क्रान्तिकारी कम्युनिस्ट पार्टीको सूचना, संचार तथा प्रकाशन विभागको बैठक सम्पन्न

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको सूचना, सञ्चार तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय कुपण्डोलमा सम्पन्न बैठक विभागका प्रमुख तथा सथायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शनको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा पार्टीका स्थायी समिति सदस्य रामसिङ श्रीस र पोलिटव्यूरो सदस्य गंगा पौडेलको समेत उपस्थिति थियो । बैठकको प्रारम्भमा ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो ।
बैठकले विगत बैठकले गरेका निर्णण्हरु माथि समिक्षा ग¥यो । पार्टीले गत चैत्र ४–वैशाख १८ सम्म सञ्चालन गरेको जनसम्बन्ध विस्तार अभियानलाई सफल पार्न विभागबाट गठन गरिएका हाँक डेस्क , मूलबाटो र वर्गदृष्टि डेस्क ,तथा बाह्य मिडिया डेस्क गरी तीनवटै डेस्कबाट महत्वपूर्ण काम भएको समीक्षा भयो । बैठकले सूचना सञ्चार तथा प्रकाशन विभागको सचिवमा बालकृष्णओलीलाई चयन गरेको छ । रामबहादुर बुढाको संयोजकत्वमा ५ सदस्सीय समाचार समिति गठन गरिएको छ जसमा बालकृष्ण ओली ,डा. केशव देवकोटा , अम्विका चन्द , गोविन्द पौडेल सदस्य रहनु भएको छ । वैठकले पत्रकारिताबारे प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

Comments

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?