राजनीति

‘मजदुर दिवसको मर्मलाई आत्मसात गरेर आजको मजदुर आन्दोलन अगाडि बढाउनुपर्छ’

‘मजदुर दिवसको मर्मलाई आत्मसात गरेर आजको मजदुर आन्दोलन अगाडि बढाउनुपर्छ’

 हेमन्तप्रकाश ओली ‘सुदर्शन’ हिमलाल वाग्ले, कपिलवस्तु : जनताको अधिकार कुण्ठित गर्ने षडयन्त्रको विरोध गरौं भन्ने मूलनाराको साथमा १३७ औँ मजदुर दिवस भव्यताका साथ सम्पन्न भएको छ । पार्टीका जिल्ला सचिव हिमलाल वाग्लेको अध्यक्षतामा र पार्टीका जिल्ला सचिवालय सदस्य ज्ञानीराम पुरीको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो। कमल उप्रेतिले कार्यक्रमका अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शन हुनुहुन्थ्यो। सुदर्शनले मजदुर दिवसको ऐतिहासिक सन्दर्भ जोड्दै भन्नुभयो , “ सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा मजदुरहरूले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय अन्तर्क्रियात्मक तथा  प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय अन्तर्क्रियात्मक तथा प्रशिक्षण सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले केन्द्रीय सदस्यका बीचमा चार स्थानमा अन्तक्र्रियात्मक प्रशिक्षण सम्पन्न गरेको छ । काठमाडौंमा वैशाख १९–२१ मा सम्पन्नब्यूरो नं ८,९ र १० मा कार्यरत केन्द्रीय सदस्यहरुको लागि अन्तक्र्रियात्मक प्रशिक्षण काठमाडौंमा बैशाख २१ मा सम्पन्न भयो । वैशाख १९ गते उद्घाटन कार्यक्रमको अध्यक्षता महासचिव गौरवले गर्नुभएको थियो ।गौरवले संघर्षको नेतृत्व गर्न सक्ने क्षमतावान पार्टी बनाउन नेता, कार्यकर्ताको स्तर उठाउन यसप्रकारको कार्यक्रम आवश्यक भएको बताउनुभएको थियो । उद्घाटन कार्यक्रमको संचालन राजवीरले गर्नुभएको थियो । तीन दिनसम्म चलेको कार्यक्रममा असीमले “तात्कालिक राजनीतिक परिस्थिति”, प्रतिकले “माक्र्सवाद र संशोधनवाद”, बसन्तले “संघर्षको कार्यक्रम”, राजवीरले “राष्ट्रिय एकता महाधिवेशनद्वारा पारित संगठनात्मक प्रस्ताव”, असिमले “विधान”…
Read More
केन्द्रीय संयुक्त संघर्ष समितिले बैशाख ११ गते विचारगाेष्ठी गर्ने

केन्द्रीय संयुक्त संघर्ष समितिले बैशाख ११ गते विचारगाेष्ठी गर्ने

सीपी गजुरेल काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीका बीच गठित केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठकले काठमाडौंमा “वर्तमान राजनीतिक परिस्थिति र आगामी बाटो” शीर्षकमा विचारगाेष्ठी गर्ने निर्णय गरेकाे छ ।समितिका संयोजक गौरवको अध्यक्षतामा बसेकाे बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा समीक्षा गरी यही वैशाख ११ गते “वर्तमान राजनीतिक परिस्थिति र आगामी बाटो” शीर्षकमा विचार गोष्ठी गर्ने निर्णय गरेको हाे । गोष्ठीको समय र स्थानबारे भने पछि जानकारी गराइने केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा जारी प्रेस वक्तव्यमा जनाइएकाे छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे राजनीतिक प्रतिवेदन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे राजनीतिक प्रतिवेदन

(२०८२ चैत्र १७–१९ मा सम्पन्न के. स. बैठकमा महासचिव क. गौरवद्वारा प्रस्तुत एवम् पारित) प्रिय कमरेडहरु,क्रान्तिकारी अभिवादन ! हामी आज पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा उपस्थित भएका छौं । यस अवसरमा सर्वप्रथम म विभिन्न कालखण्डमा नेपालमा भएका जनआन्दोलन, जनसङ्घर्ष, जनयुद्ध र विभिन्न प्रकारका न्यायपूर्ण सङ्घर्ष तथा विश्व सर्वहारा क्रान्ति एवम् राष्ट्रिय मुक्ति आन्दोलनका क्रममा सहादत प्राप्तगर्ने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, बेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु, घाइते तथा अपाङ्ग योद्धाहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै, सहिद तथा बेपत्ता परिवारजनमा समवेदना व्यक्त गर्दछु । हाम्रो देश नेपाल मात्र होइन पुरा विश्व नै एउटा…
Read More
अमेरिकी साम्राज्यवादले नेपालको सत्ता कब्जा गर्याे : महासचिव गाैरव

अमेरिकी साम्राज्यवादले नेपालको सत्ता कब्जा गर्याे : महासचिव गाैरव

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ३७ औं जनआन्दोलन दिवस मनाएको छ । पार्टी कार्यालय कुपण्डोलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव सीपी गजुरेल गौरवले जेनजी विद्रोहपछि भएको चुनावमार्फत् अमेरिकी साम्राज्यवादले नेपालको सत्ता कब्जा गरेको आरोप लगाउनु भएको छ । उहाँले यदि जनयुद्धको घोषित लक्ष्य अनुसार नेपालमा जनगणतन्त्र स्थापना भएको भए साम्राज्यवादले यसरी सत्ता कब्जा गर्न सक्ने स्थिति रहने थिएन भन्नुभएको छ । पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेलको अध्यक्षता तथा पार्टी पीवीएम चिन्तामणि पौडेलको सञ्चालमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गजुरेलले भन्नुभयो, “अहिलेको चुनावी परिणामबाट क्रान्तिकारीहरु आत्तिनु पर्दैन, हामीलाई यो निर्वाचन कुनै अर्थ र महत्वको थिएन । यो निर्वाचन…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ३७औं जन आन्दोलन दिवस मनाउदै

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ३७औं जन आन्दोलन दिवस मनाउदै

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिले ३७औं जन आन्दोलन दिवस मनाउने खबर प्राप्त भएकाे छ । पार्टी स्राेत अनुसार 'संसारका मजदुर तथा उत्पीडित जनता एक होऔं !, मार्क्सवाद-लेनिनवाद-माओवाद - जिन्दावाद !,नयाँ जनवाद-वैज्ञानिक समाजवाद - जिन्दावाद !, स्वाधीन संयुक्त सरकार गठन गरौं !' भन्ने नारासहित ३७औं जन आन्दोलन दिवस आज १२ बजे २०८२ चैत २४ गतेललितपुरकाे कुपण्डोल स्थित पार्टी सम्पर्क कार्यालयमा मनाउन लागेकाे' आयोजकले जनाएकाे छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे ५औँ पूर्ण बैठकले पारित गरेकाे समसामयिक प्रस्तावहरु

क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे ५औँ पूर्ण बैठकले पारित गरेकाे समसामयिक प्रस्तावहरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको २०८२ चैत्र १७ देखि १९ सम्म दाङ, घोराहीमा सम्पन्न भएको पांचौं बैठकमा प्रस्तुत तथा पारित समसामयिक प्रस्तावहरु ।(क) अन्तर्राष्ट्रिय विषयहरुः१. डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पतोन्मुख अवस्थामा रहेको अमेरिकी साम्राज्यवादको विश्वव्यापी प्रभुत्व कायम राख्न आक्रामक नीतिहरु अवलम्बन गर्दै आएकाछन्। सो प्रकृयामा अमेरिकी साम्राज्यवादले २०८२ पौष १९ मा दक्षिण अमेरिकी देश भेनेजुयला माथि विशेष सैन्य कार्रवाई गरि त्यहांका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई लागू औषधको अवैध व्यापारमा संलग्न रहेको कथित आरोप लगाएर गिरफ्तार गरेर निकोलस दम्पत्तिलाई अमेरिकाको न्युयोर्क शहर स्थित बन्दिगृहमा थुनुवा अवस्थामा राखेको छ । हाम्रो पार्टी अमेरिकी साम्राज्यवाद…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठक सम्पन्न

राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्रमुख बनाएर संघर्ष गर्ने काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्रमुख बनाएर संघर्षको कार्यक्रम तय गर्ने निर्णय गरेको छ । पार्टीका महासचिव सीपी गजुरेलको अध्यक्षतामा २०८२ चैत्र १७ देखि १९ सम्म दाङ्को घोराहीमा सम्पन्न भएको बैठकले गरेका निर्णयहरुलाई प्रेस वक्तव्य तथा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको छ । पार्टीका प्रवक्ता सुदर्शनको हस्तक्षरमा जारी प्रेस वक्तव्यमा भनिएको छ,“१ विभिन्न ऐतिहासिक जनआन्दोलन, महान जनयुद्ध र राष्ट्रिय मुक्ति आन्दोलनमा सहादत प्राप्त गर्ने वीर–विराङ्गनाहरूप्रति हार्दिक श्रद्धाञ्जली, बेपत्ता योद्धाहरूको स्मरण र घाइते तथा अपाङ्ग योद्धाहरूप्रति सम्मान प्रकट गर्दै बैठकको सुरुवात गरियो…
Read More
कठपुतली सरकारले फाँसीवादी शैली देखायो : प्रवक्ता सुदर्शन

कठपुतली सरकारले फाँसीवादी शैली देखायो : प्रवक्ता सुदर्शन

 हेमन्तप्रकाश ओली ‘सुदर्शन’ काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्रीको प्रक्रिया नपु¥याइ गरिएको गिरफ्तारी सरकारको फाँसीवादी शैली भएको बताएको छ । पार्टीका प्रवक्ता सुदर्शनले २०८२ चैत्र १६ गते वक्तव्य जारी गर्दै सो बताएका हुन् । वक्तव्यमा गौरी बहादुर कार्की आयोगले भाद्र २३ गतेको घटनालाई मात्र जोड दिई तयार पारिएको प्रतिवेदनका आधारमा पक्राउ गरिएको बताइएको छ । साथै जनताका विभिन्न तह, तप्का र पेशागत हक तथा अधिकारको प्रतिनिधित्व गर्ने जनवर्गीय सङ्गठन, जनजाति सङ्गठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने ध्येयका साथ चेतावनी दिने लगायतका कठपुतली सरकारका आदेशहरूप्रति पार्टीको…
Read More
जनसरोकारका ४ वटा माग तत्काल सम्बोधन गर्न संयाेजक सिपी गजुरेलकाे जोडदार माग

जनसरोकारका ४ वटा माग तत्काल सम्बोधन गर्न संयाेजक सिपी गजुरेलकाे जोडदार माग

सीपी गजुरेल काठमाडौँ : संयुक्त संघर्ष समितिले एक वक्तव्य जारी गरी निर्वाचन बहिस्कार आन्दोलनमा सहयोग गर्ने जनसमुदाय र सहभागीप्रति धन्यवाद ज्ञापन गरेको छ । समितिका संयोजक सीपी गजुरेलले जारी गरेको प्रेस वक्तव्यमा सरकारसँग चारवटा माग अगाडि सारिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’को बैठक २०८२ फागुन २७ गते संयोजक कमरेड सीपी गजुरेलको अध्यक्षतामा बसेको थियो । सो बैठकले गरेका निर्णयहरु प्रेस वक्तव्यमार्फत् सार्वजनिक गरिएको हो । बैठकले ‘केन्द्रीय संयुक्त संघर्ष समितिुले सञ्चालन गरेको बहिष्कार आन्दोलनको समीक्षा गर्दै बहिष्कार आन्दोलनमा सहयोग गर्ने र…
Read More