समाज

हुण्डीको कारोबार गर्ने चार जना प्रहरी नियन्त्रणमा ।

हुण्डीको कारोबार गर्ने चार जना प्रहरी नियन्त्रणमा ।

बरामद सामानसहित काराेबारी बाँके । २४ लाख रुपियाँ नगदसहित अबैध हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।  बाँकेका प्रहरी प्रवक्ता, डिएसपी नारायण डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१२ बाट नगद र हुण्डीमा संलग्नलाई नियन्त्रणमा लिइएको हाे ।  नेपालगन्ज –१२ बेलासपुरमा हुण्डी कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले कारवाही गर्दा २४ लाख ६२ हजार ३१५ रूपियाँ नगद र हुण्डि कारोबारको हिसाब राखेको कपी र नोटबुकसहित पक्राउ गरेको हाे । प्रहरीले त्यस क्रममा हिसाव राखेको कपी थान १, सानो नोट बुक थान १, बिभिन्न व्यक्तिको नाममा विभिन्न बैंकमा पैसा जम्मा गरेको भौचरसहित हुण्डी कारोबारमा संलग्न नेपालगन्ज १८ का…
Read More
चुलोबाट खरानी निकाल्ने क्रममा सर्पले डस्दा एक महिलाकाे मृत्यु ।

चुलोबाट खरानी निकाल्ने क्रममा सर्पले डस्दा एक महिलाकाे मृत्यु ।

सिरहा ।  सर्पको डसाइबाट सर्लाहीको पर्सा गाउँपालिका, सङग्रामपुर निवासी एक महिलाको मृत्यु भएको छ। सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो। खातुनलाई चुलोबाट खरानी निकाल्ने क्रममा सर्पले डसेको थियो। उनलाई तत्कालै जयकाली सर्पदंश उपचार केन्द्र, चोहर्वा सैनिक गण परिसरमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा पुर्‍याइएको थियो। उपचारकै क्रममा साेही अस्पतालमा खातुनको मृत्यु भएको हो।
Read More
सिमलतालमा पहिरो, दुइटा बसका ६५ यात्रु बेपत्ता

सिमलतालमा पहिरो, दुइटा बसका ६५ यात्रु बेपत्ता

चितवन : नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको उनले बताइन् । दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको उनले बताइन् । पहिरोका कारण सडक अवरुद्ध भएको र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याएको उनको भनाई छ । घटनास्थलमा उद्धार कार्य सुरु हुन नसकेको उनले बताइन् ।…
Read More
कोइलाखानी हत्याकाण्डको अखिल भारत नेपाली एकता समाजले गर्याे विरोध

कोइलाखानी हत्याकाण्डको अखिल भारत नेपाली एकता समाजले गर्याे विरोध

काठमाण्डौ : अखिल भारत नेपाली एकता समाजले भारतको पूर्वोत्तर मेघालयस्थित कोईलाखानीमा भएको मजदुरहरुको हत्याकाण्डको एकता समाजले विरोध गर्नुका साथै सत्य तथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सभापति आनन्द थापाले २०२४ जुलाई ८का दिन एक प्रेस विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । २०२४ जुलाई ५ का दिन मेघालयस्थिित सतुंगाा जयन्तीया हिल्सस्थित उम्प्लेङ गाउँमा स्थानीय कोईलाखानीमा काम गर्दै आएका ४ जना मजदुरहरुको हत्या भएको थियो । हत्या भएकाहरुमा नेपालको इलामका २३ वर्षीय रवि राई ,धरान फुस्रेका २३ वर्षीय राजेश राई र भारतीय नागरिक नसर डाकियाको पहिचान खुलेको छ भने एक…
Read More
भाषिक–सांस्कृतिक बढ्दो अतिक्रमण र मातृभाषाहरुको भविष्य

भाषिक–सांस्कृतिक बढ्दो अतिक्रमण र मातृभाषाहरुको भविष्य

मातृभाषा त्याग्नेहरुले किन गर्वसाथ भन्दछन्, ‘हाम्रा बालबच्चालाई त मातृभाषा नै आउँदैन !’ बिश्व मानव समाजको कुनै पनि मातृभाषा वास्तवमा आफ्ना माता–पिताबाट प्राप्त भाषा नै हो । त्यसका जरा हुन्छन्, स्मृतिहरु र विम्ब पनि हुन्छन् । मातृभाषाले एउटा बेग्लै प्रकारको सांस्कृतिक आचरण प्रदान गर्दछ । तर अरु कुनै आयातित भाषाबाट त्यस्तो सम्भव हुँदैन । मातृभाषासँग केही यस्ता तत्व जोडिएका हुन्छन् जसले गर्दा यसको सम्प्रेषणीयता त्यो भाषा बोल्नेहरुका लागि अधिक मार्मिक हुन्छ । यो प्रश्न इतिहास तथा संस्कृतिको बहनसँग पनि सम्बद्ध छ, जुन कुरा सम्प्रेषणको क्रममा निर्मित हुन्छ । यद्यपि संस्कृतिको कार्य विश्वलाई केवल विम्बहरुमा व्यक्त गर्नु मात्रै होइन । बरु ती…
Read More
अख्तियारले काट्यो मेयर चिरिबाबुलाई पत्र

अख्तियारले काट्यो मेयर चिरिबाबुलाई पत्र

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ । मेयर महर्जन विरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ । उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप छ । बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो ।
Read More
क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपालकाे महाधिवेशन कात्तिक २ गते काठमाडौंमा गर्ने

क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपालकाे महाधिवेशन कात्तिक २ गते काठमाडौंमा गर्ने

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय महाधिवेशन आयोजक कमिटिको बैठक सम्पन्न भएको छ । बैठकले पार्टीको महाधिवेशन कात्तिक २ गते काठमाडौंमा गर्ने निधो गरेको छ । महाधिवेशनबाट पार्टीको नयाँ कार्यदिशा र कार्यनीतिको विकासका लागि १९ वटा दस्तावेजहरु प्रस्तुत भएका छन् । ती दस्तावेजहरु छलफल र बहसका लागि तल्ला कमिटिहरुमा पठाउने सो पार्टीको केन्द्रीय समितिले निर्णय गरेको छ । बैठकमा प्रस्तुत गरिएका दस्तावेजहरु केन्द्रीय सदस्यहरुको समूह बनाएर छलफल गरिएको थियो । समूहमा उठेका विषयहरु समूह नेताहरुले प्रस्तुत गरेका थिए । विभिन्न १० वटा समूह बनाएर दस्तावेजहरुमाथि छलफल चलाइएको थियो । राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रम सम्बन्धी राजनीतिक प्रस्ताव पार्टीका संयोजक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दाेस्राे पूर्ण बैठक असार ११ गतेबाट सुरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दाेस्राे पूर्ण बैठक असार ११ गतेबाट सुरु

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । २०८१ असार ११ गते काठमाडौंमा सुरु भएको उक्त बैठकले पार्टीको एकता महाअधिवेशनबारे निर्णय लिने बताइएको छ । बैठक पार्टीको एकता महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरणको अध्यक्षतामा चलिरहेको छ । बैठकले एकता महाधिवेशनका लागि राजनीति, सांगठनिक, सामाजिक र समसामयिक प्रस्तावहरुबारे टुंगो लगाउने छ । बैठकले एकता महाधिवेशनको मिति तय गर्नेछ । महाधिवेशन सफल पार्न आवश्यक पर्ने समितिहरु गठन गर्ने र एकता महाधिवेशनसम्मका लागि आगामी कार्यक्रम समेत बनाउने ठानिएको छ । बैठकको प्रारम्भमा सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल एकता…
Read More
जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयाे भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयाे भूकम्प

काठमाडौँ : जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । यसअघि गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मानवीय क्षति भएको थियो ।
Read More
वर्णविभेद र वर्गविभेदविरुद्धको सङ्घर्ष एकसाथ

वर्णविभेद र वर्गविभेदविरुद्धको सङ्घर्ष एकसाथ

हामीले वर्ण–विभेद र वर्ण–व्यवस्थासम्बन्धी ऐतिहासिक अध्ययन गर्नुपर्ने हो । त्यो गर्न पाइएको त छैन । हामीले उही पुरानै कुरा भनिरहेका छौँ । हामीले यो वर्ण–विभेदलाई वर्ग–विभेदसँग गाँस्नुपर्ने हो । त्यसलाई अझै ढङ्ग पुर्याएर गाँस्न सकिरहेका छैनौँ । हामीलाई समयको अभाव छ तर समय हुँदा पनि हामी त्यत्तिकै बसिराख्ने, जब समय आउँछ अनि काम गर्ने, त्यो बेला हतारपतार गर्ने बानी छ । हामीले यहीँबाट अभ्यास सुरु गर्नुपर्दछ । हाम्रो आदतको सत्ता कस्तो छ भने धेरै लामो समयसम्म हामी चुपचाप लागिरहेका हुन्छौँ । सम्मेलन आउने बेला हाम्रो कार्यपत्र तयार पार्दछौँ जसले गर्दा हामी धेरै पछि परेका हुन्छौँ । त्यसैले कुनै पनि बैठक…
Read More