जन बिहानी

1715 Posts
जारी छ सदस्यता नवीकरण अभियान

जारी छ सदस्यता नवीकरण अभियान

पाण्डिचेरी : अखिलभारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीले सदस्यता नवीकरण अभियान निरन्तर रुपमा जारी राखेको छ । नयाँ नयाँ ठाउँमा नयाँ सदस्यता र २०२४ को सदस्यतानविकरण अभियान गरिरहेको नगर समितिले मिति २९ सेप्टेम्बर २०२४ कादिन आरोभिल एरियामा व्यापकता साथ अभियान सञ्चालन गरेको छ । अभियानमा नगर अध्यक्ष सुर्य थापा , सदस्य राकेश चौधरी र एरिया समितिका चित्रबहादुर चौधरी , आलश चौधरीको उपस्थिति रहेको थियो । अखिल भारत नेपाली एकता समाजको बारेमा प्रशिक्षणकासाथ संगठनको विधान र सदस्यता प्रमाणपत्र संगठनका अध्यक्ष सुर्य थापाले प्रधान गरेका छन् ।
Read More
क्रान्तिकारी आन्दोलनको वर्तमान अवस्था

क्रान्तिकारी आन्दोलनको वर्तमान अवस्था

अहिले विश्वकै क्रान्तिकारी आन्दोलनले धक्का खाएको अवस्था छ ।विश्वमा पूँजीवादी साम्रज्यवादी शक्तिहरुको बोलवाला रहेको छ । विश्वव्यापी रुपमा कही पनि क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको शासन सत्ता आफ्नो हातमा रहेको छैन ।आफूलाई कम्युनिष्ट बताउने पार्टीहरु प्रतिक्रियावादी सत्ताको हिस्सेदार बनेका छन् ।संसदीय व्यवस्थामा रमाइरहेका छन् ।संसदीय निर्वाचनलाई नै आफ्नो रणननीति बनाएका छन् । यही व्यवस्थाबाट नै समाजवाद आउँछ भनिरहेका छन् र उस्तै परे यही व्यवस्था नै समाजवादी व्यवस्था हो भन्दै जनतालाई गुमराहमा राखिरहेका छन् । विश्वको परिवेश जस्तो रहेको छ ।अहिलेको नेपालको परिवेशपनि त्यही प्रकारको रहेको छ ।यहाँका आफूलाई कम्युनिष्ट बताउने पार्टीहरु यस्तै गरिरहेका छन् । संसदीय व्यवस्था नै उत्तम व्यवस्था हो भनिरहेका…
Read More
प्रा.डा. जगदीशचन्द्र भण्डारीलाई ज्याग्दीखोला साहित्य प्रतिष्ठानले पुरस्कृत गर्ने

प्रा.डा. जगदीशचन्द्र भण्डारीलाई ज्याग्दीखोला साहित्य प्रतिष्ठानले पुरस्कृत गर्ने

कास्की : ज्याग्दीखोला साहित्य प्रतिष्ठानले बरिष्ठ प्रगतिवादी समालोचक तथा सौन्दर्य चिन्तक प्रा.डा. जगदीश चन्द्र भण्डारी सहित माक्र्सवादी लेखक रामराज रेग्मी र काजी रोशनलाई तीन फरक फरक साहित्यिक पुरस्कारले सम्मान गर्ने भएको छ । स्याङ्जामा जन्मिएका प्रा.डा.जगदीशचन्द्र भण्डारीले विगत चालीसको दशसदेखि निरन्तर प्रगतिवादी साहित्य लेखन, समालोचना तथा सौन्दर्यशास्त्रीय लेखनमा कृयाशील रहेर कलम चलाउँदै आउनुभएको छ । उहाँलाई ‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’का अध्यक्ष देवेन्द्र लम्सालद्वारा आफ्ना मातापिताका नाममा २०७५ सालमा स्थापित ‘विश्वराधानेत्रा साहित्य पुरस्कार २०८१’ ले सम्मान गरिने भएको छ । त्यस्तै, प्रतिष्ठानले पोखरामा जन्मेर संस्कृति तथा दर्शनका क्षेत्रमा साधनारत रामराज रेग्मीलाई ‘ज्याग्दीखोला साहित्य सम्मान – २०८१’ द्वारा सम्मान गर्ने भएको छ ।…
Read More
आज कोशी र बागमती प्रदेशमा धेरै वर्षाको सम्भावना

आज कोशी र बागमती प्रदेशमा धेरै वर्षाको सम्भावना

काठमाडौँ : देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेशका…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न

कञ्चनपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कञ्चनपुरको जिल्ला सम्मेलन असोज ६ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । जिल्ला संयोजक बिष्णु राम दमाईको अध्यक्षतामा सम्पन्न जिल्ला सम्मेलनमा प्रमुख अतिथि केन्द्रीय कार्यालय सदस्य इन्द्रमोहन सिग्देल हुनुहुन्थ्यो । सम्मेलनमा केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज लालबहादुर जाग्री, प्रदेश संयोजक रामबहादुर चौधरी, प्रदेश सहसंयोजक रामबहादुर केसी लगायतको आतिथ्यता रहेको थियोे । सम्मेलन उद्घाटन कार्यक्रममा जिल्ला इन्चार्ज विक्रान्त, प्रदेश संयोजक चौधरी, प्रदेश इन्चार्ज जाग्रीले शुभकामना मन्तव्य राख्नुभएको थियोे । प्रमुख अतिथि सिग्देलले आगामी महाधिवेशनमा पार्टीको कार्यदिशा, रणनीति, कार्यनीति कस्तो हुने र क्रान्तिलाई कसरी अगाडि बढाउने भन्ने विषय बहसको मुख्य विषय भएको बताउँदै कञ्चनपुरको जिल्ला सम्मेलन…
Read More
आज रक्तिम साँस्कृतिक अभियानको प्रस्तुति हुँदै

आज रक्तिम साँस्कृतिक अभियानको प्रस्तुति हुँदै

पोखरा : रक्तिम साँस्कृतिक अभियानले असोज १६ गते पोखरामा सम्पन्न गर्न गइरहेको साँस्कृतिक प्रस्तुति हुँदैछ । रक्तिम सास्कृतिक अभियानका केन्द्रीय अध्यक्ष नारायण शर्माले मंगलबार हाँक सित कुरा गर्दै सो कुराको जानकारी गराएका हुन् । अध्यक्ष शर्माले पोखरास्थित पोखरा सभागृहमा दिउँसो २ बजे देखि ५ बजेसम्म विशेष साँस्कृतिक प्रस्तुति रहने बताए । रक्तिम साँस्कृतिक अभियानका संस्थापक अध्यक्ष तथा जनगायक जीवन शर्माको विशेष प्रस्तुति रहने पनि बताईएको छ । रक्तिम साँस्कृतिक अभियानका महासचिव उदय रिजाल , पूर्व केन्द्रीय अध्यक्ष नारायण योगी ,उपाध्यक्ष दलबहादुर वि.क. ,कोषाध्यक्ष डम्बर भण्डारी कलाकारहरु धनबहादुर थापा , पम्फा वञ्जाडे पूर्व केन्द्रीय कोषाध्यक्ष भरत श्रेष्ठ , प्रतिभा पौडेल ,सुजन…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुर्खेतकाे एकता सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुर्खेतकाे एकता सम्मेलन सम्पन्न

सुर्खेत: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जिल्ला सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको अध्यक्षता सुर्खेत जिल्ला संगठन समितिका संयोजक प्रकाश आचार्यले गरेका थिए। सम्मेलनको उद्घाटन प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ६ न. प्रदेशका इन्चार्ज प्रेम सुवेदीले गरेका थिए ।उनले उदघाटन मन्तव्यको क्रममा पार्टीको राष्ट्रिय एकताको महाधिवेशनलाई सफल पर्न पार्टीले तोके अनुसार स्थानीय तह र जिल्लाको सम्मेलनहरु देशै भर धमाधम भैं रहेका छन्।यसै शिलसिलामा सुर्खेत जिल्लाको ऐतिहासिक एकता सम्मेलन पनि आज सम्पन्न हुन गैंरहेको छ ।पार्टी सम्मेलन जसरी ऐतिहासिक र असाधारण परिस्थितिको विच गर्दै छौं। देशको राजधानी लगायत स्थानहरुमा प्रकृति प्रकोपले तहसनहस पारेको छ । यसदुःखद क्षणमा आफ्नो ज्यान गुमाउनु हुने…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सुनसरी अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सुनसरी अधिवेशन सम्पन्न

इटहरी, सुनसरी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सुनसरी जिल्ला अधिवेशन २०८१ असोज १२ गते सुनसरीको इटहरीमा सम्पन्न भएको छ । जिल्ला अधिवेशनको खुल्ला सभाको अध्यक्षता रविकिण, संचालन– पारस र स्वागत मनतव्य निरुले गरेका थिए । प्रमुख अतिथि रामसिंह श्रीसले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । अधिवेशनका अन्य अतिथिहरुमा संगम, सरल, विद्रोही, विद्युत , विवेक, वलदेव रहेका थिए ।सहभागी सबै अतिथिहरुले अधिवेशन सफलताको शुभकामना दिँदै पार्टी एकतालाई एउटा सार्थक एकतामा रुपान्तरण गर्नु पर्ने कुरामा जोड दिनु दिए ।उद्घाटन सभा समापन लगतै शुरु भएको बन्दशत्रले विवेक, वलदेब, सुजता, रहेका अध्यक्ष मण्डल गठन भएको थियो, जसमा अध्यक्ष विवेक रसंचालन वलदेवले गरका…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गरायाे सरकारलाई ५ बुँदे ध्यानाकर्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गरायाे सरकारलाई ५ बुँदे ध्यानाकर्षण

काठमाडौं : अविरल बर्षाका कारण काठमाडौं उपत्यकासहित देशैभर भएको धनजनको क्षतिप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले उद्दार, राहतलगायतका विषयमा सरकारको ५ बुँदे ध्यानाकर्षण गराएको छ । सो पार्टीका प्रवक्ता सुदर्शनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ५ बुँदे ध्यानाकर्षण गराउनु भएको हो । वक्तव्यमा भनिएको छ, ‘१) यो प्राकृतिक प्रकोपबाट पिडित जनतालाई राज्यले श्ीघ्रातिशीघ्र क्षतिपूर्ति, राहत, उद्धार र घाइतेहरुको उपचार गर्नुपर्दछ । यसका साथसाथै नख्खु खोलामा रहेको एक झुपडीमा बसोबास गर्ने एक परिवारलाई उद्धार गर्ने समय हुँदाहुँदै पनि टुलुटुलु हेरेर बस्ने सरकारको गृहमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्दछ ।, २) यस्तो प्राकृतिक प्रकोपलाई विस्तार गर्ने दलाल पूँजीवादी…
Read More
बाढीपहिरो अपडेट : १०० को मृत्यु, ६७ बेपत्ता

बाढीपहिरो अपडेट : १०० को मृत्यु, ६७ बेपत्ता

काठमाडौं : बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाको मृत्यु भएको छ । यस्तै, दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म…
Read More