सुर्खेत: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जिल्ला सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको अध्यक्षता सुर्खेत जिल्ला संगठन समितिका संयोजक प्रकाश आचार्यले गरेका थिए। सम्मेलनको उद्घाटन प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ६ न. प्रदेशका इन्चार्ज प्रेम सुवेदीले गरेका थिए ।उनले उदघाटन मन्तव्यको क्रममा पार्टीको राष्ट्रिय एकताको महाधिवेशनलाई सफल पर्न पार्टीले तोके अनुसार स्थानीय तह र जिल्लाको सम्मेलनहरु देशै भर धमाधम भैं रहेका छन्।यसै शिलसिलामा सुर्खेत जिल्लाको ऐतिहासिक एकता सम्मेलन पनि आज सम्पन्न हुन गैंरहेको छ ।पार्टी सम्मेलन जसरी ऐतिहासिक र असाधारण परिस्थितिको विच गर्दै छौं। देशको राजधानी लगायत स्थानहरुमा प्रकृति प्रकोपले तहसनहस पारेको छ ।

यसदुःखद क्षणमा आफ्नो ज्यान गुमाउनु हुने सवै प्रति श्रद्धाञ्जली व्यक्त गर्दै,दुःखमा परेका सवै परिवारजनमा समवेदना र यस प्राकृतिक विपत्तिमा परी घाइते हुन पुगेका घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, सम्पुर्ण घाइतेहरु निःशुल्क उपचार गर्न सरकार संग जोडदार माग गरे ।राष्ट्रिय एकताको महाधिवेशन सम्पन्न गर्न सवै तह र तप्का रहेका पार्टी नेता कार्यक्रतालाई प्रेरित गर्दै यो हाम्रो आगामी क्रान्तिको नीति नियम बनाउने थलो भएकाले सवैले नीति निर्माणमा आआफ्नो स्तरबाट सुझावहरु दिन समेत आग्रह गरे । यस अधिवेशनमा पार्टीमा आएका सवै खालका स्वस्थ बहसहरुले अझ बलियो र मजबुत बनाउने र विचारधारात्मकरुमा पनि अझ पर्खर बनाउँछ, त्यसकारण बहसबाट भाग्नेहरु कायर हुन, अब यस प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थाप्रति जनताको विश्वास नरहेको अब यसका विरुद्ध क्रान्तिकारी आन्दोलनले मात्र समाधान वा निकास निकल्छ नयाँ जनवादी व्यवस्था स्थापना गर्दै वैज्ञानिक समाजवादमा जानुको विकल्प छैन, भन्दै उनले सम्मेलनको सफलताको शुभकामना दिएका थिए ।

शुभकामना मन्तव्य दिनेहरुमा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक दिपकबहादुर शाही, पार्टी केन्द्रीय सदस्य पुर्ण प्रसाद पौडेल, र पार्टी केन्द्रीय सदस्य श्याम कार्कि, पार्टी केन्द्रीय सदस्य नरायण न्यौपाने रहेका थिए । कार्यक्रमको संचालन रत्न वलीले गरेका थिए ।उद्घाटन सत्रको समापन पछि, दोश्रो सत्र बन्दसत्र शुरु भयो। तीन सदस्यीय अध्यक्ष मण्डल हलले पास गरेको थियो। जसमा दिपक, पुर्ण, श्याम रहेका थिए। अध्यक्ष मण्डलका जेष्ठ सदस्य पुर्ण पौडेलको अध्यक्षता र संचालन श्याम कार्कीले गरेका थिए ।बन्दसत्रबाट सर्वसम्मतरुपमा रत्न वलि सेक्रेटरी रहने गरि १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको थियो।।