प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो
काठमाडौँ : बाँकेकी रितु सिंहले आफ्नो श्रीमान गोविन्द महतारा विरुद्धको वैवाहीक जबरजस्तिकरणीलाई कमजोर बनाएको आरोप लगाएकी छन् । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि तत्कालिन अवस्थामा बाँके प्रहरी, सरकारी वकिल र कर्मचारीको मिलेमतोमा पीडकलाई उन्मुक्ति दिएको गुनासो गरेकी छन् । पीडित सिंहले २०८२ मा हालेको वैवाहिक जकको मुद्धामा बाँके जिल्ला अदालतले निज महतारालाई धरौटीमा रिहा गरे पनि उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले पुर्पक्षमा पठएको तर तत्काल सर्बोच्चले जिल्ला अदालतकै आदेशलाई सदर गरेपछि थप पीडा भएको गुनासो सिंहको छ । आफ्नो मुद्धालाई कमजोर पार्न बाँके जिल्ला सरकारी वकिल दशरथ गौतम र बाँकेको डुडुवा गाउँपालिका सचिवकारुपमा कार्यारत विद्याराम यादवले सबैभन्दा…