६१औँ जातिभेद उन्मुलन दिवस सम्पन्न
काठमाडौं । २०८२ चैत्र ७ गते ( २०२६ मार्च २१ ) मा चार दलित संगठनहरूले एक अन्तरक्रियाको आयोजना गरी ६१औँ जातिभेद उन्मुलन दिवस मनाएकाछन् । “वर्तमान राजनीतिक परिस्थितिमा दलित मुक्तिको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम गरी दलित संगठनहरुले जातिभेद उन्मुलन दिवस मनाएकाहुन् । चार दलित संगठनहरू क्रान्तिकारी दलित मुक्तिमोर्चा नेपाल,एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जातव्यवस्था उन्मूलन मोर्चा नेपाल, संयुक्त दलित अधिकार मञ्च आयोजक रहेका थिए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले मन्तव्य राख्दै भन्नुभयो,“ नेपालमा राजनीतिक रूपले मात्रै प्रतिगमन नभएर सामाजिक तथा सांस्कृतिक रूपले पनि प्रतिगमन भएको छ। समाजलाई अग्रगामी र प्रगतिशील विचारले नेतृत्व गरेर अगाडि…