उम्मेदवारको कार्यालय र घरमा कालो झण्डा,’संसदीय निर्वाचनको औचित्य छैन’
नवलपरासी : डलर अर्बपति उम्मेदवार बिनोद चौधरी सहितका उम्मेदवारको कार्यालय र निजी निवासमा कालो झण्डा राखिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नवलपरासी क्षेत्र नम्बर एकका काङ्ग्रेस उम्मेदवार चौधरी सहित एमाले, नेकपा, रास्वपा, नेकपा (माओवादी)का उम्मेदवारको घरमा कालो झण्डा राखेको हो । सोमबार जिमिरेभार बजारमा रहेको चौधरीको चुनावी कार्यालय, महलबारीमा रहेको एमाले उम्मेदवार राम प्रसाद पाण्डेयको निवासको प्रबेशद्वार , नेकपा उम्मेदवार सिन्धु जलेशा बुढाथोकीको बर्दघाट-२ चिसापानीको निवास, रास्वपा उम्मेदवार बिक्रम खनालको बर्दघाट-१० धुब्रटोलमा निमार्णाधिन घर र माओवादी उम्मेदवार राजु प्रसाद हरिजनको बर्दघाट-३ लघुनाहाको घरमा कालो झण्डा र ब्यानर राखिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनाएको छ । साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनले राजनीतिक…