क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठक सम्पन्न
राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्रमुख बनाएर संघर्ष गर्ने काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्रमुख बनाएर संघर्षको कार्यक्रम तय गर्ने निर्णय गरेको छ । पार्टीका महासचिव सीपी गजुरेलको अध्यक्षतामा २०८२ चैत्र १७ देखि १९ सम्म दाङ्को घोराहीमा सम्पन्न भएको बैठकले गरेका निर्णयहरुलाई प्रेस वक्तव्य तथा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको छ । पार्टीका प्रवक्ता सुदर्शनको हस्तक्षरमा जारी प्रेस वक्तव्यमा भनिएको छ,“१ विभिन्न ऐतिहासिक जनआन्दोलन, महान जनयुद्ध र राष्ट्रिय मुक्ति आन्दोलनमा सहादत प्राप्त गर्ने वीर–विराङ्गनाहरूप्रति हार्दिक श्रद्धाञ्जली, बेपत्ता योद्धाहरूको स्मरण र घाइते तथा अपाङ्ग योद्धाहरूप्रति सम्मान प्रकट गर्दै बैठकको सुरुवात गरियो…