हामीले यो चुनावलाई बहिस्कार गर्नु पर्छ : महासचिव सी.पी. गजुरेल ‘गौरव’

विचार र सिद्धान्तको सधै भरी महत्व हुन्छ । विश्वव्यापी रुपमा अहिले विचार र सिद्धान्तलाई कमजोर बनाउने काम भइरहेको छ । नेपालमा पनि सिद्धान्तलाई कमजोर बनाउने काम भइरहेको छ । केही दिन अगाडि प्रचण्डहरुले स्रोह वटा पार्टीको एकता गरे । त्यो पार्टीको एकता किन गरेको रे भने स्रोह वटै पार्टी मिलेर माओवाद वा माओविचारधारालाई सिद्धान्तबाट हटाउनकालागि एकता गरेका रहेछन् । उनीहरुले माओवाद वा माओविचारधारा फाल्नकालागि एकता गरेको देखियो । सिद्धान्तको रक्षाको प्रश्न हरेक देशको क्रान्तिको निम्ति महत्वपूर्ण प्रश्न हो । सिद्धान्त नभई विचार हुँदैन, विचार नभइकन क्रान्ति हुँदैन । सिद्धान्तको महत्व कहिल्यै पनि कमी हुँदैन । हामीले क्रान्ति सम्पन्न गरिसकेपछि पनि सिद्धान्तको महत्व रहिरहनेछ । कम्युनिष्ट पार्टीले सत्ता प्राप्त गरेपछि देशलाई कसरी समृद्ध बनाउने, जनतालाई कसरी सुखी बनाउने भन्ने कुरा कम्युनिष्ट पार्टीको जिम्मेवारी हुन्छ । त्यो पनि त विचार नै हो । सही सिद्धान्त वा विचार भएन भने सत्ता प्राप्त गरेपछि पनि काम हुन सक्दैन, त्यसकारण हामीले विचार, सिद्धान्तलाई महत्व दिने गरेका छौं ।

अहिले विचारमाथि चोतर्फी हमला हुने गरेको छ । माओवादमाथि चौतर्फी हमला भएको छ । कम्युनिष्टहरुको बीचमा माओवादलाई कसरी विकसित तुल्याउन सकिन्छ भन्नेबारेमा प्रतिस्पर्धा हुनु पर्ने हो । तर अहिले माओवाद छोड्नेबारेमा प्रतिस्पर्धा भइरहेको छ । माओवाद छोडेपछि उनीहरुले स्यावासी पाइरहेका छन् । सिद्धान्त छोड्दा वा माओवाद छोड्दा फाइदा पनि लिन पाइने भएकाले त्यसरी उनीहरु सिद्धान्त छोड्न काममा लागेका छन् । एकाथरीले लेनिनवाद पनि किन भन्नु प¥यो, माक्र्सवाद माने पुग्छ भन्नेहरु पनि देखा परेका छन् । अर्काथरी समाजवाद भन्नाकालागि त माक्र्सवाद पनि मान्नु पर्दैन भन्नेहरु पनि देखा परेका छन् । समाजवाद त विपीले पनि भनेका थिए । त्यसले गर्दा माक्र्सवाद चाँहिँदैन भन्ने उनीहरुको भनाइ छ । यी सबै माक्र्सवाद– लेनिनवाद– माओवाद माथिको ठूलो हमला हो । यो हमलामा हामी तमासे बनेर बस्न सक्दैनौं । सिद्धान्त र विचारको रक्षा नगरे यो संसारमा प्रगति हुने वाला छैन र क्रान्ति हुने सम्भावना पनि हुँदैन । सिद्धान्त र विचारको रक्षाकालागि हामीलाई ठूलो लडाइँ लड्न परेको छ ।

माओको महत्व त्यही नेर छ कि क्रान्ति तत्काल नभएको अवस्थामा क्रान्तिकारी धैर्यता चाहिन्छ र क्रान्ति भनेर मात्र हुँदैन । क्रान्तिको तयारीमा निरन्तर लाग्नु पर्दछ । यो हामीले माओबाट सिक्नु पर्ने पाठ हो । हामीले माओ दिवशका सन्दर्भमा एउटा प्रेस वक्तव्य जारी गरेका छौं । कामरेडहरु ! त्यो वक्तव्य सबैले पढनु होला ।

अहिले नेपालमा चुनावको विषय जुन आइरहेको छ , त्यो विचित्र ढंगले आइरहेको छ । चुनाव हुनकालागि आवश्यक आधार नभइकन नै चुनाव घोषणा गरिएको छ । नियमित चुनाव हुनकालागि अरु दुइ वर्ष बाँकी नै थियो । सुशीला कार्कीलाई पत्रकारले प्रश्न सोध्दा कुनै चित्तबुझ्दो जवाफ दिन सकेकी छैनन् । आवश्यकताले चुनाव गर्नु परेको हो भनेर आलेटाले कुरा गरेकी छन् । कुनै पनि पार्टीले चुनावको माग गरेका छैनन् । नियमित चुनाव हुनकालागि अरु दुइ वर्ष बाँकी नै थियो । नेपाली काङ्ग्रेस र एमालेले त चुनाव गर्नु हुन्न, संसद पुनस्थापना हुनु पर्छ भनेर अदालतमा रिट हालेका छन् । केही पार्टीले निर्वाचन बहिस्कार गर्ने भनेका छन् ।

किन चुनाव गर्नु प¥यो ? साम्राज्यवादीहरुलाई अहिले चुनाव चाहिएको भएर चुनाव गर्न थालिएके हो । सामान्य तरिकाले सुशीला प्रधानमन्त्री भएकी होइनन् । जो मान्छे सांसद नै छैनन् त्यो मान्छे कसरी प्रधानमन्त्री भइन् ? संविधानले संसदमा नभएको मान्छे प्रधानमन्त्री बन्न. दिँदैन । तर साम्राज्यवादको दबाबमा उनी प्रधानमन्त्री बनिन् । जो मान्छेको पार्टी नै छैन उनी प्रधानमन्त्री बनिन् । सबैै साम्राज्यवादको दबाबले यस्तो भएको छ । साम्राज्यवादीहरुको कठपुतलीलाई जनताबाट अनुमोदन गरेको नाटक गर्नकालागि चुनाव भइरहेको छ । यहाँ जनता र राष्ट्रको लागि चुनाव हुन थालेको छैन । त्यसकारणले हामीले यो चुनावलाई बहिस्कार गर्नु पर्छ ।

इतिहासबाट पनि हामीले पाठ सिक्नु पर्छ । जब जनताको समर्थनमा जोडदार रुपमा निर्वाचन वहिस्कार हुन्छ त्यसबेला जनविरोधी सरकारको औचित्य छोटिन्छ । उदाहरणकोलागि रोल्पाको थवाङमा २०३८ सालमा राष्ट्रिय पञ्चायतको चुनावमा बुथमा एक भोट पनि खसेन । अहिलेका शासकहरुले चुनाव गर्ने भनेका छन् , उनीहरुलाई म के भन्न चाहन्छु भने एक पटक तिमीहरुले रोल्पाको इतिहास सम्झ । रोल्पाको त्यो घटनाले सत्तामा बस्ने शासकहरुको सातो उड्यो । जनताले राजाको पञ्चायती शासन रुचाएका रहेनछन् भन्ने पुष्टि भयो । पछि २०६२ मा स्थानीय निर्वाचनमा राजा ज्ञानेन्द्रले चुनाव गराउन खोजे । चुनाव भए राजा रहने चुनााव नभए राजाको शासन जाने जस्तो स्थिति भयो । धेरै ठाउँमा चुनाव लड्ने मान्छे पनि पाउन गाह्रो भयो । त्यो व्यवस्था धरासायी भयो । ज्ञानेन्द्रले सत्ता छोड्नु प¥यो । बहिस्कार गरे के हुन्छ , चुनावमा भाग लिए के हुन्छ ? एक थोक गर्ने त हो नि भनेर यसलाइ सामान्य रुपमा लिनु हुँदैन ।

निर्वाचन बहिस्कारको कुराले हाम्रो क्रान्तिको कोर्सलाई पनि निर्धारण गर्दछ । क्रान्तिको तयारी गर्नकालागि हामीले यो चुनाव बहिस्कार गर्नु परेको हो । आम जनताले चुनाव बहिस्कार गरिदिए भने यो व्यवस्थाको स्थायित्व हुँदैन । यो व्यवस्था असफल भयो भन्ने कुरा दर्जनौं पटक पुष्टि भइसकेको छ । तर उनीहरु त्यो कुरा मान्न तयार छैनन् । चुनावमा धेरैठाउँमा जनताले तिरस्कार गरिदिए भने त्यो असफलता स्वीकार गर्नै पर्छ । नमानी सुखै हुन्न । त्यसकारण पनि चुनाव बहिस्कार गर्न जरुरी छ ।

मानिसहरुले के भन्थे भने तपाइँहरुको नीति, विचार, पार्टी सबै ठीक लछ । तपाईहरुको पार्टीमा त्याग वलिदान गर्ने मान्छे पनि छन् तर शक्ति छैन भन्थे । यो कार्यक्रमले हामी सित जनशक्ति पनि छ भन्ने कुरा पुष्टि भएको छ । हाम्रो पार्टीको आर्थिकल स्थिति कमजोर छ । यो जाडोको मौसममा टाढा टाढाबाट साथीहरु दुःख पाएर आउनु भएको छ । कार्यक्रम शानदाररुपले सफल भएको छ । काठमाण्डौको यो कार्यक्रम सफलताको सन्देश गाउँ गाउँमा पु¥याउनु होला । सबै कामरेडहरुलाई शुभ यात्रा ! धन्यवाद !

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?