समाज

उमाकुण्डमा किसानका लागि अनुदानमा रासायनिक मल वितरण सुरू

उमाकुण्डमा किसानका लागि अनुदानमा रासायनिक मल वितरण सुरू

रामेछाप : रामेछाप जिल्लाकाे उमाकुण्ड गाउँपालिकामा रहेकाे किसानहरूको सहुलियतका लागि रासायनिक मलको वितरण थालिएको समाचार प्राप्त भएकाे छ । किसानकाे समस्या समाधानकाे लागि उक्त पालिका चर्चा कमाइरहेकाे यूथ भिजन कृषि सहकारी संस्था लिमिटेडलाई सुचिकृत गरिएको छ । सहकारीले किसानहरूलाई अनुदानमा उपलब्ध गराइने डीएपी र युरिया मल निश्चित मूल्यमा विक्रीवितरण गर्नेछ । मलको मूल्य सूची: डीएपी मल प्रति बोरा २,९०० रुपैयाँ । युरिया मल प्रति बोरा १,४५० रुपैयाँ । सहकारी संस्थाले मल व्यवस्थापन समितिको मूल्य निर्धारणअनुसार यो सेवा उपलब्ध गराउने जनाएको छ । किसानहरूले मल प्राप्त गर्नका लागि आफ्नो नागरिकता र मल प्रयोग गर्ने जग्गाको लालपुर्जा पेश गर्नुपर्नेछ । सहकारीका सचिव…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी ३ नंं. प्रदेशले गर्याे धनमाया महर्जनको श्रद्धाञ्जली कार्यक्रम

क्रान्तिकारी कम्युनिस्ट पार्टी ३ नंं. प्रदेशले गर्याे धनमाया महर्जनको श्रद्धाञ्जली कार्यक्रम

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सम्पन्न एकता महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समिति सदस्यद्वय अमीर महर्जन आकाशकी आमा तथा शारदा महत सरुकी सासुआमा धनमाया महर्जनको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । पार्टीको ३ नंं मृतक महर्जनको निवासमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो । पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको अध्यक्षता पार्टीका प्रदेश ३ का संयोजक चन्द्रहरि सुवेदी अटलले गर्नुभएको थियो भने सञ्चालन पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज कृष्णभक्त महर्जन कगेन्द्रले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सीपी गजुरेलले मृतक धनमाया महर्जनले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको बारेमा चर्चा गर्दै पार्टीका हरेक नेता…
Read More
क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल ललितपुरले गर्याे समवेदना पत्र हस्तान्तरण

क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल ललितपुरले गर्याे समवेदना पत्र हस्तान्तरण

ललितपुर : क्रान्तिकारी कम्यूनिष्ट पार्टि नेपालको सदस्य तथा ललितपुर जिल्ला उधोग व्यापार महासंघको संयोजक पूर्णबहादुर माझीको ममतामयी माता श्रीमती अलवी माया माझीको ६६ वर्षको उमेरमा असामयिक निधन भएकोप्रति सिंगो संगठन तथा क्रान्तिकारी जिल्ला ललितपुर समितिलाई स्तब्ध बनाएको जनाइएकाे छ। साेमबार जिल्ला संगठन समितिका संयाेजक बलिभद्र शर्मा लगायत नेताहरूले पूर्णबहादुर माझीलाइ समवेदना पत्र हस्तान्तरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण व्यक्त गरेका छन् । साथै शोक सन्तप्त परिवारजनमा गहिराे समवेदना व्यक्त गरिइएकाे छ ।
Read More
बागलुङ पिकअप भ्यान दुर्घटना

बागलुङ पिकअप भ्यान दुर्घटना

बागलुङ : बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ दुर्घटना भएको छ । जैमिनी–७ जैदीको व्यार्थला नजिकै ग२च ९२४७ ‘पिकअपभ्यान’ आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा जैमिनी नपा–०८ केवई बस्ने जिप चालक ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरु २० वर्षीय रश्मी श्रीष, ५० वर्षीय नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीष रहेका छन् । दुर्घटनामा जैमिनी नपा ०८ केवई बस्ने ४५ वर्षीय गंगाबहादुर श्रीष घाइते भएका छन् । भ्यान सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव…
Read More
रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङमा  दुर्घटना,२३ जना घाइते

रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङमा दुर्घटना,२३ जना घाइते

काठमाडौ : रुकुमबाट काठमाडौँ आउँदै गरेको ना ८।ख ८४१४ नम्बरको बस बागलुङको निसिखोला ६, जाउलेपानीमा बुधबार दुर्घटना भएको छ । बसमा करीव ४० जना यात्रु छन् । दुर्घटनाबारे हाँक टुडेले बागलुङको इलाका प्रहरी कार्यालय बुर्तिबाङ सित जानकारी लिदा अहिले सम्म कुनै पनि व्यक्ति मृत्यु नभएको ,करीब २३ जना घाइते भएको र करीव पाँच जना गम्भीर घाइते भएको जानकारी गराएकोछ । अहिले उद्दार कार्य चलिरहेको र अन्तिम रिपोर्ट आउन बाँकी रहेको बुर्तिबाङ इलाका प्रहरी कार्यालयले जनाएकोछ । यस भन्दा पहिले गत साल चैत्रमा निसी खोलामै बस दुर्घटना हुँदा ९ जना यात्रुको मृत्यु भएको थियो ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले किन दियो ओली सरकारलाई यस्ताे चेतावनी

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले किन दियो ओली सरकारलाई यस्ताे चेतावनी

काठमाडौं : एमालेका अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारले बँचेखुचेका राष्ट्रिय उद्योगहरुको पनि निजीकरणको नाममा बेचिखान खोजेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सशक्त जनसंघर्षको चेतावनी दिएको छ । पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली 'सुदर्शन'ले एक प्रेस वक्तव्य जारी गरी सरकारलाई यस्तो चेतावनी दिनुभएको हो । वक्तव्यमा भनिएको छ, “ त्यसकारण हाम्रो पार्टी देशमा राष्ट्रिय पुँजीविकासको आधारकारुपमा यहाँ उल्लेखित लगायत सम्पूर्ण उद्योगहरु पुनर्सञ्चालन गरी थप विकास गर्न, देशमा रोजगारी नपाएर अन्तर्राष्ट्रिय श्रम बजारमा बेचिएको श्रम शक्तिलाई फिर्ता बोलाई यी उद्योगहरुमा रोजगारी दिन र राष्ट्रिय पुँजीको विकास गर्न सम्बन्धित निकायसँग विशेष माग गर्दछौँ । यदि नेपाली जनताको यो मागप्रति बेवास्ता गरियो भने हाम्रो…
Read More
आज ३ प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज ३ प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडाैँ : हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका बाँकी भूमागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागको छ। दिउँसो कोसी, बागमती…
Read More
बागलुङ दुर्घटनामा पर्ने सबैको खुल्यो पहिचान

बागलुङ दुर्घटनामा पर्ने सबैको खुल्यो पहिचान

त्रिवेणी : रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढा, उनकी ६१ वर्षीया आमा गोपिमाया बुढा र सोही गाउँपालिका–२ का ३७ वर्षीया वडाध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएको छ । गाडी चालक भूमे गाउँपालिका–३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौड्यालले जानकारी दिए । उनका अनुसार गाडी चालकको धौलागिरि अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ । आज…
Read More
वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको सरकार हो : प्रवक्ता सुदर्शन

वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको सरकार हो : प्रवक्ता सुदर्शन

काठमाडौं : आगामी मंसीर १३देखि २३ सम्म हुन गईरहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनबारे जानकारी दिन सो पार्टीले पत्रकार सम्मेलन बिहीबार सम्पन्न गरेको छ । पार्टीको महाधिवेशन प्रचारप्रसार समितिको आयोजनामा सो पत्रकार सम्मेलन सम्पन्न गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शनले पार्टीको नीतिहरुबारे प्रष्ट पारेका थिए । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सुदर्शनले वर्तमान ओली सरकार माफिया र दलालहरुले बनाएको’ दाबी गर्नु भयो ।“वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको सरकार हो ।” सुदर्शन’ले भन्नुभयो “यो हामीले लगाएको आरोप होइन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्वीकारेको तथ्य हो । एउटा पुस्तक विमोचन कार्यक्रममा बोल्दा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज १२ बजे सम्वाद डवलीमा पत्रकार सम्मेलन गर्दै

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज १२ बजे सम्वाद डवलीमा पत्रकार सम्मेलन गर्दै

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज सम्वाद डवली अनामनगर काठमाडौँमा पत्रकार सम्मेलन गर्दैछ । देशको पछिल्लो राजनीतिक अवस्था, भ्रष्टाचार, राष्ट्रियता तथा जनजीविकाका सवाल र त्यसका विरुद्ध सञ्चालित विरोध कार्यक्रमलगायत पार्टीको राष्ट्रिय एकता महाधिवेशनका बिषयमा आफ्नो पार्टीको धारणा राख्ना आज दिउँसो ठिक १२ बजे सम्वाद डवली अनामनगर, काठमाडौँमा पत्रकार सम्मेलन गर्न लागेको हो । बिहीबार पार्टी प्रवक्ता सुदर्शनले प्रेस विज्ञप्तिमार्फत पत्रकार सम्मेलनमा उपस्थित भइ समाचार सम्प्रेषण गरीदिनेबारे सबै सञ्चारकर्मीहरुलाई निमत्रणा गरेका छन् । साथै उनले आउँदो मङ्सीर १३ गतेदखि २३ गतेसम्म हुन गइरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनबारे केन्द्रीय प्रचारप्रसार समितिले आज पत्रकार सम्मेलनको आयोजना गरिएकोमा उक्त पत्रकार…
Read More