समाज

भाेली पुस ११ गते शुक्रबार १३३औँ माओ दिवस भब्य रूपमा खुलामञ्चमा मनाउँदै

भाेली पुस ११ गते शुक्रबार १३३औँ माओ दिवस भब्य रूपमा खुलामञ्चमा मनाउँदै

काठमाडौं : १३३ औं माओ दिवसको सन्दर्भ पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पौष ११ गते निर्वाचन बहिष्कार सम्बन्धी जनसभा गर्ने भएको छ । । काठमाडौंको खुल्ला मञ्चमा जनसभाको आयोजना गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फागुन २१ मा गर्ने भनिएको संसदीय निर्वाचन बहिस्कार सम्बन्धी पार्टीको धारणा स्पष्ट गर्ने भएको हो । जनसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुचेल गौरव लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभाको तयारीका लागि मंगलबार पार्टी कार्यालय कुपण्डोलमा पार्टीका जबस मोर्चा प्रमुखहरुको बैठक आयोजना गरिएको थियो । पौष ११ गते शान्तिबाटिकामा दिनको ११ बजे जम्मा भई बागबजार, पुतलीसडक, पद्मोदयमोड, भृकुटीमण्डप, सहिदगेट, न्यूरोडगेट, वीरअस्पताल…
Read More
क्रान्तिकारी युवा संघ नेपाल दाङको चेतावनी

क्रान्तिकारी युवा संघ नेपाल दाङको चेतावनी

काठमाडौं : क्रान्तिकारी युवा संघ नेपाल जिल्ला सम्मेलन आयोजक समिति दाङले जनतालाई दुःख दिने बैंक, लघुवित्त, सहकारी र मिटरव्याजी साहुहरुलाई चेतावनी दिएको छ । क्रान्तिकारी युवा संघ नेपाल जिल्ला सम्मेलन आयोजक समिति दाङका संयोजक संघर्षले २०८२ पौष १ गते प्रेस विज्ञप्ति जारी गर्दै चेतावनी दिनु भएको हो । विज्ञप्ति यस प्रकार छ – विज्ञप्ति यस प्रकार छ – “ ”आदरणीय न्यायप्रेमी जनसमुदाय,आज हाम्रो देशको राजनीतिक आर्थिक सास्कृतिक अवस्था संकटग्रस्कत बन्दै गएको बेला हाम्रो संगठन क्रान्तिकारी युवा संघ नेपाल विगत देखि राष्टियता, जनतन्त्र,जनजीविकाको विषयमा संघर्ष गर्दै आएको सर्वविदितै छ । आज आएर देशभरी नै महंगी, कालो बजारी,महंगी, भ्रष्टाचारी, मिटरव्याज, लघुवित्तिय,सहकारी,बैंक, शोषणले…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी ९ र १० नं. ब्युरोको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी ९ र १० नं. ब्युरोको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी ९ र १० नं. ब्युरोको आयोजनामा रामप्रसाद खतिवडाको निवासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ स्थित जैसीगाउमा २०८२ मंसीर २१ गते आइतबार बिहान सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता ९ नं.ब्युरो सचिव चिन्तामणी पौडेलले गर्नु भएको थियो । कार्यक्रमको सन्चालन पार्टीका केन्द्रीय सदस्य केदार खतिवडाले गर्नु भएको थियो । कार्यक्रममा १० नं.ब्युरो इन्चार्ज सुरेश श्रेष्ठले मन्तव्य राख्नु भएको थियो । ९ नं. ब्युरोका सचिव प्रवाहको हस्ताक्षरित गरेको श्रद्धाञ्जली विज्ञप्ति वाचन गर्नुभएको थियो । ९ नं. ब्युरो इन्चार्ज तथा प्रमुख अतिथि दिनेश शर्माद्वारा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा सहिद परिवार एवं छोरी…
Read More
जिल्लाका समस्याहरु समाधानको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

जिल्लाका समस्याहरु समाधानको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सल्यानले जिल्लाका विभिन्न समस्याहरु समाधानको माग गर्दै २०८२ मंसीर ८ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला सचिवसहितको एक प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रको पूर्णपाठ यसप्रकार छ“श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू जिल्ला प्रशासन कार्यालय सल्यान महोदय, आज देसको राष्ट्रिय स्वाधीनता सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनतन्त्र जनजिविकाको सवालमा निकै गम्भीर चुनौति र समस्याहरू विकराल बन्दै गैरहेको अवस्थामा देसको राज्य संयत्रको साथ साथै केन्द्रीय तहदेखि स्थानीय तहसम्म व्याप्त भ्रष्टाचार, कुशासन, ठगि, महङ्गि, कालोबजारी, मानव तस्करी, अनियमितता, घुसखोरी, भिजिट भिसा प्रकरण, मिटर व्याजको पिडा, लघुवित्त, सहकारी ठगी, जनघात,…
Read More
क्रान्तिकारी किसान महासंघ नेपालको चौंथो पूर्ण बैठक सम्पन्न

क्रान्तिकारी किसान महासंघ नेपालको चौंथो पूर्ण बैठक सम्पन्न

तनहुँ : क्रान्तिकारी किसान महासंघ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिको चौंथो पूर्ण बैठक २०८२ मंसिर २३ गते शुक्ला गण्डकी नगरपालिका – ८ मुलपानी नयाँवस्ती तनहुँमा सम्पन्न भएको छ । मूलबाटो सम्वाददाता नारायण लम्सालका अनुसार बैठकले २०८२ माघ दोस्रो हप्ता देखि फागुन मसान्तसम्म किसान जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।
Read More
चुनाव देखि चुनावले जनतालाई ठग्ने काम मात्रै भइरहेको छ : महासचिव गौरव

चुनाव देखि चुनावले जनतालाई ठग्ने काम मात्रै भइरहेको छ : महासचिव गौरव

सीपी गजुरेल चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले प्रायोजित निर्वाचनले वर्तमान संकटको निकास दिँदैन भन्नुभएको छ । मङ्सिर १८ गते बिहानमा चितवनको भरतपुरमा उक्त पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव गौरवले सो कुरा बताउनु भएको हो। गौरवले सुशिला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते गर्ने भनिएको संसदीय निर्वाचन अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको डिजाइनमा हुन थालेकोले त्यस निर्वाचनमा भाग लिनु भनेको अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादद्वारा प्रायोजित निर्वाचनलाई वैधानिकता दिनुहुन्छ भन्नुभयो । गौरवले भन्नुभयो, “प्रायोजित निर्वाचनलाई सहयोग पुर्‍याउनु हाम्रो काम होइन। ” मंसिर १६ र १७ गते चितवनमा सम्पन्न पार्टीको चौचो पूर्ण बैठकका निर्णयहरुलाई…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे संसदीय निर्वाचन बहिस्कार गर्ने घाेषणा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे संसदीय निर्वाचन बहिस्कार गर्ने घाेषणा

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमार्फत् सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्ने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको हो । पार्टीका महासचिव सीपी गजुरेलको अध्यक्षतामा मंगलबार र बुधबार भरतपुरमा बसेको चौथो पूर्ण बैठकले जेनजी विद्रोहपछि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सहमतिमा कार्की नेतृत्वको सरकार गठन भएको निष्कर्ष निकालेको छ । बैठकले निर्वाचन बहिष्कार गर्दै सत्ता र व्यवस्थाको भण्डाफोर गर्ने नीति तय गरेको छ । त्यस्तै पार्टीले निर्वाचन बहिष्कारका कार्यक्रम अगाडि बढाउने पनि निर्णय गरेको पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।…
Read More
जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव

जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वि.सं. २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनमा प्रस्तुत र पारित जलवायु परिवर्तनसम्बन्धीबारे प्रस्ताव ) विश्वव्यापी रुपमा जलवायु संकट देखा परेको छ । विश्वको तापमान वृद्धि भइरहेको छ । यदि यसलाई नरोक्ने हो भने मानव जातिकै अस्तित्व खतरामा पर्नेछ । आज सारा विश्व यो विषयमा चिन्तित छ । तर पुँजीवादी देशहरु आफ्नो देशमा कार्वानडाइअक्साइड उत्सर्जनमा कमी ल्याउने कुनै प्रयत्न गर्दैनन् । त्यसकारण यस समस्याका विरुद्ध विश्वव्यापी रुपमा क्रान्तिकारी शक्तिहरुले नै आन्दोलन उठाउनु पर्ने अवस्था आएको छ । मानव जाति आफू जीवित रहनका लागि प्रकृतिसँग संघर्ष गर्दै आएको छ । प्रकृति विना मानिस…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे  अपील

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे अपील

साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिवादको विरोध गरौं !, स्वाधीन संयुक्त सरकार गठन गरौं !! लामो समयदेखि देशले भोग्दै आएको भ्रष्टाचार, कुशासन, ठगी, महङ्गी, कालोबजारी, मानवतस्करी, अनियमितता, घुसखोरी, भिजिट भिसा, हत्या आदि जस्ता अत्यन्त जनघाती तथा राष्ट्रघाती कार्यका विरुद्ध आम जनताले आवाज उठाइरहेका बेला जेन–जेड पुस्ताले भ्रष्टाचार र सामाजिक संजालमाथिको प्रतिबन्धको विषय उठाई भदौ २३ गते शान्तिपूर्ण विरोधको थालनी ग¥यो । उक्त न्यायपूर्ण विरोधलाई दबाउन नेपाल सरकार पाशविक तथा फासिवादी दमनमा उत्रियो । दर्जनौं युवाहरू मारिए । त्यसमाथि, अमेरिकी साम्राज्यवादद्वारा सञ्चालित आइएनजीओका नाइकेहरूले वास्तविक देशभक्त जेन–जेडलाई पछाडि धकेलेर कथित जेन–जेडको नाममा गराइएको विध्वंशका कारण देशले भदौ २४ गतेको दुःखद परिणाम भोग्नुप¥यो ।…
Read More