लेनिनद्वारा लिखित कृति ‘राज्य र क्रान्ति’ (क्लास नोट)
लेखक : रामसिंह श्रीस रामसिंह श्रीस लेनिनको पुस्तक “राज्य र क्रान्ति ” एउटा अति महत्वपूर्ण पुस्तक हो । राज्य र क्रान्ति सम्बन्धमा माक्र्सवादको आधारभूूत सिद्धान्त बुझ्नका लागि लेनिनको यो पुस्तकको गहिरो अध्ययन गर्न जरुरी छ । त्यसकारण लेनिनको यो महत्वपूर्ण पुस्तक “राज्य र क्रान्ति ” को बारेमा जानकारी गराउने उद्देश्यले यो क्लास नोट तयार पारिएको छ । १) लेनिनले यो पुस्तक कहिले लेख्नु भयो ? लेनिनले यो पुस्तक सन् १९१७ को अगष्ट र सेप्टेम्बर महिनामा गुप्तवास बस्दा लेख्नु भएको थियो । पहिलो संस्करण सन् १९१८ मा प्रकाशित भएको थियो । यसको दोस्रो संस्करण सन् १९१९ मा प्रकाशित भएको थियो ।…