क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न
कञ्चनपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कञ्चनपुरको जिल्ला सम्मेलन असोज ६ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । जिल्ला संयोजक बिष्णु राम दमाईको अध्यक्षतामा सम्पन्न जिल्ला सम्मेलनमा प्रमुख अतिथि केन्द्रीय कार्यालय सदस्य इन्द्रमोहन सिग्देल हुनुहुन्थ्यो । सम्मेलनमा केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज लालबहादुर जाग्री, प्रदेश संयोजक रामबहादुर चौधरी, प्रदेश सहसंयोजक रामबहादुर केसी लगायतको आतिथ्यता रहेको थियोे । सम्मेलन उद्घाटन कार्यक्रममा जिल्ला इन्चार्ज विक्रान्त, प्रदेश संयोजक चौधरी, प्रदेश इन्चार्ज जाग्रीले शुभकामना मन्तव्य राख्नुभएको थियोे । प्रमुख अतिथि सिग्देलले आगामी महाधिवेशनमा पार्टीको कार्यदिशा, रणनीति, कार्यनीति कस्तो हुने र क्रान्तिलाई कसरी अगाडि बढाउने भन्ने विषय बहसको मुख्य विषय भएको बताउँदै कञ्चनपुरको जिल्ला सम्मेलन…