि नम्बर ७, महासन्धि नम्बर ९, महासन्धि नम्बर १४४, महासन्धि नम्बर १५१ र महासन्धि नम्बर…
Read More
फासिवादको जगजगी

फासिवादको जगजगी

लेखक : सन्तबहादुर नेपाली गत वैशाख १८ गतेदेखि काठमाडौंका नदी किनाराका थापाथली, मनोहरा, शंखमूल लगायतका क्षेत्रमा बसेका सुकुम्बासी वस्तीमा एक्कासी डोजर चल्न थाले र २/३ दिन मै बस्ती उजाडियो । हजारौं सुकुम्बासीहरुलाई आफ्नो सामान पनि पैक गर्न दिई त्यहाँबाट उठाएर लगियो । केही टाठाबाठाहरुले मात्र आप्mना आवश्यक सामान बचाएर साथमा लगे । यति बेला नवनिर्वाचित प्रधानमन्त्री बालेन साहले चलाएको डोजर आतंकबारे व्यापक बहस भइरहेको छ । कतिपयले सार्वजनिक जग्गा खाली गराउनु सरकारको सही कदम बताइरहेका छन् भने कतिपयले बैकल्पिक व्यवस्था नगरी सुकुम्बासीहरुलाई आफ्नो घरबाट उठाउन नहुने बताइरहेका छन् ।काठमाडौंका नदी किनाराका सुकुम्बासी बस्ती खाली गराउनका लागि यस अघिका सरकारहरुले पनि…
Read More