जन बिहानी

1715 Posts
पोखरामा असोज १६ गते रक्तिम र समानाको बिशेष प्रस्तुति हुने

पोखरामा असोज १६ गते रक्तिम र समानाको बिशेष प्रस्तुति हुने

पोखरा : लोकप्रिय जनगायक जीवन शर्माको विशेष प्रस्तुति सहित पोखरामा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । रक्तिम सांस्कृतिक अभियानले यही असोज १६ गते दिउँसो २ः०० बजेबाट पोखरा सभागृहमा विविध जनसाँस्कृतिक कार्यक्रम गर्न लागेको हो । सो कार्यक्रममा जनगायक शर्माका अलावा कलाकारहरु नारायण योगी, नारायण शर्मा, निलिमा पुन, दल बहादुर बिक, मान बहादुर भण्डारी, उदय रिजाल, डमर भण्डारी र भरत श्रेष्ठको प्रस्तुति रहने बताइएको छ । आयोजक रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिका अनुसार सो अवसरमा शरद लामिछाने, दिलमाया पुन, धन बहादुर थापा, काजी गाउँले, अनिस योञ्जन, शुशिला थापा, पम्फा बन्जाडे, ज्योति फौजा, प्रतिभा शर्मा, केशव राना, सुजन थापा, अनु शर्माको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे मोटरसाइकल र्‍याली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे मोटरसाइकल र्‍याली

बाँके : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाँके र वर्दिया जिल्लाले राष्ट्रिय एकता महाधिवेशन सफल पार्न, बाँके र वर्दियामा असोज, १० गतेमोटरसाइकल¥याली आयोजना गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज प्रेम सुवेदीले पार्टीको झण्डा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक दिपकबहादुर शाहीलाई हस्तान्तरण गरेर ¥यालीको उदघाटन गरिएको थियो । वर्दियाको बाँसगडीवाट सुरु भएको ¥याली भुरीगाउँ , ठाकुरद्रार, राजापुर, ताराताल, गुलरिया, मैंनापोखर, हुदै बाँकेको सिलघारि, खजुरा, नेपालगन्जको धम्वोझि हुँदै कोहोलपुरमा आई समापन भएको थियो ।जिल्लाको मुख्य मुख्य चोकहरुमा कोण सभा गर्दै ¥याली अगाडि बढेको थियो । सभामा वक्तहरुले पार्टीको आगामि कार्यक्रम उदेश्य र…
Read More
लेनिनको शिक्षाबारे जर्मनमा अन्तर्राष्ट्रिय ,गोष्ठी सम्पन्न

लेनिनको शिक्षाबारे जर्मनमा अन्तर्राष्ट्रिय ,गोष्ठी सम्पन्न

संगीत स्रोता, जर्मनी: कम्युनिस्ट पार्टी र संगठनहरूको अन्तर्राष्ट्रिय समन्वय समिति ( आइसिओआर) को आयोजनामा जर्मनमा लेनिनको शिक्षा सम्बन्धी एक अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । गोष्ठीका वक्ताहरूले समाजवाद र साम्यवाद विश्वको भविष्य हो भनेका छन् । गत सेप्टेम्बर १३ देखि १५ ( २०८१ भाद्र २८– ३०) मा भव्यतापूर्वक सम्पन्न उक्त गोष्ठीमा ४५ देशका ,४० संगठनका ७०१ जना सहभागी भएकाथिए । विभिन्न शीर्षक माथि गोष्ठी सम्पन्न भएको थियो । “लेनिन र साम्राज्यवाद ” “लेनिनको विश्वदृष्टिकोण र द्वन्द्वात्मक भौतिकवाद ” “लेनिन, युद्ध र शान्तिको प्रश्न तथा सर्वहारा अन्तर्राष्ट्रवाद” ,“लेनिन र राष्ट्रिय मुक्तिका निम्ति संघर्ष” ,“लेनिन र युवा” “लेनिन , महिला मुक्तिका अग्रणी…
Read More
भारी वर्षाका कारण जन धनको क्षति बढ्दै

भारी वर्षाका कारण जन धनको क्षति बढ्दै

काठमाडौ : शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण नेपालभर जनजीवन अस्तव्यस्त भएकोछ। सरकारले लामा दुरीका गाडीहरू नचलाउन सूचना जारी गरेकोछ । राजमार्गहरू अवरुद्ध भएकाले लामा दूरीका गाडी बन्द भएका छन् । हवाई यातायात पनि रोकिएकोछ । वर्षातका कारण डुबान , बाढी ,पहिरोले जनधनको क्षतिको विवरण बढ्दो छ ।भर्खरै नेपाल सरकार गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले हाँक टुडेलाईलाई दिएको जानकारी अनुसार ३८ जनाको मृत्यु र २९ जना बेपत्ता भएको रेकर्ड मन्त्रालयमा आएकोछ । उपत्यकामा मात्र २१ जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएकोछ। कोशी ब्यारेजमा पानीको सतह निकै माथि आए पछि ब्यारेज हुँदै चल्ने गाडी रोकिएका छन। मकवानपुरको ईन्द्रसरोबर ताल भरिएको छ ।बाँधको…
Read More
बाढीले बगायो रामेछाप र सिन्धुली जोड्ने खुर्काेटको पुल

बाढीले बगायो रामेछाप र सिन्धुली जोड्ने खुर्काेटको पुल

रामेछाप : रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल बाढीले बगाएको छ । निरन्तरको झरीले सुनकोसीमा आएको बाढीले दुई जिल्ला जोड्ने खुर्काेटमा रहेको मोटेरेवल पुल शनिवार मध्यान्हको समयमा बगाएको स्थानीयले बताएका छन् । यो पुल निर्माण भएपछि रामेछाप र दोलखाका नागरिकलाई राजधानी काठमाडौँ जाने आउने दुरी छोटो भएको थियो । यो पुल बगाएसँगै अब रामेछापका नागरिकहरूलाई सित्खाको बाटो वा दोलखाको चरिकोट हुँदै खाडिचौरको बाटो भएर राजधानी काठमाडौँ आऊ जाऊ गर्नुपर्ने भएको छ । यो पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपैयाँ भन्दा बढी लगानीमा आर्थिक वर्ष २०७१÷०७२ मा अनक, बाइपि तुण्डी जेभीले निर्माण गरेको थियो…
Read More

क्रान्तिकारी कम्युनिष्ट पार्टी मोरङको एकता सम्मेलन सम्पन्न

मोरङ : क्रान्तिकारी कम्युनिष्ट पार्टी मोरङको एकता सम्मेलन २०८१ असोज ७ गते सम्पन्न भएको छ । पार्टी कार्यालय सदस्य रामसिंह श्रीसको प्रमुख आतिथ्यतामा मोरङको जिल्ला सम्मेलन सम्पन्न भएको हो। सम्मेलनले बादलको नेतृत्वमा २७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । मंसिर १३ देखि २३ सम्म हुने पार्टीको एकता महाधिवेशनलाई लक्षित गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशैभरका पार्टी कमिटिहरुको सम्मेलन र भेलालाई तीव्र पारेको छ । वडा र पालिका स्तरीय पार्टी कमिटिहरुको भेला र सम्मेलन पश्चात अहिले धमाधम रुपमा जिल्ला अधिवेशनहरु सम्पन्न हुने क्रममा रहेका छन् ।
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, काठमाडाैँले दियाे यस्ताे चेतावनी

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, काठमाडाैँले दियाे यस्ताे चेतावनी

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको काठमाण्डौ जिल्ला सदस्यहरु राजेन्द्र कोईराला र दीपेन्द्र शाहीलाई पार्टी कार्यक्रममा रहेको अवस्थामा न्यूरोडको मखन गल्लीबाट बिनाकारण असोज ७ गते सादा पोशाकमा रहेका प्रहरीहरुले गिरफ्तार गरेकाले गिरफ्तारहरुलाई बिनाशर्त तुरुन्त रिहाई गर्न माग गरिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका काठमाण्डौ जिल्ला सचिव प्रकाशले असोज ८ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गरेका हुन् । वक्तव्यमा बिनाकारण गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानआकर्षण भएको जनाउँदै राजनीतिक प्रतिशोधको कारण पक्राउ गरिएको प्रति घोर भत्सर्ना गर्दै तत्काल रिहाई गर्न जोडदार माग गरिएको छ ।
Read More
पोखरामा ‘रक्तिम विविध जनसांस्कृतिक कार्यक्रम’ हुने

पोखरामा ‘रक्तिम विविध जनसांस्कृतिक कार्यक्रम’ हुने

काठमाडौं : देशमा देखिएका बेथिती, विसंगति, भ्रष्टाचार, राष्ट्रघात र महङ्गीका विरुद्ध रक्तिम सांस्कृतिक अभियानले पोखरामा बृहत जनसांस्कृतिक कार्यक्रम गर्ने भएको छ । सांस्कृतिक सचेतना तथा जनजागरणका लागि रक्तिमले २०८१ असोज १६ गते सुन्दर नगरी पोखरामा अवस्थित पोखरा सभागृहमा सो कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा वरिष्ठ जनगायक जीवन शर्माको विशेष प्रस्तुति सहित रक्तिम परिवारको केन्द्रीय टोली र सामना परिवारका कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुतिहरु रहने रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले जनाएको छ । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले उक्त कार्यक्रमलाई सफल पार्न जनसङ्गितप्रेमी महानुभावहरुसँग अपिल गरेका छन् । अध्यक्ष शर्माको हस्ताक्षरमा २०८१ भदौ २८ गते जारी गरिएको उक्त अपिलमा भनिएको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेको ११औँ जिल्ला सम्मेलन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेको ११औँ जिल्ला सम्मेलन

काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्लाको एकताको ११औँ जिल्ला सम्मेलन बनेपामा बुधबार सप्पन्न भयो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ नेता सिपि गजुरेलको प्रमुख अतिथ्यमा उत्घाटन गरि सम्पन्न भएको हो। उदघाट्न सत्रमा बोल्दै प्रमुख अतिथी गजुरेलले क्रान्तिका लागि अहिले बस्तुगत अबस्था अनुकुल भएको तर आत्मगत अबस्था कमजोर रहेको भन्दै क्रान्ति सम्भब रहेको बताउनु भयो। तेसैगरी विशेष अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय कार्यलय सदस्य तथा पार्टी प्रबक्ता हेमन्त प्रकाश ओलि सुदर्शनले नयाँ जनबादी क्रान्तिको खुट्किलो पार गर्दै बैज्ञानिक समाजबादको दिसामा अगाडी बढ्नु पर्ने बताउनु भयो। कार्यक्रममा केन्द्रिय कार्यलय सदस्य तथा प्रदेश ३को संयोजक चन्द्रहरी सुवेदी अटल, पार्टीको केन्द्रिय सचिबालय…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, भक्तपुरकाे जिल्ला सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, भक्तपुरकाे जिल्ला सम्मेलन सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल भक्तपुर जिल्ला सम्मेलन जिल्ला संयोजक विवेकको अध्यक्षता जिल्ला सह संयोजक टेकहरी न्यौपानेको संचालन र रामकुमार दोङको स्वागतमा २०८१ असाेज ७ गते सम्पन्न भएको छ। सम्मेलनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य तथा वरिष्ठ नेता गौरव रहेका थिए । अतिथिहरुमा कार्यालय सदस्य तथा प्रवक्ता सुदर्शन, कार्यालय सदस्य तथा ३ नंं प्रदेश संयोजक अटल, सचिवालय सदस्य तथा ३. प्रदेश सहसंयोजक प्रभात, सचिवालय, सदस्य तथा ३. प्रदेश सह संयोजक प्रवेश सदस्य दलसिंङ खत्री रहेका थिए । ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौन धारण गरिएको थियो । सम्मेलन सफलताको शुभकामना दिनेहरुमा प्रमुख अतिथि गौरव, प्रवक्ता…
Read More