लघुवित्त पीडितहरु फेरि किन उत्रिए सडकमा
काठमाडौं : सरकारसँग ६ बुँदे सहमति गरेर आन्दोलन स्थगित गरेको दुईसाता नबित्दै लघुवित्त पीडितहरु फेरि सडकमा उत्रिएका छन् । सहमतिअनुसार माग पूरा नभएको भन्दै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका कानुनी सल्लाहकार अगस्थ अधिकारीको नेतृत्वमा उनीहरु आजदेखि धर्नामा बसेका हुन् । गत चैत २ गते सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो । जसमा लघुवित्तलाई सेवामुखी संस्थाको रुपमा सञ्चालन गर्न आवश्यक नीतिगत एंव कानूनी व्यवस्थाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा कानूनको समेत अध्ययन गरी उचित नीतिगत तथा कानूनी व्यवस्थाका लागि अर्थ मन्त्रालयमार्फत् नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने उल्लेख थियो । त्यस्तै, लघुवित्तमा देखिएका समस्या समाधानका…