साम्राज्यवाद र फाँसीवादकाविरुद्ध क्रान्तिकारी साँस्कृतिक कार्यक्रम सम्पन्न
काठमाडौं : डेमोक्रेटिक फ्रन्ट अफ फिलिपिन्सको संयोजनमा वैज्ञानिक समाजवादका लागि साम्राज्यवाद र फासिवादका विरुद्ध नेपालका वामपंथी पार्टीका साँस्कृतिक मोर्चाहरुले क्रान्तिकारी साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार साँझ सम्पन्न भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाली कम्युनिस्ट पार्टी र नेकपा (माओवादी) निकट सांस्कृतिक मोर्चाहरुमा आबद्ध जनकलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट रक्तिम साँस्कृतिक परिवार र सामाना सांस्कृति परिवारका कालाकारहरुले संयुक्त रुपमा प्रस्तुति दिएका थिए । लेकै फुल्यो लाली गुराँस, सागर तर्ने, प्रतिबन्ध, सानो सानो, क्रान्ति सम्भव छ लगायत बोलको गीतमा सामना साँस्कृतिक परिवार र रक्तिम साँस्कृतिक परिवारका…