केन्द्रीय संयुक्त संघर्ष समितिले भने ‘अवस्था फेर्न व्यवस्था फेरौं !’
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत ६ वटा कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले ‘अवस्था फेर्न व्यवस्था फेरौं’ भन्दै आम श्रमजीवी जनतामा एक अपिल जारी गरेको छ । ‘अवस्था फेर्न व्यवस्था फेरौं !,आम नेपाली जनताको प्रतिनिधित्व गर्ने स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी यथास्थितिमा हुने निर्वाचन बहिष्कार गरौं !!’ भन्ने मूल नरााका साथ जारी गरिएको अपिलमा भनिएको छ, “भाद्र २३ र २४ को जेन जी विद्रोह पछिको नेपालको राजनैतिक स्थितिमा अहिले नयाँ मोड आएको छ । त्यस विद्रोहको मुख्य कारण २०६२ मंसिरमा कांग्रेस, एमाले लगायतका दलहरूका प्रमुख नेतृत्व र तत्कालीन नेकपा (माओवादी) को नेतृत्व बीच दिल्लीमा भएको…