जलवायू समस्यामा युवाको भुमिका
जलवायू परिवर्तन आजको समयमा मानव सभ्यताले सामना गरिरहेको सबैभन्दा गम्भिर चुनौती हो । आगोको आविष्कारबाट बिकासक्रममा गति बढाएको मानव चेतना आज त्यसैलाई सन्तुलन गर्न नसक्दा अस्तित्व अन्त्य हुने संकेत देखा पर्न थालेको त छैन भन्ने प्रश्न सृजना भएको छ । औद्योगिक क्रान्ति सँगै आएको वातावरणीय प्रदुषण, शक्तिको प्रदर्शनको क्रममा विकास गरिएका आणविक हतियारले ओजन तहमा पु¥याएको क्षति लगायत दैनिक जीवनलाई सहज बनाउनको लागि जीवांश इन्धनबाट चल्ने यन्त्रहरु यसको प्रमुख कारण देखिन्छ । बढ्दो तापक्रमले हिमाल पग्लनु, हिमताल बिष्फोट हुनु, अनियमित बर्षा, बाढी, पहिरो, खडेरी, समुन्द्रमा पानी सतहमा बृद्धि हुनुका साथै जैविक विविधताको ह्रासले हामीलाई प्रत्यक्ष असर गरिरहेको छ । भोलिको…