टेकहरी न्यौपाने/काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य कृष्णवाला श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा ललितपुरको कुपाृण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता कमल चौधरी ,संचालन सुरेश श्रेष्ठ रअतिथिहरुमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरण कार्यालय सदस्य रामसिङश्रीस , सीताराम थापा र अटल रहेका थिए । कार्यक्रममा कृष्णवालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै फोटोमा पुष्पार्पण कार्यक्रममागरिएको थियो ।
कार्यक्रममा अतिथिहरुले कृष्णवालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कृष्णवालाश्रेष्ठको नेपालको कम्युनिष्ट आन्दोलनमा रहेको योगदानबारे चर्चा परिचर्चा गरेका थिए । कार्यक्रममा कृष्णवालाका छोारहरु कृष्णभक्त श्रेष्ठ , पुरुषोत्तम श्रेष्ठ ,उत्तम श्रेष्ठ उद्वव श्रेष्ठ,छोरी वीणा श्रेष्ठ ,नाती प्रज्ज्वल श्रेष्ठ भान्जा बुद्धिबहादुर श्रेष्ठ ,भान्जी विना श्रेष्ठ लगायत आफन्तजनको उपस्थिति रहेको थियो ।पार्टीका तर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको कृष्णवालाको तस्वीर मोहन वैद्य किरणले छोरा कृष्णभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।