अन्तर्राष्ट्रिय

द ग्रेजोनको खुलासा : बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात

द ग्रेजोनको खुलासा : बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात

काठमाडौं । अमेरिकी सञ्चारमाध्यम द ग्रेजोनले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू अमेरिकी सरकारको आर्थिक सहयोगमा सञ्चालित राजनीतिक तथा नेतृत्व विकास कार्यक्रमसँग जोडिएको दाबी गर्दै समाचार प्रकाशन गरेको छ। उनीहरूको राजनीतिक उदयमा सरकारविरोधी गतिविधि गराउने अमेरिकी लगानीका संस्थाको हात रहेको समाचारमा उल्लेख छ। उक्त सञ्चारमाध्यमले सेप्टेम्बर ९ तारिखमा प्रकाशित गरेको समाचारमा कन्सोर्टियम फर इलेक्सन एन्ड पोलिटिकल प्रोसेस स्ट्रेन्थेनिङ (सिइपीपीएस)को रिपोर्टलाई आधार मानेको छ। लिक भएका दस्तावेजका आधारमा भन्दै प्रधानमन्त्री शाह, लामिछाने, गृहमन्त्री सुदन गुरुङ र सांसद सागर ढकाललगायत नेताहरूको नाम सिइपीपीएसको कार्यक्रमसँग जोडिदिएको छ। र उनीहरूको उदयमा यही संस्थाको हात रहेको देखाएको छ। सन्…
Read More
भाकपा (मा.ले.) रेडस्टारको तेह्रौं महाधिवेशन सुरु

भाकपा (मा.ले.) रेडस्टारको तेह्रौं महाधिवेशन सुरु

भारत : भाकपा (मा.ले.) रेडस्टारको तेह्रौं महाधिवेशन कर्नाटकको रैचरमा सुरु भएको छ । सेप्टेम्बर १६ मा पार्टीका महासचिव पि.जे.जेम्सले तेह्रौं महाधिवेशनको उद्घाटन गरेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले महाधिवेशन सफलताको शुभकामना दिए ।
Read More
Message of Greetings From RCPN to the 13th Congress of CPI(M.L.) Redstar

Message of Greetings From RCPN to the 13th Congress of CPI(M.L.) Redstar

India .The Revolutionary Communist Party of Nepal (RCPN) has extended its warmest revolutionary greetings and well-wishes to the 13th Congress of the Communist Party of India (Marxist-Leninist) Red Star. On behalf of the party, C.P. Gajurel ‘Gaurav’, the General Secretary of the RCPN, sent an official message of greetings to the historic assembly. The 13th Congress officially commenced on September 16, 2026, in the state of Karnataka, India. Representing the Nepalese delegation, Sant Bahadur Nepali, a Standing Committee member of the RCPN, personally presented the fraternal greeting message during the inaugural session of the congress. The greeting message from  C.P. Gajurel ‘Gaurav’, the General Secretary of the RCPN as below…
Read More
क्रान्तिकारी युवा संघ नेपालद्वारा जलवायु न्यायको माग गर्दै प्रदर्शन

क्रान्तिकारी युवा संघ नेपालद्वारा जलवायु न्यायको माग गर्दै प्रदर्शन

काठमाडाैँ : क्रान्तिकारी युवा संघ नेपालको आयोजनामा जनवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा २० भदौ २०८३ मा प्रदर्शन गरेको छ । क्रान्तिकारी युवा संघ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । “हिमालको पीडा बुझौं, भोटेकोशीको चित्कार सुनौं, जलवायु न्याय लागू गरौं ।” भन्ने मूल नाराका साथ जलवायु संकट समाधानका लागि जनचेतना तथा सन्देश मूलक कार्यक्रम सम्पन्न गरिएको हो । प्रदर्शन मार्फत क्रान्तिकारी युवा संघ नेपालले जलवायु संकट विरुद्ध विश्वभरका युवा एकजुट हुन संसारभरका युवाहरुलाई आह्वान गरेको छ ।हिमाल बचाऔं, प्राकृतिक प्रकोप घटाऔं, जीवन बचाऔं, सेभ द अर्थ, जलवायुको क्षतिपूर्ति दे लगायतका नारासहित गरिएको प्रदर्शनमा सयौं युवाहरु…
Read More
३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित सम्पन्न

३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित सम्पन्न

बालेन्द्र शाह नेतृत्वको सरकारले हिन्दु राज्य पुनर्स्थापना गर्न खोजिरहेको छ : सीताराम तामाङ ललितपुर : ललितपुरको कुपण्डोलस्थित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालयको सभाहलमा ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ। अखिल नेपाल आदिवासी जनजाति महासङ्घ राष्ट्रिय सम्मेलन आयोजक समितिको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि महासङ्घका प्रमुख सल्लाहकार तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सीताराम तामाङ हुनुहुन्थ्यो। प्रमुख अतिथि तामाङले मैनबत्ती बालेर ३२औँ विश्व आदिवासी दिवसको उद्घाटन गर्नुभएको थियो। सीताराम तामाङ कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै तामाङले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले हिन्दु राज्य पुनर्स्थापना गर्न खोजिरहेको आरोप लगाउनुभयो। उहाँले श्रावण १० गते सुनसरीमा भएको घटनामा सरकार…
Read More
आज ९ अगष्ट, ३२औं अन्तर्राष्ट्रिय आदिवासी दिवश मनाउँदै

आज ९ अगष्ट, ३२औं अन्तर्राष्ट्रिय आदिवासी दिवश मनाउँदै

काठमाडाैँ : आज ९ अगष्ट अर्थात श्रावण २४ गते संसारभरि ३२औं अन्तर्राष्ट्रिय आदिवासी दिवश मनाइँदैछ ।अखिल नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक पवनमान श्रेष्ठले आज विश्व आदिवासी दिवसको अवसरमा प्रेस वक्तव्य प्रकाशित गरी सम्पूर्ण आदिवासीहरुलाई शुभकामना दिनुभएको छ । अखिल नेपाल आदिवासी जनजाति महासंघले आजै कुपण्डोलमा एक कार्यक्रमको आयोजना गरी विश्व आदिवासी दिवस मनाउने भएको छ । सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई…
Read More
गणेश नेपालीको हत्यारो सरकारका विरुद्ध संघर्ष अगाडि बढाउने क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रतिबद्धता

गणेश नेपालीको हत्यारो सरकारका विरुद्ध संघर्ष अगाडि बढाउने क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रतिबद्धता

काठमाडौं : बालेन सरकारको जनघाती, राष्ट्घाती र फासिवादी नीतिका कारण असार २६ गते गणेश नेपालीले आत्मदाह गरेको उल्लेख गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हत्यारो सरकारका विरुद्ध संघर्ष अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको एक प्रेस वक्तव्यमा यस्तो प्रतिबद्धता जाहेर गरिएको छ । वक्तव्यमा भनिएको छ, गत असार २५ गते दुर्गम मुगु जिल्लाबाट काठमाडौँ आई राइड–सेयरिङ सेवामा काम गरेर श्रीमती र छोरीको जीविका धानिरहेका एक २५ वर्षीय युवा गणेश नेपालीले त्रिपुरेश्वर राहदानी विभाग अगाडि आफ्नो जीविकाको साधन मोटरसाइकलमा नगर प्रहरीले ह्विललक गर्दा त्यसको प्रतिवाद गरे । त्यसको लगत्तै उनले आत्मदाहको लागि आफ्नो शरीरमा आगो सल्काए ।…
Read More
नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन बालेन सरकार मतियार बन्यो : सुदर्शन

नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन बालेन सरकार मतियार बन्यो : सुदर्शन

काठमाडौं: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बालेन सरकार नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन मतियार बनेको गम्भीर आरोप लगाएको छ । पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा यही असार २३ गते अमेरिकी कठपुतली बालेन्द्र सरकारको स्वीकृतिमा सन् १९५९ मा चीनको स्वशासित प्रान्त तिब्बतबाट भागेर भारतमा शरण लिई आएका पृथकतावादी दलाइ लामाको ९१ औँ जन्मदिन काठमाडौँको स्वयम्भुस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा मनाइएको घटनालाई नेपालको घोषित एक चीन नीतिका विरुद्ध रहेको भन्दै राष्ट्रघाती बालेन सरकार नेपाल र चीनका बीचको मैत्रीपूर्ण दौत्य सम्बन्ध भड्काएर नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन मतियार बनेको दावी गरिएको छ ।वक्तव्यमा भनिएको छ, “नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन…
Read More
अखिल भारत नेपाली एकता समाज बालानगर एरिया समिति गठन

अखिल भारत नेपाली एकता समाज बालानगर एरिया समिति गठन

हैदरावाद ।अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समिति अन्तर्गत पर्ने उत्तर हैदरावाद नगर समितिद्वारा संचालित बालानगर एरिया समितिको गठन ५ जुलाई २०२६ का दिन बलराम नेपालीको पहलमा र कुमार बुढा मगर तथा डम्बर नेपालीको सकृयतामा गरेको छ। उक्त भेलामा समाजका केन्द्रीय अध्यक्ष आनन्द थापा क्षेत्रिय अध्यक्ष कृष्ण पौडेल केन्द्रीय सचिवालय सदस्य राम प्रसाद पौडेलको विषेश उपस्थित रहेको थियो। भने राजेन्द्र धिमाल क्षेत्रिय समितीबाट र कुमार बुडा मगरले पनि नगर समितीबाट प्रतिनिधित्व गर्नु भएको थियो।उपस्थित नेपाली श्रमिक मजदुरहरुलाई समाजका अध्यक्ष कृष्ण पौडेलले प्रशिक्षण दिने क्रममा आज भारत प्रवासमा नेपालीहरु माथि आई पर्ने विभिन्न समस्याहरुको समाधान गर्न अविभावकिय संगठन अखिल…
Read More
फौजदारी मुद्दा सम्बन्धी नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता खारेजीको माग

फौजदारी मुद्दा सम्बन्धी नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता खारेजीको माग

काठमाडौँ : भारतबाट प्रस्तावित र गत वैशाखमा नेपाल सरकारबाट स्वीकृत फौजदारी मुद्दा सम्बन्धी नेपाल –भारत पारस्परिक कानुनी सहायता सम्झौतालाई नेपालका वामपन्थी राजनीतिक दलका नेताहरु र विषय विज्ञहरुले खारेजीको माग गरेका छन्। राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले जेष्ठ २९ गते राजधानीमाआयोजना गरेको “सार्वभौमिकताको रक्षा र फौजदारी विषयमा नेपाल – भारत पारस्परिक कानुनी सहायता सम्झौता” विषयक अन्तरक्रिया कार्यक्रममा वामपन्थी पार्टीका नेता तथा विषयविज्ञहरूले सो माग गरेका हुन्। प्रस्तुत विषयमाथि बोल्ने वक्ताहरूले उक्त सम्झौता राष्ट्रिय स्वाधीनताका दृष्टिकोणले नेपालका निम्ति बेठिक हुने भएकाले खारेज नै गर्नुपर्ने धारणा राखेका थिए। सन्तबहादुर नेपाली राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले…
Read More