हुण्डीको कारोबार गर्ने चार जना प्रहरी नियन्त्रणमा ।
बरामद सामानसहित काराेबारी बाँके । २४ लाख रुपियाँ नगदसहित अबैध हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ । बाँकेका प्रहरी प्रवक्ता, डिएसपी नारायण डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१२ बाट नगद र हुण्डीमा संलग्नलाई नियन्त्रणमा लिइएको हाे । नेपालगन्ज –१२ बेलासपुरमा हुण्डी कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले कारवाही गर्दा २४ लाख ६२ हजार ३१५ रूपियाँ नगद र हुण्डि कारोबारको हिसाब राखेको कपी र नोटबुकसहित पक्राउ गरेको हाे । प्रहरीले त्यस क्रममा हिसाव राखेको कपी थान १, सानो नोट बुक थान १, बिभिन्न व्यक्तिको नाममा विभिन्न बैंकमा पैसा जम्मा गरेको भौचरसहित हुण्डी कारोबारमा संलग्न नेपालगन्ज १८ का…