केपी शर्मा ओली

केपीओलीको मन्त्रिपरिषद्मा नयाँ अनुहारका मन्त्री ।

केपीओलीको मन्त्रिपरिषद्मा नयाँ अनुहारका मन्त्री ।

चाैथाे पटक प्रधानमन्त्री बनेका केपी शर्माओलीको मन्त्रिपरिषद्मा अनुभवी तथा नयाँ अनुहारका मन्त्रीहरूले स्थान पाएका छन् । कांग्रेसले पठाएका १० जना मध्ये ५ जना पुराना र ५ जना नयाँ मन्त्री पठाएको छ । कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका प्रकाशमान सिंह पहिले पनि उपप्रधानमन्त्री बनिसकेका व्यक्ति हुन उनी उपप्रधानमन्त्री सहित शहरी विकासमन्त्री बनेका छन् । अहिलेको कांग्रेस-एमाले गठबन्धन बनाउन कांग्रेसको तर्फबाट भूमिका खेलेका पात्र हुन गृहमन्त्री बनेका रमेश लेखक । सो भूमिका खेलेपछि उनी मन्त्री बन्ने निश्चितप्राय: थियो । उनी यसअघि राज्यमन्त्री र मन्त्री भइसकेका थिए ।    देउवापत्नी आरजु राणाले परराष्ट्रमन्त्रालयको जिम्मेवारी पाएकी छिन् । ऊर्जा मन्त्री दीपक खड्का राज्यमन्त्री बनीसकेका व्यक्ति हुन् ।…
Read More
रविको सहकारी ठगी प्रकरणमा संसदमा नौटंकी

रविको सहकारी ठगी प्रकरणमा संसदमा नौटंकी

काठमााडौं : रवि लामिछाने पहिलोपटक गृहमन्त्री हुँदा दोहोरो नागरिकता र दोहोरो पासपोर्ट काण्डमा चोख्याइए । दोस्रो पटक गृहमन्त्री हुँदा अहिले सर्वसाधारण जनताले सहरकारीमा जम्मा गरेको करोडौ रकम हिनामिना गरेको प्रकरणमा रवि लामिछानेलाई चोख्याउन एमाले–माओवादीका नेताहरु मात्रै होइन, सिंगै राज्यसंयन्त्रको दुरुपयोग गरिएको छ । यहाँसम्म कि संसदको प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्करणमा संसदीय छानबिन समिति बनाउन माग गर्दा पनि सत्तारुढ एमाले माओवादी पार्टीका नेताहरु तयार देखिएका छैनन्, रवि लामिछाने नेतृत्वको रास्वपाको त परको कुरा । यति धेरै विवादित हुँदा पनि रवि लामिछानेले नैतिकताको आधारमा राजिनामा दिन आवश्यक ठानेका छैनन् । उनले राजिनामा दिए सत्ता ढल्ने सबैभन्दा ठूलो पीर एमाले–माओवादी…
Read More