क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल) बागलुङको एकता अधिवेशन
पुर्ण गुरुङ/बागलुङ : नेकपा(मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बिच बागलुङ जिल्लाको एकता अधिबेशन आज सम्पन्न भएको छ । अधिबेशनले कामरेड रेशम गिरिको सम्योजनमा र कामरेडद्वय पुर्ण गुरुङ र मन बहादुर श्रीस सहसम्योजक रहेको ५१ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बागलुङ जिल्ला सङ्गठन समिति घोषणा गरेको छ । एकता अधिबेशनको उत्घाटन प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश इन्चार्ज कामरेड हरिभक्त कडेलले पार्टीको झण्डा उठाएर गर्नुभएको थियो । उत्घाटन मन्तब्य राख्दै पार्टी एकताको सिलसिलेवार परिघट्ना र एतिहासिक आबस्यकताको बारेमा प्रकाश पार्नु भएको थियो । आज क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न भएको अबस्थामा भएको यो एकताले क्रान्तिकारीहरुलाई…