अगस्ट ब्लाङ्की

Web Developer
116 Posts
आजको मौसम : कहाँकहाँ केके हुँदैछ

आजको मौसम : कहाँकहाँ केके हुँदैछ

काठमाडौं : पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । त्यसको प्रभावले सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भैरहेको हो । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात पनि भएको छ । मध्य तथा पूर्वी तराईका थोरै स्थानहरूमा भने हुस्सु लागेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका मौसमविद डा. विनोद पोखरेलका अनुसार पश्चिम…
Read More
विमानस्थल कुटपिटमा संलग्न रहेका अध्यागमन अधिकृत र प्रहरीलाई विभागीय कारबाही

विमानस्थल कुटपिटमा संलग्न रहेका अध्यागमन अधिकृत र प्रहरीलाई विभागीय कारबाही

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागका कर्मचारी र प्रहरीबीच कुटाकुट भएको विषयमा अध्ययन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा अध्यागमन अधिकृत छायालाल मुक्तानलाई विमानस्थलबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरिएको छ भने उनलाई कुटपिट गर्ने असई सञ्जय तामाङलाई पनि निलम्बन गरेर विभागीय कारबाही गर्न सिफारिस भएको छ । समितिका एक सदस्यका अनुसार, सुरुमा चेकजाँच गर्ने प्रहरी जवान रविरञ्जन गुप्तालाई पनि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । समितिका एक सदस्यका अनुसार, घटना भएको बेलाको क्लोज सर्किट (सीसी) क्यामरा फुटेज र त्यसबेला आसपासमा रहेका अन्य अधिकृतहरुसँग समेत बयान लिएर छानबिनपछि कारबाहीका लागि…
Read More
निर्माण अलपत्र पारेर ठेकदार सांसद पूर्णबहादुर तामाङ टाप,दुःख दिएपछि स्थानीय आन्दोलित

निर्माण अलपत्र पारेर ठेकदार सांसद पूर्णबहादुर तामाङ टाप,दुःख दिएपछि स्थानीय आन्दोलित

रामेछाप सदरमुकाम जोड्ने मन्थली—चिसापानी सडक निर्माणका लागि तीन वर्षअघि नै ठेक्का लगाइएको थियो। डेढ वर्षभित्र निर्माण गरिसक्ने समयसीमा तोकिएको थियो। तर, ठेक्का भएको तीन वर्ष बितिसक्दा पनि सात किलोमिटर सडक निर्माण हुन सकेको छैन। स्थानीय धुलाम्मे सडकमै यात्रा गर्न विवश छन्। सात किलोमिटरमध्ये अहिलेसम्म जम्मा २ किलोमिटर मात्रै कालोपत्रे भएको छ।  सडक निर्माणको ठेक्का लिएर जनतालाई सास्ती दिने ठेकेदार हुन्, त्यही जिल्लाका सांसद पूर्णबहादुर तामाङ। जनताको सुविस्ताका लागि दिनरात खट्नुपर्ने माननीयले नै दुःख दिएपछि स्थानीय आन्दोलित भएका छन्। माननीयको गैरजिम्मेवारले आजित भएपछि स्थानीय आन्दोलित भएका हुन्। माननीयले ठेक्का लिएका सडक, विद्यालय भवन, स्वास्थ्य चौकीलगायतका संरचना अस्तव्यस्त र अपूरा छन्।  माननीयले…
Read More
सूर्य दर्शन सहकारी घाेटाला काण्डविरुद्ध संघर्ष,जनतामारा ठगहरुलाई जनकारबाही गरिने

सूर्य दर्शन सहकारी घाेटाला काण्डविरुद्ध संघर्ष,जनतामारा ठगहरुलाई जनकारबाही गरिने

पाेखरा : चर्चित सूर्य सुदर्शन सहकारी घटाला विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले संघर्षकाे शुरुआत गरेको छ । अाज उक्त सहकारीकाे कार्यलय,पाेखरामा सुदर्शन सहकारीका फरार ठगि व्यक्तिहरुकाे फाेटाे सार्वजनिक गर्दै “सूर्य दर्शन बचत तथा श्रृण सहकारी संस्थाका अभियुक्तहरुलाई पक्राउ गरि गर” भन्दै ब्यानर टाँसिएको छ । साथै उक्त पार्टीले सात बुँदे घाेटालाकाे अक्षम्य अपराधहरु कालाेब्यानरमा सार्वजनिक गर्दै उक्त सहकारी कार्यलयमा टाँसेकाे छ । सरकारले उक्त बिषयलाई नजरअन्दाज गरिए थप कडा संघर्ष गर्दै ठगहरुलाई जनकारबाही गरिने समेत बताएकाे छ ।उक्त पार्टीले टाँसेकाे सात बुँदे जस्ताको त्यस्तै“सूर्य दर्शन सहकारीले गरेका अक्षम्य बदमासीहरू !१. सूर्य दर्शन सहकारीमा बचत गर्ने १८ हजार ७ सय बचतकर्ताहरूको १…
Read More
माछापुच्छ्रे बैंकले वितरण गर्याे ३१० विद्यार्थीलाई स्विटर

माछापुच्छ्रे बैंकले वितरण गर्याे ३१० विद्यार्थीलाई स्विटर

माछापुच्छ्रे बैंक लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययनरत ३१० जना विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्विटर वितरण गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकका अनुसार कोशी प्रदेश अन्तर्गत उदयपुरको श्री आधारभूत विद्यालय सीवाई बेल्हा, कालीखोलास्थित श्री माध्यमिक विद्यालय र मधेश प्रदेश अन्तर्गत सिरहाको श्री जनता आधारभूत विद्यालय मिर्चैयामा अध्ययनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकालाई स्विटर वितरण गरिएको छ ।
Read More
मूल्य बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको

मूल्य बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको

काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू हुने छ ।
Read More
पूर्वमिस नेपाल अनुष्काले भने, ‘युवाले नेपालमा रोजगारीको अवसर छैन भन्न मिल्दैन’

पूर्वमिस नेपाल अनुष्काले भने, ‘युवाले नेपालमा रोजगारीको अवसर छैन भन्न मिल्दैन’

काठमाडौं : मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ यतिबेला उद्यमशीलतामा व्यस्त छिन् । डेजर्ट बनाउने उनको घरेलु ब्राण्ड ‘माक्कुसे’ले काभ्रेबाट ताजा खुवा ल्याएर यो परिकार बनाइरहेको छ । काठमाडौंमा परम्परागतरुपमा उत्पादन भएका नेपाली परिकारलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्ने उनको सोच हो । आफू मिस नेपाल रहँदा पनि उनले उद्यमशीलतामा जोड दिने गर्थिन् । लाखौं युवा विदेशिएको यो बेला स्वदेशमै उद्यम गर्नु पक्कै पनि चुनौतीपूर्ण काम हो । यस्तोमा मिस नेपाल ओसियाना २०१८ की विजेता समेत रहेकी अनुष्काले ‘नेपालमा रोजगारीको अवसर छैन’ भन्न नमिल्ने बताएकी छन् । मंगलबार राति फेसबुकमा उनले देशभित्र काम गर्न नमान्ने युवापुस्तालाई लिएर टिप्पणी गरेकी छन् । उनी लेख्छिन्,…
Read More
मन्त्री किराँतीले सोधे वायुसेवा निगम कार्यकारी अध्यक्ष अधिकारीलाई तीन प्रश्न

मन्त्री किराँतीले सोधे वायुसेवा निगम कार्यकारी अध्यक्ष अधिकारीलाई तीन प्रश्न

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम सुधारका लागि बनाइएका समितिको प्रतिवेदन कार्यान्वयन किन नगरेको भन्दै प्रश्न गरेका छन् । बुधबार निगम ‘संरचनागत एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ को प्रतिवेदन कार्यान्वयन गर्न बनेको समितिको प्रतिवेदन बुझ्दै मन्त्री किराँतीले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई यस्तो प्रश्न गरेका हुन् । उनले विगतमा बनेको समितिले तयार गरेको प्रतिवेदन किन कार्यान्वयन भएन ? प्रतिवेदन कार्यन्वयन भए कुन चरणमा पुगेको छ ? भन्दै प्रश्न गरेका छन् । साथै, उनले त्यसको कार्य प्रगति विवरण बुझाउन समेत निर्देशन दिए । उनले न्यारोबडी जहाजको सिट भाँचिएको दुई सातासम्म समेत किन मर्मत नभएको भन्दै…
Read More
यू-१९ विश्वकपमा बंगलादेशसँग नेपाल पराजित

यू-१९ विश्वकपमा बंगलादेशसँग नेपाल पराजित

काठमाडौं : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकमा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए । यस विश्वकपमा उनले पहिलो पटक खेल्ने मौका पाएका हुन् । सुपर सिक्स खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएपछि नेपालले दीपक डुम्रेको स्थानमा विशाललाई मौका…
Read More
बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई मोसो दल्‍ने ३ जना वैद्यका कार्यकर्ता गिरफ्तार

बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई मोसो दल्‍ने ३ जना वैद्यका कार्यकर्ता गिरफ्तार

काठमाडाैँ : मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई मोसो दलेका छन् । मंगलबार दिउँसो उपकुलपति कार्कीमाथि मोसो दलेका हुन् । प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएका कारण मोसो दलिएको संगठनका अध्यक्ष हरिस भट्टले बताए ।कालोमोसो दल्‍ने संगठनका तीन जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सदिप सिर्पाली, निशान कटवाल र खेम थापा रहेका छन् । क्रान्तिकारी युवा संगठनले कर्मचारीहरुको अन्यायपुर्ण तरिकाले बढुवा रोकेको, औषधि मेशिन लगायत खरीद प्रक्रियामा करोडौं अनियमितता गरेको, कर्मचारी नियुक्ति प्रक्रियामा मनोमानी गरेको, गुण्डागर्दीपुर्ण तरीकाले कर्मचारीहरुलाई धम्क्याउने र…
Read More