जन बिहानी

1715 Posts
अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशी रिहा

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशी रिहा

काठमाडाैँ : अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला संयोजक दिनेश जोशी साेमबार रिहा भएका छन् । उनलाइ झुट्टा मुद्दामा २७ दिनको हिरासत बसाइ पछि रिहाई भएका हुन् । विद्यार्थी नेता जाेशीलाइ स्वागत गर्न विद्यार्थी नेता तथा अखिल (क्रान्तिकारी) केन्द्रीय सहसंयाेजक प्रभात भट्टराइ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैँका सेक्रेटरी प्रकाश, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा काठमाडाैँ जिल्ला इन्चार्ज प्रवेश रूम्बाले गरेका थिए । याे पनि पढ्नुहाेस अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशी गिरफ्तार, तत्काल रिहा गर्न माग
Read More
रित्तिंदैछ देश दुश्चक्रमा नेपालका युवापुस्ता

रित्तिंदैछ देश दुश्चक्रमा नेपालका युवापुस्ता

लेखक : टेकहरि न्यौपाने दिनानुदिन नेपालको गाउँ वस्ती, शहर रित्तिने त हैन? भन्ने अति डरलाग्दो भयावह दयनीय स्थिति देशमा देखिन थालेको छ । नेपालका शासक वर्गहरुले दैनिक आधारभूत आवश्यकता सामानहरुमा अचाक्ली मूल्यवृद्धि, ढाडसेक्नेगरी सबै चीजमा कर अनि दैनिक जीविकोपार्जनमा चुकाउनै नसक्ने महंगाईका साथ कुनै व्यापार व्यवसाय गरौं भन्नेहरुका लागि विभिन्न किसिमका झन्झटिला कानुनी तगारा झन्झटिला दिक्कलाग्दा दर्ता कर लगायत धेरै समस्याको सामना गर्नुपर्ने हुनाले देशमा सरकारले युवाहरुलाई बाँच्न र बस्नुपर्ने वातावरण नै धुमिला बनाई दिनाले युवा जमात दिक्क भएर देश छोड्न बाध्य भएका छन् । सरकारले युवाहरुलाई उनीहरुको योग्यताका आधारमा उनीहरुको सीपको आधारमा कला कौशलको क्षमताको आधारमा सरकारी सेवाहरु दिने…
Read More
प्रम ओलीको अमेरिका भ्रमण पछाडिका रहस्यहरु

प्रम ओलीको अमेरिका भ्रमण पछाडिका रहस्यहरु

लेखक : डा. केशव देवकोटा नेपालका प्रधानमन्त्रि केपी ओली यतिबेला अमेरिका भ्रमणका क्रममा हुनुहुन्छ । उहाँ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा राष्ट्रसंघकै महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएको हो । उहाँले गत शनिबारनै महासचिव गुटेरेससँग भेट पनि गरिसक्नु भएको छ । उहाँ अमेरिकी सरकारको औपचारिक निमन्त्रणामा न्युयोर्क पुग्नुभएको होइन । त्यसैले उहाँले पहिलो विदेश भ्रमण अमेरिकाबाट शुरु गर्नुभएको भन्न मिल्दैन । प्रम ओली अमेरिका जाने पूर्ब सन्ध्यामा नेपालमा जेजस्ता गतिबिधिहरु भए, त्यसलाई केलाएर हेर्ने होभने धेरै कुराहरुको रहस्य खुल्छ । प्रम ओली गत चारगते त्यसतर्फ जानुभएको होभने उहाँ कतारको दोहाहुँदै नेपाली समयअनुसार पाँचगते शनिबार अमेरिको न्युयोर्क पुग्नुभएको थियो । प्रधानमन्त्री…
Read More
देवचुली नगरपालिकामा क्रान्तिकारी कम्युनिष्ट पार्टीको भेला सम्पन्न

देवचुली नगरपालिकामा क्रान्तिकारी कम्युनिष्ट पार्टीको भेला सम्पन्न

नवलपुर : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता अधिवेशनको पूर्व सन्ध्यामा नवलपुरका नगर तथा गाउँपालिकाको सम्मेलन तथा भेलाहरु तीब्र बन्दै गएको छ ।सोही क्रममा २०८१ असोज ५ गतेका दिन देवचुली नगरपालिकाको नगर भेला सम्पन्न भएको जिल्ला संयोजक दीपकले जानकारी दिनुभयो । भेलाले बिजय सचिव र पर्खाल सह सचिव रहेको ११ सदस्यीय पालिका समितिको चयन गरेको हो ।नगर संयोजक विजयको अध्यक्षता तथा सह संयोजक पर्खालको सञ्चालन एवं प्रसादको स्वागत मन्तव्य पछि महान शहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।भेलामा केन्द्रिय सचिवालय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज अनुकूलको प्रमुख आतिथ्यता जिल्ला संयोजक दिपक सह संयोजक न्युजर्ज र प्रदेश सदस्य पुष्पको…
Read More
भक्तपुर नगर समितिको एकता नगर सम्मेलन सम्पन्न

भक्तपुर नगर समितिको एकता नगर सम्मेलन सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको भक्तपुर नगर समितिको नगर सम्मेलन सम्पन्न भएको छ । केपी धेमसुको अध्यक्षता पदम लामाको सञ्चालन र जिल्ला सहसंयोजक टेकहरी न्यौपानेको स्वागतमा कार्यक्रम अगाडि बढेको थियो । ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनेट मौन धारणपछि अगाडि बढेको सम्मेलनमा प्यानल प्रश्तुत भक्तपुर संयोजक श्रीकृष्ण सलुले गरेका थिए । सम्मेलनले ११ सदस्सीय भक्तपुर नगर समिति गठन गरेको छ ।जसमा सचिव दया लिम्बु ,सह सचिव शमर रोयल र इन्चार्ज नविन रहेका छन् । – टेकहरी न्यौपाने
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही जिल्ला सचिवमा लक्ष्मीकान्त पौडेल निर्वाचित

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही जिल्ला सचिवमा लक्ष्मीकान्त पौडेल निर्वाचित

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रुपन्देही जिल्लाको एकता सम्मेलनले लक्ष्मिकान्त पौडेलको नेतृत्वमा १९ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ ।यहि असोज ४ र ५ गते – “सबैखाले अवसरवार र प्रतिक्रियावाद विरुद्ध संघर्ष गरौं । अनुशासित , जुझारु र बृहत कम्युनिस्ट पार्टी निर्माण गर्दै सर्वहारा वर्गको मुक्ति आन्दोलनमा सहभागी बनौं।।” भन्ने मुल नारा सहित रुपन्देही जिल्लाको सैनामैनामा सम्पन्न जिल्ला एकता सम्मेलनले पौडेललाई जिल्ला सचिवमा निर्वाचित गरेको केन्द्रीय सदस्य तथा जिल्ला संयोजक दिपक पौडेलले जानकारी दिनुभयो । जिल्ला सम्मेलनको उद्घघाटन पार्टीका केन्द्रीय सहसंयोजक सन्त बहादुर नेपालीले गर्नुभएको थियो। उद्घाटन सत्रमा पार्टीका केन्द्रिय कार्यालय सदस्यद्वय कृष्णराज पौडेल, हरिभक्त कण्डेल, केन्द्रीय सदस्य अटल…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राष्ट्रिय एकता महाधिवेशन प्रचार प्रसारको कार्यतालिका

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राष्ट्रिय एकता महाधिवेशन प्रचार प्रसारको कार्यतालिका

काठमाडौँ : 'राष्ट्रिय एकता महाधिवेशन भब्य रुपमा सफल पारौँ !, नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढौँ !!' भन्ने मूल नाराका साथ विस २०८१ साल मंसिर १३ देखी २३ सम्म काठमाडौँमा सम्पन्न हुन गैरहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन केन्द्रीय प्रचार प्रसार समितिले महाधिवेशन प्रचार प्रसारको कार्यतालिका सार्वजनिक गरेको छ । २०८१ भदौ १२ गते साझ समितिका संयोजक राजवीरको अध्यक्षतामा जुम बैठक बसी महाधिवेशन प्रचार प्रसार सम्बन्धी विभिन्न निर्णयहरु गरेको छ । बैठकमा प्रचार प्रसार समितिका संयोजक कमरेड राजवीरले पार्टी निर्णयको व्रिफिङ सहित प्रचार प्रसार कार्यक्रमको खाका प्रस्तुत गरेका थिए । सहभागी सदस्यहरुको सुझावहरुको आधारमामहाधिवेशन प्रचार…
Read More
दशैँमा १० सुनको सिक्का जित्ने अफर, सि.जी.का साना घरायसी सामाग्रीहरुमा

दशैँमा १० सुनको सिक्का जित्ने अफर, सि.जी.का साना घरायसी सामाग्रीहरुमा

काठमाडाैँ : नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “दशैँमा १० अफर” ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १० – १० ग्रामका १० सुनका सिक्काहरु जित्ने अरवसर प्राप्त गर्नेछन् । यो अफर सि.जी. का साना घरायसी उपकरणहरुमा मात्र समावेश छन्। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सि.जी. का कुनै पनि साना किचन एप्लायन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो बिबरण भरि समाबेस गर्नुपर्नेछ। यो योजना सि.जी.का हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान,…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको धरान नगर सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको धरान नगर सम्मेलन सम्पन्न

सुनसरी : क्रान्तिकारीकम्युनिष्ट पार्टी नेपालको २०८१असोज ३ गते धरान नगर सम्मेलन सम्पन्न भएको छ। “दलाल संसदवादी तथा दक्षिणपन्थी संशोधनवादी , प्रतिक्रियावदी विरुद्ध हाम्रो अभियान । जनसंघर्ष प्रतिरोध संघर्ष र सशस्त्र विद्रोहको दिशामा पहिलो धरान सम्मेलन ।।” भन्ने मुल नाराकासाथ प्रथम धरान नगर सम्मेलन सम्पनन भएको छ । उक्त सम्मेलन सुनसरी जिल्ला पार्टी इन्चार्ज विवेकको प्रमुख आतिथ्यता विविराईको सभापतित्व र पारस लिम्बुको सन्चालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो भने पारस लिम्बु टिका राई सुजाता बन रहेको तीन सदस्सीय अध्यक्ष मण्डलबाट बन्द सत्र कार्यक्रम सम्पन्न भएको थियो बन्द सत्रमा रामबहादुर पौडेलले आर्थिक प्रतिवेदन र संयोजक विविराईले राजनैतिक तथा सांगठनिक प्रतिवेदन प्रश्तुत गरेका…
Read More
नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित

नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित

काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम हाललाई स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मकालागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएको छ । असोज ४ गतेलाई मनोनयन तथा १२ गतेलाई निर्वाचन तालिका रहेको महासंघको निर्वाचन प्रक्रिया हाललाई अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ । कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । सोही अनुसार निर्वाचन समितिले चुनाव स्थगत गरेको हो । महासंघको निर्वाचन पटक पटक स्थगित हुन पुगेको छ ।
Read More