महाधिवेशनलाई भव्य, सानदार र ऐतिहासिक रुपमा सफल पार्न ५ नं. प्रदेश संयाेजक अटलकाे अनुराेध
दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनलाई भव्य, सानदार र ऐतिहासिक रुपमा सफल पार्न ५ नं. प्रदेश संयाेजक अटलले अनुराेध गर्नुभएकाे छ । उहाँले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै 'सवै किसान, मजदुर, श्रमजीवी शिक्षक, विद्यार्थी, प्रोफेसर, डाक्टर, इन्जिनियर, कानुन व्यवसायी, व्यापारी, उद्योगपती, निर्माण व्यसायी पत्रकार लगायत सम्पूर्ण तह र तप्काका न्यायप्रेमी जनसमुदायमा सहयोग र समर्थनका लागि हार्दिक अनुरोध गर्दछौ' विज्ञप्तिमा भनिएकाे छ, 'गत भाद्र २८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नं. प्रदेश संगठन समितिको तेस्रो बैठक भव्य रुपमा सम्पन्न भएको छ । प्रदेश समितिका इन्चार्ज क. कुमुदको विशेष उपस्तिथि र प्रदेश संयोजक क अटलको अध्यक्षतामा सम्पन्न सो…