३ नं. प्रदेशको उपप्रदेश ‘ख’ को स्कूलिङ मकवानपुरमा सञ्चालन
हेटौंडा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ मा कार्यरत प्रदेश सदस्यहरुको स्कूलिङ कार्यक्रम मकवानपुर जिल्लाको हेटौडामा सञ्चालन गरिएको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ अन्तर्गत उपप्रदेश ‘ख’ का इन्चार्ज तथा स्कूल विभागका प्रमुख शार्दुलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्कूलिङ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शार्दुलले विचारधारात्मक स्पष्टता र नेता कार्यकर्ताको योग्यता क्षमताको विकास गराउन स्कुलिङको आयोजना गरेको बताउनु भएको थियो । उहाँले दलाल सत्ता, व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेता कार्यकर्ताको वैचारिक क्षमताको स्तरवृद्धि गर्न आवश्यक भएको पनि स्पष्ट पार्नुभयो । स्कूलिङ कार्यक्रममा मकवानपुर, ललितपुर र सिन्धुलीका २३ जना प्रदेश सदस्यहरु प्रशिक्षार्थीको…