इन्डो पश्चिमा विदेश नीति र ओली सरकारको भबिश्य
प्रतिनिधिसभाको बैठकबाट हिजो साउन छगते प्रधानमन्त्रि केपी ओलीले बिश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँप्रति बिश्वासको मतका साथसाथै अबिश्वासको वाताबरण पनि बन्दैगएको देखिन्छ । खासगरी नेकां, एमाले र माओवादी केन्द्रलगायतका संसदवादी पार्टीहरुको कुनै निश्चित बिचार पनि नभएको, देशभक्ति पनि नभएको र देशमा कसरी विकास र परिवर्तनको क्रमलाई अगाडि बढाउनेभन्ने कुनै दृढता र नविन स्पष्ट शोच पनि नभएका कारण ओलीले बिश्वासको मत पाउनु र नपाउनुको नेपाल र नेपालीका लागि कुनै अर्थ छैन । ०६२ मा दिल्लीमा भएको १२ बुँदे सहमतिपछि बाटै नेपालमा इन्डो पश्चिमा शक्तिले काम गरिरहेको छ । ०६३ पछिका नेपालका सरकारहरुले उक्त शक्तिको नेपाल नीतिको कार्यान्वयन गरिरहेको देखिन्छ ।…