प्रा.डा. जगदीशचन्द्र भण्डारीलाई ज्याग्दीखोला साहित्य प्रतिष्ठानले पुरस्कृत गर्ने

कास्की : ज्याग्दीखोला साहित्य प्रतिष्ठानले बरिष्ठ प्रगतिवादी समालोचक तथा सौन्दर्य चिन्तक प्रा.डा. जगदीश चन्द्र भण्डारी सहित माक्र्सवादी लेखक रामराज रेग्मी र काजी रोशनलाई तीन फरक फरक साहित्यिक पुरस्कारले सम्मान गर्ने भएको छ ।

स्याङ्जामा जन्मिएका प्रा.डा.जगदीशचन्द्र भण्डारीले विगत चालीसको दशसदेखि निरन्तर प्रगतिवादी साहित्य लेखन, समालोचना तथा सौन्दर्यशास्त्रीय लेखनमा कृयाशील रहेर कलम चलाउँदै आउनुभएको छ । उहाँलाई ‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’का अध्यक्ष देवेन्द्र लम्सालद्वारा आफ्ना मातापिताका नाममा २०७५ सालमा स्थापित ‘विश्वराधानेत्रा साहित्य पुरस्कार २०८१’ ले सम्मान गरिने भएको छ ।

त्यस्तै, प्रतिष्ठानले पोखरामा जन्मेर संस्कृति तथा दर्शनका क्षेत्रमा साधनारत रामराज रेग्मीलाई ‘ज्याग्दीखोला साहित्य सम्मान – २०८१’ द्वारा सम्मान गर्ने भएको छ । त्यसैगरी, प्रतिष्ठानले साहित्य, सङ्गीत तथा कलामा साधना गरी विशिष्ट योगदान पुर्‍याउने स्रष्टाको सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष ‘ज्याग्दीखोला साहित्य-कला पुरस्कार’ प्रदान गर्दै आएको छ । यस वर्ष उक्त पुरस्कारद्वारा बाग्लुङका साहित्यकार काजी रोशनलाई सम्मान गर्ने भएको छ ।

उल्लिखित तीनवटै पुरस्कार तथा सम्मानका लागि प्रतिभा चयन गर्न प्रतिष्ठानले संस्थाका सहसचिव प्राज्ञ नारायण मरासिनीको संयोजकत्वमा सल्लाहकार टीकाराम वाग्ले र साहित्यकार भीम रानाभाट रहेको तीन सदस्यीय प्रतिभा छनोट समिति गठन गरेको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?