क्रान्तिकारी कम्युनिस्ट पार्टी दोलखाद्वारा उम्मेदवारी फिर्ता गर्न उम्मेदवारहरुलाई पत्राचार
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दोलखाले फागुन २१ को संसदीय निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै पत्राचार गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी अभियानको हस्तक्षरमा जिल्लाबाट उम्मेदवार बनेका प्रमुख चार पार्टीका उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै यस्तो पत्राचार गरिएको हो । प्राप्त जानकारी अनुसार जिल्लाबाट उम्मेदवार बनेका नेकपा एमालेका पार्वत गुरुङ, नेपाली कांग्रेसका अजयवावु शिवाकोटी, नेपाली कम्युनिस्ट पार्टीका विशाल खड्का र रास्वपाका जगदीश खरेललाई यस्तो पत्र पठाइएको छ । पत्रको व्यहोरामा उल्लेख गरिएको छ, “ विषय : उम्मेदवारी फिर्ता सम्बन्धी अपेक्षा पत्र ।वर्तमान विश्व(भूराजनीतिक शक्ति सन्तुलनको प्रभाव, आन्तरिक राजनीतिक अस्थिरता, नवउदारवादी तथा नवउपनिवेशवादी हस्तक्षेप, कुशासन…