लम्की : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रन्तिकारी युवा संगठन प्रदेश नम्बर ७ समितिले डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ३ स्थीत चौड सिचाँई कुलो उपभोक्ता समितिमा आर्थिक अनियमितता गरेको आरोपमा सचिवलाई कालोमोसो दलि जुत्ताको माला लगाएर जनकारबाही गरेको छ ।
स्रोतका अनुसार उपभोक्ता समितिमा भ्रष्टचार गरेको, बिल बढाएर सामान खरीद्मा आर्थिक अनियमितता गरेको, फर्जि बिल हालेको आरोप तथा जनगुनासो आएपछी उपभोक्ता समितिका सचिव जयसिंह महरलाई कालोमोसो दलि जुत्ताको माला लगाएर जनकारबाही गरेको हो । पछिल्लो समयमा जनप्रतिनिधिको मिलेमतोमा उपभोक्ता समितिमा ब्यापक भ्रष्टचार हुँदै आएको जनगुनासो छ ।
क्रन्तिकारी युवा संगठन प्रदेश नम्बर ७ ले भ्रष्टचारमा संलग्न कर्मचारी, जनप्रतिनिधिलाई पहिलो चरणमा चेतावनी स्वरुप कालोमोसो दल्ने, जुत्ताको माला लगाउने र फेरी पनी नसुध्रीय भौतिक जनकारबाही गर्न बाध्य हुने स्रोतले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिएको छ । कानुनी रुपमा कालोमोसो दल्नु, जुत्ताको माला लगाउनु गैरकानुनी भएपनी आम नागरीकले भने क्रन्तिकारी युवा संगठन प्रदेश नम्बर ७ समितिले गरेको कार्य समाज सुधारको लागि सही गरेको प्रतिक्रिया दिने गरेका छन ।
पछिललो समयमा स्थानिय, प्रदेश र संघिय योजना वा कुनै कर्मचारी बढुवा, सरुवा र भर्नामा आर्थिक चलखेल ब्यापक हुने गरेको जनगुनासो बढदै गएको छ । स्थानिय र प्रदेश सरकारका प्रतिनिधि भ्रष्टचार र आर्थिक अनियमितता भएको र गरेको ब्यक्ति वा संस्थालाई कारबाही गर्नुको साटो उल्टै कमिशन असुल्ने गरेको आरोप लाग्दै आएको छ ।