क्रान्तिकारी कम्युनिस्ट पार्टी, कैलालीद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान
कैलाली : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले सोमबार कैलालीको सुखडमा सहिद तथा बेपत्ता परिवारलाई एक कार्यक्रम बिच सम्मान गरेको छ । फागुन १४ देखि २१ गते सम्मको सहिद सप्ताह अन्तर्गतको सम्मान कार्यक्रममा कैलालीबाट सहिद भएका ४७ सहिद परिवारलाई खादा र सम्मान पत्रसहित सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य केशव उपाध्यले सहिद भनेका सबैका साझा हुने बताउँदै सहिद परिवारलाई सम्मानपूर्वक जिउने अधिकार रहेको बताए । उनले देशको समग्र परिवर्तनका लागि साहदत हुने महान सहिद र परिवारजन कुनै पार्टी बिशेषका लागि मात्रै नभई सिंगो देशका साझा ब्यक्तित्व भएको भन्दै राज्यका हरेक निकाय देखि विकास निर्माणमा सहिद परिवारको…