समाचार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली दुधौलीकाे नगर संम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली दुधौलीकाे नगर संम्मेलन सम्पन्न

सिन्धुली : भाद्र २९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति सिन्धुली अन्तर्गत दुधौली नगर संम्मेलन जिल्ला इन्चार्ज जीवनको आतिथ्य र जिल्ला सदस्य तवीर बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त संमेलनलले तवीर बिश्वकर्मा सेक्रेटरी र सन्तोष कार्कीलाई सहसेक्रेटरीमा चयन गर्दै १३ सदस्यीय नगर समिति निर्माण गरेको छ । साथै सिङगो नगर समिति सदस्यहरूव्दारा आगामी असोज १८ र १९ गते हुने एकता जिल्ला संमेलनको प्रतिनीधि चयन गर्ने काम पनि गरेको छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौंको जिल्ला सेक्रेटरीमा प्रकाश

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौंको जिल्ला सेक्रेटरीमा प्रकाश

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेपालको एकताको ११ औं जिल्ला सम्मेलनले प्रकाशको नेतृत्वमा ५१ सदस्यीय काठमाण्डौ जिल्ला समिति निर्वाचित गरेको छ । ३६ सदस्यलाई निर्वाचित गरिएको छ र १५ सदस्यलाई पछि जिल्ला समितिले मनोनित गर्ने बताइएको छ । निर्वाचितहरुमा जिल्ला सेक्रेटरी प्रकाश, सदस्यहरू हेमन्त , चन्द्र, विश्वास,विरता,तारा,विवेक, ज्वाला,कृष्ण , हिमाल , उज्ज्वल,अदृश्य, रविन,सागर,श्रेष्ठता,उषा ,विवेक,युद्ध,अज्ञात ,दिनेश ,सिन्धु,राघ,कृपश,पीडित , सागर,किशोर ,निरज ,सूर्यप्रकाश, क्रान्तिदीप,रमेश,सीमा , कमल ,आस्था ,पल,पी. के., शिलशिला रहनु भएकोछ । रक्तिम,उषा र रमणको तीन सदस्यीय निर्वाचन मण्डलले चुनावी कार्य सम्पन्न गरेको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेपालका वरिष्ठ नेता गौरवले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराउनु भएको थियो ।…
Read More
धर्मेन्द्र बास्ताेलाकाे समूह क्रान्तिकारी लफ्‌फाजीको जलापले बेरिएको दक्षिणपंथी संशोधनवादी हो : बास्तोला

धर्मेन्द्र बास्ताेलाकाे समूह क्रान्तिकारी लफ्‌फाजीको जलापले बेरिएको दक्षिणपंथी संशोधनवादी हो : बास्तोला

बर्दिया : धर्मेन्द्र बास्ताेला नेतृत्वकाे नेकपा (बहुमत) क्रान्तिकारी लफ्‌फाजीको जलापले बेरिएको दक्षिणपंथी संशोधनवादी समूह भएकाे नेकपा (बहुमत)का विद्राेही नेता लक्ष्मण बास्तोलालगायतले बताएका छन् । शुक्रबार लक्ष्मण बास्तोला जिल्ला कमिटी सदस्य बर्दिया (कसम) जगत ओली-जिल्ला कमिटी सदस्यएवं क्रान्तिकारी युवासंगठन जिल्ला इन्चार्ज बर्दिया र पार्वती बास्तोला सदस् (कल्पना)ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे कुरा बताएका हुन् । लक्ष्मण बास्तोला र पार्वती बास्तोला धर्मेन्द्र बास्ताेला कञ्चनका आफ्नै भाइ बुहारी समेत हुन् । लक्ष्मण बास्तोलालगायतले जारी गरेकाे विज्ञप्ति भनिएकाे छ, 'क्रन्तिकारीहरुको एकता आजको आवश्यकता हो । तर हामी संलग्न समूह नेकपा (बहुमत) यसका विपरित क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालबाट फूटेर अलग हुनपुग्यो । हामीले…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली कमलामाई नगरको एकता सम्मेलन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली कमलामाई नगरको एकता सम्मेलन

असोज १८ र १९ गते सिन्धुली जिल्ला सम्मेलन गर्ने सिन्धुली : यही भाद्र २८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली कमलामाई नगर समितिको एकता सम्मेलन जिल्ला इन्चार्ज जीवनको बिशेष उपस्थितिमा सम्पन्न गरियो । जिल्ला सदस्य हरि बस्नेतको अध्यक्षमा सञ्चालन गरिएको उक्त सम्मेलनको जिल्ला सदस्य रत्न आलेले सञ्चालन गर्नु भएको थियो । उक्त एकता सम्मेलनले हरि बस्नेत सेक्रेटरी र रत्न आले सहसेक्रेटरी नीर्वाचित गर्नुका साथै १३ सदस्यीय कमलामाई नगर समिति चयन गरी आगामी असोज १८ र १९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्ला सम्मेलन सम्पन्न गर्नका लागि सम्मेलनको प्रतिनिधिहरू निर्वाचित गरियो ।
Read More
बागलुङ दुर्घटनामा पर्ने सबैको खुल्यो पहिचान

बागलुङ दुर्घटनामा पर्ने सबैको खुल्यो पहिचान

त्रिवेणी : रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढा, उनकी ६१ वर्षीया आमा गोपिमाया बुढा र सोही गाउँपालिका–२ का ३७ वर्षीया वडाध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएको छ । गाडी चालक भूमे गाउँपालिका–३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौड्यालले जानकारी दिए । उनका अनुसार गाडी चालकको धौलागिरि अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ । आज…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैंकाे एकता सम्मेलन, संयोजक किरणद्वारा रिमोटबाट ब्यानर उद्घाटन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैंकाे एकता सम्मेलन, संयोजक किरणद्वारा रिमोटबाट ब्यानर उद्घाटन

अनु निराैला/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमान्डौ जिल्लाको सम्मेलन सुरु भएको छ । घट्टेकुलाेस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सुरु भएको सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य किरणले रिमोटबाट ब्यानरको पर्दा हटाएर गर्नु भएको थियो । संयोजक किरणको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । उद्घाटन सत्रलाई संयोजक किरण, पार्टीका बरिष्ठ नेता गौरव, केन्द्रीय सहसंयोजक असिम, कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शन, कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । काठमान्डौ जिल्ला संयोजक प्रकाशको सभापतित्व र नारायण शर्माको सञ्चालनमा सम्पन्न भएको अधिवेशनको उद्घाटन सत्रलाई हेमन्तले स्वागत मन्तव्य राख्नुभएको…
Read More
नेपाल प्रहरीमा खुल्याे ३२० जनालाई जागिर

नेपाल प्रहरीमा खुल्याे ३२० जनालाई जागिर

काठमाडौं : नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको हो । यसमा अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशकाे कृष्णबहादुर प्रधानको निधनमा शोक वक्तव्य

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशकाे कृष्णबहादुर प्रधानको निधनमा शोक वक्तव्य

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेश संगठन समितिका सदस्य एवं राष्ट्रिय उद्योग तथा व्यपार महासंघका केन्द्रीय कार्यालय सदस्य कमरेड केशर प्रधानका बुवा कृष्णबहादुर प्रधानको यही २०८१ भदौ २४ गते सोमबारको दिन ७४ वर्षको उमेरमा अर्वुद रोगको उपचार गराउँदा गराउदै दुःखद निधन भएको छ । उहाँप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेश संगठन समिति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँका सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै निम्न शोक वक्तव्य प्रकाशित गरेको छ :
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेश संगठन समितिव्दारा हार्दिक श्रद्धाञ्जली अर्पण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेश संगठन समितिव्दारा हार्दिक श्रद्धाञ्जली अर्पण

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेश संगठन समितिका सदस्य कमरेड रामकुमार दोङ ‘जिराम’की ममतामयी आमा ज्याबरानी तामाङको ८९ वर्षको उमेरमा असामयिक निधन भएकोमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेश संगठन समितिव्दारा निम्न विज्ञप्ती प्रकाशित गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ :
Read More
कृष्णवाला श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

कृष्णवाला श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

टेकहरी न्यौपाने/काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य कृष्णवाला श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा ललितपुरको कुपाृण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता कमल चौधरी ,संचालन सुरेश श्रेष्ठ रअतिथिहरुमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरण कार्यालय सदस्य रामसिङश्रीस , सीताराम थापा र अटल रहेका थिए । कार्यक्रममा कृष्णवालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै फोटोमा पुष्पार्पण कार्यक्रममागरिएको थियो । oppo_32 oppo_32 oppo_32 oppo_32 oppo_32 कार्यक्रममा अतिथिहरुले कृष्णवालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कृष्णवालाश्रेष्ठको नेपालको कम्युनिष्ट आन्दोलनमा रहेको योगदानबारे चर्चा परिचर्चा गरेका थिए । कार्यक्रममा कृष्णवालाका छोारहरु कृष्णभक्त श्रेष्ठ , पुरुषोत्तम श्रेष्ठ ,उत्तम श्रेष्ठ उद्वव श्रेष्ठ,छोरी…
Read More