काभ्रेमा सहिद र बेपत्ता योद्धा परिवार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न
रोशी,काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सहिद र बेपत्ता योद्धा परिवार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेको आयोजनामा उक्त सम्मान कार्यक्रम गरिएको हो । काभ्रे जिल्लाको रोशी ७मा अबस्थित कटुन्जेमा सहिद राजु न्यौपाने (क.प्रभु)को घरमा गै सहिद कमरेड न्यौपानेको परिवारलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि काभ्रे जिल्ला सचिव क.ढोक प्रसाद अधिकारीले सहिदले देखाएको बाटोमा अघि बढ्न र पार्टीले भेटघाट र सम्मान कार्यक्रम राखेको हो । फाल्गुन १४ गते देखि २१ गते सम्म पार्टीले सहिद सप्ताह कार्यक्रम मनाउदै आएको छ । कार्यक्रममा पार्टीको केन्द्रिय सल्लाहकार सदस्य टङ्कराम अधिकारीले सहिदको सम्मान…