रवि लामिछानेमाथि लगाए मुकुल ढकालले यस्ताे गम्भीर आराेप
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको भोलिपल्ट मुकुल ढकाल सभापति रवि लामिछानेविरुद्ध खनिएका छन् । केन्द्रीय समितिले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेर उनले रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने बताए । करिब ४५ मिनेट एकतर्फी बोलेका र अन्तिममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ नदिई हिँडेका मुकुलले विगतमा आफूले रवि लामिछानेको हरेक कदमको बचाउ गर्ने गरेको र पछिल्लो समय सम्बन्ध बिग्रेको पनि खुलाए । सरकारको आलोचना गरेपछि सम्बन्ध बिग्रियो ढकालले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएकाहरुको समीक्षा गर्नुपर्ने विषय उठाएपछि लामिछानेसँग विवाद भएको बताए । ‘मूल विवाद भनेको…