नेपाल राष्ट्रिय प्राध्यापक संगठनद्वारा शिक्षकहरुमाथि गरिएको फासिवादी दमनको घोर निन्दा र भत्र्सना

twitter sharing button
linkedin sharing button
image

काठमाडौं । नेपाल राष्ट्रिय प्राध्यापक संगठनले एक वक्तव्य निकालेर शिक्षकहरुको आन्दोलनमाथि गरिएको फासिवादी दमनको घोर निन्दा र भत्र्सना गरेको छ ।

संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, “गत चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षा ऐन लगायतका पेसागत हकहित र मर्यादाका माग राखी गर्दै आएको शिक्षककर्मचारीहरूको शान्तिपूर्ण आन्दोलनमा एमाले कांग्रेसको गठबन्धन सरकारले हस्तक्षेप गरी बर्बर दमन गरेको छ र दर्जनौं शिक्षकलाई घाइते बनाएको छ । यो फासिवादी दमनप्रति हाम्रो सङ्गठन घोर निन्दा र भर्त्सना गर्दछ ।”

वक्तव्यमा शिक्षक कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै । शिक्षकहरुका जायज मागहरुलाई तत्काल पूरा गर्न जोडदार माग गरिएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?