
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धादिङ बस दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । २०८२ फागुन ११ गते पार्टिका प्रवक्ता सुदर्शनद्वारा जारी प्रेस–वक्तव्यमा भनिएको छ –
“आज राति १ बजे पोखराबाट काठमाडौं आइरहेको ग २ ख १४२१ नम्बरको बस धादिङ जिल्लाको रोराङ ५ भैसे गौडाबाट त्रिशूली नदीमा खसेर दुर्घटनाग्रस्त भएको घटनाले हाम्रो पार्टी स्तब्ध भएको छ । उक्त बसमा सवार ३५ जनामध्ये १९ जनाको मृत्यु भइसकेको छ भने बाँकी गम्भीर घाइते भएका छन् । हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । मृतकहरुका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरुको उपचारको लागि व्यवस्था गर्न सरकारसँग माग गर्दछ । ”