अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्प र उनको प्रशासनकाविरुद्ध ३ हजार भन्दा बढी स्थानमा विशाल प्रदर्शन

डोनाल्ड ट्रम्प र उनको प्रशासनकाविरुद्ध ३ हजार भन्दा बढी स्थानमा विशाल प्रदर्शन

काठमाडौं : अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शनहरू भइरहेका छन्। किङ्ग्सनो किङ्ग्सकिङ्ग्स अर्थात् किङ्ग्सकुनै राजाहरू छैनन्किङ्ग्स नाम दिइएको यो राष्ट्रव्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो । यसअघि पनि लाखौं मानिसहरूले सडकमा उत्रिएर असन्तुष्टि जनाएका थिए। शनिबार अमेरिकाभर ३,००० भन्दा बढी स्थानमा साना(ठूला र्‍यालीहरू आयोजना गरिएका छन्। प्रदर्शनकारीहरूको मुख्य निशानामा ट्रम्प प्रशासनले अघि सारेका नीतिहरू रहेका छन्, जसमा विशेषगरी इरानसँगको युद्ध, कडा संघीय अध्यागमन नीति र देशमा चुलिँदै गएको महँगी प्रमुख छन्। आयोजकहरूका अनुसार, यो लोकतन्त्रको रक्षा र निरंकुशताको विरोधमा गरिएको शान्तिपूर्ण नागरिक विद्रोह हो। किङ्ग्सट्रम्प हामीमाथि एक निरंकुश शासकको रूपमा शासन गर्न…
Read More
साम्राज्यवादी युद्ध विरुद्ध

साम्राज्यवादी युद्ध विरुद्ध

लेखक : मनु विक अमेरिकी सहयोगमा प्यालेष्टाइनमाथि अक्टोबर ७ ,२०२३ बाट इजरायलले आक्रमण गर्दा अहिलेसम्म ७२ हजार भन्दा बढीको मृत्यु हुन पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा परि मारिनेहरुमा अधिकांश महिला, सुत्केरी, बालबच्चाहरु रहेका बताइन्छ । त्यहाँ लाखौंको संख्यामा मानिसहरु विस्थापित भएका छन् र सम्पूर्ण भौतिक संरचनाहरु ध्वस्त भएका छन् । अहिले विश्वव्यापी रुपमा युद्ध चलिरहेको छ । यो युद्ध देशहरुको सार्वाभैमिकतालाई दबाउन र आफ्नो शासन स्थापित गर्नकोलागि गरिएको छ । अहिले अमेरिका – इजरायलको युद्ध गाजामा जारी छ । भन्दा यो युद्ध रोकिएको भनिए पनि युद्ध अमेरिकाको सहयोगमा चलेको प्यालेष्टाइन माथिको इजरायली आक्रमण अहिलेसम्म नरोकिएको र इजरायली…
Read More
बेङ्लोर दक्षिण नगर समितिमा सदस्यता अभियान तीव्र

बेङ्लोर दक्षिण नगर समितिमा सदस्यता अभियान तीव्र

बेङ्लोर : अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिले २०२६ को सदस्यता नवीकरण तथा नयाँ सदस्यता दिने कार्यक्रम तीव्र गतिमा अगाडि बढाइरहेको छ। २३ मार्च २०२६ का दिन केन्द्रीय सचिव रामसिंह विक, केन्द्रीय सदस्य धर्म राम विक, क्षेत्रिय सदस्य बिरेन्द्र विक, क्षेत्रिय सदस्य अर्जुन टमटा, नेता कार्यकर्ताहरूले ताउरेकेरे एरिया र बी. टी. एम लेवटमा सदस्यता वितरण गर्नु भएको छ। सदस्यता वितरण निकै उत्साहपूर्वक चलिरहेको छ । अखिल भारत नेपाली एकता समाज नेपालीहरुको सुख दुःखमा साथ सहयोगमा एक अविभावकको रुपमा भूमिका निभाउँदै आएको छ ।
Read More
युद्ध अन्त्यका लागि इरानका ६ सर्त

युद्ध अन्त्यका लागि इरानका ६ सर्त

एजेन्सी/तेहरान : तेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहुचरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि ६ वटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।नाम नबताउने सर्तमा ती अधिकारीले भने, ‘महिनौं पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ ।’ इरानले आफ्नो पूर्वाधार, सेवा सुविधा र रणनीतिक स्थानहरूमा आक्रमण गरेपछि चाँडै युद्धविराम हुने अपेक्षा नगरेको पनि उनले बताए।‘धेरै क्षेत्रीय अभिनेता र मध्यस्थकर्ताहरूले द्वन्द्व अन्त्यका लागि उपायहरू प्रस्ताव गरेका छन्,’ ती अधिकारीले भने। तेहरानले कुनै पनि सम्झौताअघि नयाँ आक्रमण नहुने सुनिश्चितता, यस क्षेत्रमा अमेरिकी आधार बन्द गर्ने, इरानलाई क्षतिपूर्ति, क्षेत्रीय मोर्चामा शत्रुताको अन्त्य, ‘स्ट्रेट अफ हर्मुज’का लागि…
Read More
इरानको रिभोलुसनरी गार्डले दियो यस्ताे चेतावनी

इरानको रिभोलुसनरी गार्डले दियो यस्ताे चेतावनी

काठमाडौँ : अमेरिकी चेतावनीको बीचमा, इरानले होर्मुज स्ट्रेट बन्द गर्ने चेतावनी दिएको छ, यदि अमेरिकाले ऊर्जा केन्द्रहरूमा हमला गरेमा।इरानले इजरायल र अमेरिकी साझेदारीमा रहेका कम्पनीहरूलाई पनि निशाना बनाउने चेतावनी दिएको छ। यदि अमेरिकाले आफ्ना ऊर्जा केन्द्र वा पावर प्लान्टहरूमा हमला गरेमा रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द गरिदिने उसले घोषणा गरेको हो। इरानका विदेशमन्त्रीले होर्मुज स्ट्रेट बन्द नभएको बताएका छन्, तर तेल ढुवानी कम्पनीहरूमा डर रहेको उल्लेख गरे। गार्डले इरानी सञ्चारमाध्यममार्फत जारी गरेको बयानमा भनिएको छ, ुयदि इरानको ऊर्जा ठेगानाहरूमा हमला भयो भने, होर्मुज स्ट्रेट तबसम्म खोलिने छैन जबसम्म हाम्रा ध्वस्त भएका पावर प्लान्टहरू पुनः निर्माण हुँदैनन्।ु यस्तै…
Read More
इरानको न्यायपूर्ण प्रतिरोधप्रति राष्ट्रिय क्रान्तिकारी मोर्चाको ऐक्यबद्धता

इरानको न्यायपूर्ण प्रतिरोधप्रति राष्ट्रिय क्रान्तिकारी मोर्चाको ऐक्यबद्धता

काठमाडौं : अमेरिका र इजरायलले इरानमाथि गरिरहेको क्रुर हमलालाई राष्ट्रिय क्रान्तिकारी मोर्चाको ऐक्यबद्धता गरिरहेको छ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको कार्य सम्पादन समितिको २०८२ चैत्र २ गते बसेको बैठकपछि मोर्चाका संयोजक सन्तबहादुर नेपालीद्वारा जारी प्रेस वक्तव्यमा सो ऐक्यबद्धता प्रकट गरिएको हो गत फेब्रुअरी २८ (माघ १६ गते) अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरी इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनेईलाई हत्या गरे सँगै यो युद्ध सुरु भएको थियो ।वक्तव्यमा इरान–अमेरिका युद्धको प्रभावमा परेका देशमा रहेका नेपालीहरुको उद्धार र पुनस्र्थापनामा जोड दिइएको छ । नेपालमा राष्ट्रिय स्वाधीनता खतरामा पर्दै गएकाले देशभक्त, जनतान्त्रिक, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारीहरुको एकतामा जोड दिइएको छ । वक्तव्यमा…
Read More
अमेरिकी साम्राज्यवादको विश्वव्यापी दादागिरीको पराकाष्ठा हो : प्रवक्ता सुदर्शन

अमेरिकी साम्राज्यवादको विश्वव्यापी दादागिरीको पराकाष्ठा हो : प्रवक्ता सुदर्शन

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले इरानमाथिको अमेरिकी आक्रमण अमेरिकी साम्राज्यवादको विश्वव्यापी दादागिरीको पराकाष्ठा भएको बताएको छ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुशर्दनले फागुन १७ एक प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो । वक्तव्यमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल यस प्रकारको दादागिरी र विश्वभरिका जनतामाथि थोपरिएको आतंकको तीव्र विरोध गर्दै इरानको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्षरत इरानी जनतासँग ऐक्यबद्धता जाहेर गर्ने बताइएको छ । इजरायली तथा अमेरिकी आक्रमणको इरानले प्रतिरोध गर्ने क्रममा मध्यपूर्वमा मजदुरी गर्न गएका १९ लाख भन्दा बढी नेपालीहरुको जीवन खतरामा परेको कुराले पार्टीलाई गम्भीर बनाएको समेत जनाइएको छ र नेपालीहरुको सुरक्षाकालागि आवश्यक कदम चाल्न…
Read More
अखिल भारत नेपाली एकता समाजकाे चेन्नैमा १०औँ संयुक्त सम्मेलनको प्रचार प्रसार तीब्र

अखिल भारत नेपाली एकता समाजकाे चेन्नैमा १०औँ संयुक्त सम्मेलनको प्रचार प्रसार तीब्र

चेन्नई, भारत : अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समितिले आगामी ७ र ८ मार्च २०२६ मा चेन्नईमा हुने नगरको १७ औ र दक्षिण भारत क्षेत्रीय समितिको १० औ संयुक्त सम्मेलनको प्रचार प्रसार, आर्थिक व्यवस्थापनका साथै नगरको बैठक क्रुमपेटमा सम्पन्न गरेको छ।
Read More
किसान–मजदूर संगठनको पञ्जाबमा व्यापक प्रदर्शन

किसान–मजदूर संगठनको पञ्जाबमा व्यापक प्रदर्शन

फेब्रुअरी २२, तापा मंडी , बर्नाला पञ्जाब , तुहिन रेड : संयुक्त किसान मोर्चाको नेतृत्वमा विभिन्न किसान–मजदूर संगठनहरू, पेन्सनधारकहरू, करार कामदारहरू र विद्यार्थी संगठनहरूको संयुक्त मोर्चाले आप सरकारका वर्तमान विधायक लव सिंह उग्गोकेको निवास घेरेको थियो र प्रदर्शनको क्रममा मोदी सरकार र पञ्जाब सरकार विरुद्ध नारा लगाइएको थियो । मजदूर नेताहरूले भने कि मोदी सरकारले विदेशी कर्पोरेट घरानाको हितमा ४४ वटा श्रम ऐन खारेज गरी श्रम विरोधी चार श्रम संहिता लागू गरी आठ घण्टाको सट्टा दिन बाह्र घण्टा लागू गरेको छ । भारतका प्रधानमन्त्री मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको नयाँ व्यापार सम्झौता पनि भारतका किसान र मेहनती जनताको विरुद्धमा…
Read More
गोर्खा सैनिकको पक्षमा सर्वेच्चले आदेश दिदासमेत सरकारले कानमा तेल हालेर बस्याे : परि थापा

गोर्खा सैनिकको पक्षमा सर्वेच्चले आदेश दिदासमेत सरकारले कानमा तेल हालेर बस्याे : परि थापा

काठमाडौं : ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो)ले नेपाल सरकारका विरुद्ध संघर्ष घोषणा गरेको छ । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी विगेसोले सर्बोच्च अदालतले गरेको निर्देशनात्मक आदेशलाई ३ वर्षसम्म पनि कार्यान्वयन नगरेपछि खबरदारी कार्यक्रम गर्न लागेको जनाएको हो । विगेसो प्रमुख सल्लाहकार परि थापाले ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरुलाई बेलायत सरकारले भाडाका सैनिकका रुपमा प्रयोग गरेकोले नेपाल सरकारले छिटो भन्दा छिटो पहल लिन माग गर्नुभएको छ । “सम्मानित सर्बोच्च अदालतले समेत गोर्खा सैनिकहरुको पक्षमा निर्देशनात्मक आदेश दिदासमेत सरकार ३ वर्षदेखि कानमा तेल हालेर बस्नु दुर्भाग्य हो”थापाले भन्नुभयो । विगेसोका अध्यक्ष पदमसुन्दर लिम्बुले सर्बोच्च अदालतले नेपालीहरुलाई भाडाका सेना बनाउनबाट…
Read More