४ कम्युनिस्ट पार्टीले आज दिउसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै

काठमाडौं : ४ कम्युनिस्ट पार्टीहरू सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा सुकुम्बासी विस्थापनको विरोधमा आज असार १२ गते दिउसो २ बजे काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । उक्त कार्यक्रममा संघर्ष समितिका नेताहरूले सम्बाेधन गर्ने आयोजकले जनाएको छ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिको असार १० गते बसेको बैठकले सुकुम्बासी विस्थापनको विषयलाई लिएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियाे ।

By जन बिहानी

Related Posts