जन बिहानी

1497 Posts
भारतमा ४ जना नेपाली मजदुरको घाँटी रेटेर हत्या

भारतमा ४ जना नेपाली मजदुरको घाँटी रेटेर हत्या

काठमाडौँ : भारतको मेघालयमा ४ जना नेपाली मजदुरको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना नेपाली मजदुरको हत्या भएको हो । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । भारतीय सञ्चारमाध्यमहरूले पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको जनाएका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । मारिने ४ जना धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ । ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई…
Read More
अविरल वर्षासँगै पहिरो र बाढीमा परेर एकै दिन १० जनाको मृत्यु

अविरल वर्षासँगै पहिरो र बाढीमा परेर एकै दिन १० जनाको मृत्यु

काठमाडौं : अविरल वर्षासँगै आएको पहिरो र बाढीमा परेर शनिबार एकै दिन १० जनाको ज्यान गएको छ। पहिरोमा पुरिएर ८ जना र बाढीमा बगेर २ जनाको मृत्यु भएको हो। बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा शनिबार अधिक वर्षा भएको थियो। सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा भएको छ। पहिरोमा परी स्याङ्जामा तीन जना, पर्वतमा २ र तनहुँमा २ जनाको मृत्यु भएको छ। यता काभ्रेमा २ जना र काठमाडौंमा एक जनाको ज्यान गएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिनभरमा देशभर सातजना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन्। अविरल वर्षाका कारण उपत्यकाका अधिकांश भाग जलमग्न भएका थिए…
Read More
स्पेन र जर्मनीबिच सेमिफाइनलमा पुग्न रोचक भिडन्त  शुक्रबारदेखि सुरु हुँदै

स्पेन र जर्मनीबिच सेमिफाइनलमा पुग्न रोचक भिडन्त शुक्रबारदेखि सुरु हुँदै

एजेन्सी/काठमाडौँ : १७औँ युरोकप फुटबलको क्वार्टरफाइनल चरणको खेल शुक्रबारदेखि सुरु हुँदै छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक राष्ट्र जर्मनीको सामना गर्दै छ । उक्त खेल नेपाली समय अनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । युरोकपको इतिहासमा यी दुई राष्ट्रबिच धेरै कुरामा समानता देखिन्छ । जारी संस्करणमा पनि स्पेन र जर्मनी दुबैलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको थियो । तर दुर्भाग्य, अन्तिम आठ चरणमै आपसमा भिडन्त गर्नुपर्ने अवस्था सृजना भएपछि यो खेलले एउटा टोलीलाई सेमिफाइनलमा पुर्याउने छ भने अर्को टोलीलाई उपाधि होडबाट बाहिर धकेल्ने छ । जारी युरोकपमा स्पेन हालसम्म पराजित छ । स्पेनले चार खेल जितिसकेको छ । समूहगत…
Read More
अखिल भारत नेपाली एकता समाज र दूतावासका कर्मचारीहरूसंग भेटघाट

अखिल भारत नेपाली एकता समाज र दूतावासका कर्मचारीहरूसंग भेटघाट

चेन्नै : दक्षिण भारतका जेलमा के कति नेपालीहरू छन रु उनीहरूको अवस्था के कस्तो छ रु र कसरी उनीहरूको उद्दार गर्न सकिन्छ रु भन्ने विषयमा अनुगमन गर्नकोलागि नेपाली दूतावास, नई दिल्लीबाट नेपाल प्रहरीका एस. एस. पी .उमा प्रसाद चतुर्वेदी , दूतावास काउन्सिलर, दिपक निरौला तृतीय सचिव, र नवीन जोसी,ईन्डिया, निदेर्शक बेंगलोर हुदै चेन्नै आएको थिए । चेन्नैको सेन्ट्रल जेलमा रहेका नेपालीहरूको अनुगमनपछि चेन्नैमा रहेका नेपाली समाज संगठनसंग पनि भेटघाट भएको छ । २८ जुन २०२४ का दिन चेन्नैको होटल पेन्टागनमा भेटघाट कार्यक्रमको आयोजना सम्पन्न भएको छ। उक्त भेटघाट कार्यक्रममा अखिल भारत नेपाली एकता समाजका तर्फबाट केन्द्रीय महासचिव महेन्द्र बस्याल, केन्द्रीय…
Read More
जनवादी कलाकार उदय लागे प्रगतिशील सालैजोको तयारीमा

जनवादी कलाकार उदय लागे प्रगतिशील सालैजोको तयारीमा

काठमाडौं : रक्तिम सांस्कृतिक अभियानका महासचिव लक्ष्मी रिजाल उदय नयाँ गीत सृजनामा जुटेका छन् । उनले प्रगतिशील सालैजो गीत तयार गर्न लागेका हुन् । कलाकार उदयले भने, ‘गीत लेखी सकेको छु । त्यसलाई अन्तिमरुप दिने तयारीमा लागेकोछु । गीत, संगीत मेरो आफ्नै हुनेछ । स्वरमा साथ दिने साथीको छिटै टुङ्गो लगाउ“छु ।’ उदयले अब आउने गीतको विषय भ्रष्टाचार र बेथितिका विरुद्धमा हुने बताए । कलाकार उदयले यसभन्दा पहिले राष्ट्रभक्ति र जागरणमूलक गीत प्रकाशमा ल्याइसकेका छन् । ‘यो देशलाई माया गर्ने जमात’, ‘नशा नशामा यो देशको’, ‘लेकै फुल्यो लाली गु“रास’ जस्ता देशभक्तिका गीत र पिपलु हु“ म, नछोड बाटो तिमीले, क्रान्ति…
Read More
‘जबसम्म लुटप्रेमी उत्पादन पद्धति रहन्छ तबसम्म क्रान्तिको आवश्यकता रहन्छ’

‘जबसम्म लुटप्रेमी उत्पादन पद्धति रहन्छ तबसम्म क्रान्तिको आवश्यकता रहन्छ’

१) देशमा नयाँ संविधान निर्माण भएको ८ वर्ष पूरा भयो । ३ महिना पछि ९ वर्ष पूरा हुने वाला छ । नयाँ संविधानमा संघीय लोकतान्त्रिक संसदीय व्यवस्था कायम गरिएको छ । दुई पटक आम चुनाव पनि भयो । यस बीचमा यो व्यवस्थाको औचित्यता कति पुष्टि भयो कति पुष्टि भएन ?–यो व्यवस्थाको औचित्य त्यतिबेलै समाप्त भएको हो जति बेला संविधान लागु भयो । किन ? किनभने संविधानले स्थापना गरेको व्यवस्था दलाल पूँजीवादी थियो, र दलाल पूँजीवादी व्यवस्थाको स्वरुप कस्तो हुन्छ र त्यसले के परिणाम ल्याउँछ भत्रे विश्वमा प्रचलनमा आएका संसदीय व्यवस्थाहरु र पूँजीवादी उत्पादन सम्बन्धको ऐतिहासिक विकाश क्रममा स्पष्ट भइसकेको थियो…
Read More
प्रवासमा संगठनात्मक भूमिका

प्रवासमा संगठनात्मक भूमिका

भारतमा समाजिक संगठन अखिल भारत नेपाली एकता समाजको स्थापना ७ नोभेम्बर १९७९ मा भएको थियो । तर त्यो भन्दा करिव एक वर्ष पहिला नेपाल कम्युनिष्ट पार्टी भारत शाखा पनि भूमिगत प्रणालीमा संचालन गरिएको थियो । कम्युनिष्ट पार्टीको मुख्य उद्देश्य प्रवासमा रहेका नेपाली मजदूरहरुलाई सामाजिक गतिविधिमा सामेल गर्दै अन्ततः पार्टी कारण गर्ने थियो । सामाजिक संगठन एकता समाजको माध्यमबाट उनीहरुलाई क्रमशः राजनैतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक प्रशिक्षण दिएर तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनको लागि योग्य बनाउन जरुरी थियो । उनीहरुलाई संगठन, अनुशासन र पद्दतीको बारेमा बुझाउन पर्दथ्यो । त्यति बेलाको छिपछिपे ज्ञान भएका प्रवासी नेपालीहरुलाई विविध कोणबाट प्रभावित गर्दै अखिल…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे महामन्त्री ढकाललाई पदबाट निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे महामन्त्री ढकाललाई पदबाट निलम्बित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार केन्द्रीय समितिले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको छ । साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारबाहीको सिफारिस सहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ । बुधबारको केन्द्रीय समिति…
Read More
छाउगोठमा गणतन्त्र

छाउगोठमा गणतन्त्र

कविता लेखक : जगदीश चन्द्र एक दशक हाराहारीभइसकेको छतिमीहरूको गणतन्त्रआएकोसिंहदरबारको पटाङ्गिनीबाटमहानगर उपमहानगरगाउँ गाउँमागणतन्त्रको वीभत्सताआदर्श च्यूत विद्रूपतादेखिएकै छ पोतिएकै छभरखर भरखरै भनेछाउगोठमा गणतन्त्रलेमानव मर्यादामाथिनिर्लज्ज उपहास गरेको छजतिसुकै उफ्रजतिसुकै उत्कृष्ट बोलतिम्रो कुरूप संसदतिम्रो कुरूप तन्त्रकेवल छाउगोठकोअसभ्य तन्त्र हो । यो समयछाउगोठको गणतन्त्रविरुद्ध प्रतिरोधकोसमय होभित्र बाहिरजता जहाँबाटजसरी जुनसुकैविधि तरिकाबाटआँधी तुफान बने पनि हुन्छ ।
Read More
अख्तियारले काट्यो मेयर चिरिबाबुलाई पत्र

अख्तियारले काट्यो मेयर चिरिबाबुलाई पत्र

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ । मेयर महर्जन विरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ । उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप छ । बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो ।
Read More