समाचार

क्रान्तिकारी युवा संघ नेपाल बर्दियाको संयोजकमा अधिकारी

क्रान्तिकारी युवा संघ नेपाल बर्दियाको संयोजकमा अधिकारी

बर्दिया : क्रान्तिकारी युवा संगठन नेपाल बर्दियामा दीपक अधिकारी संयोजक चयन हुनुभएको छ । ७ जनाको उक्त समितिमा सदस्यहरु धर्मराज थापा,विनोद न्यौपाने ,निरन्जन रोकाया, तारा थापा, कञ्चन भण्डारी ,श्रवण लोध रहेका छन् । २०८२श्रावण ३ गते सम्पन्न भेलाले उक्त समिति गठन गरको हो । कार्यक्रमको अध्यक्षता दीपक अधिकारी,पार्टीका वैकल्पिक पिविएम प्रकाश उर्जाको प्रमुख आतिथ्यता, क्रान्तिकारी युवा संगठन नेपालका कार्यालय सदस्य संगीन भिउ थापाको विशेष उपस्थिति ,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य विन्ति,कमला खड्का ,बर्दिया जिल्ला इन्चार्ज भूकम्पको समेत आतिथ्यतामा उक्त भेला भएकोथियो।
Read More
आदिवासी जनजाती महासङ्घ र तमु राष्ट्रिय मुक्ति मोर्चा गठन

आदिवासी जनजाती महासङ्घ र तमु राष्ट्रिय मुक्ति मोर्चा गठन

पोखरा : माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल आदिवासी जनजाती महासङ्घ र तमु राष्ट्रिय मुक्ति मोर्चाको भेला पोखरामा सम्पन्न भएको छ । यहि असार २७ र २८ गते महासङ्घका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । सो भेलाले बम बहादुर छन्त्यालको नेतृत्वमा अखिल नेपाल आदिवासी जनजाती महासङ्घ सात नम्बर क्षेत्रीय समन्वय कमिटी गठन गरेको छ । त्यसैगरि तमु (गुरुङ)हरुको राष्ट्रिय भेला सम्पन्न भएको समाचार छ । पवनमान श्रेष्ठकै प्रमुख आतिथ्यतामा सम्पन्न भएको राष्ट्रिय एकता भेलाले महान गुरुङको नेतृत्वमा अखिल नेपाल तमु राष्ट्रिय मुक्ति मोर्चाको १३ सदस्यीय केन्द्रीय समिति निर्माण गरिएको छ…
Read More
तुलसीपुरका मेयरलाई  बुझायाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १३ बुँदे ज्ञापन पत्र

तुलसीपुरका मेयरलाई बुझायाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १३ बुँदे ज्ञापन पत्र

देशको राजनीतिक, आर्थिक तथा सांस्कृतिक अवस्था सङ्कटग्रस्त बन्दै दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङले तुलसीपुर उपमहानगरपालिकाका मेयरलाई ज्ञापन पत्र बुझाएकाे छ । बढ्दाे भ्रष्टाचार, अनियमितता लगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई समेटेर ज्ञापन पत्र बुझाएकाे हाे ।ज्ञापन पत्रमा भनिएकाे छ, ‘वर्तमान अवस्थामा किसान, मजदुर, शिक्षक, विद्यार्थी लगाएत सम्पूर्ण श्रमजीवीहरुका राष्ट्रियता जनतन्त्र र जनजीवीका संग सम्बन्धीत निम्न मागहरु यस तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र पेश गरेका छौं । हाम्रा जायज मागहरुलाई यथाशिघ्र सुनुवाई गरी कार्यान्वन गरीदिनुहुन अनुरोध गर्दछौं। साथै हाम्रा मागहरुको वेवास्ता गरिएमा स्थानीय स्तरमा कडा आन्दोलनको आधीबेहरी सृजना गर्न बाध्य हुने जानकारी गर्दछौं ।”ज्ञापन पत्रमा १३ बुँदेसहितकाे विवरण यस प्रकार रहेकाे…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीको सूचना, संचार तथा प्रकाशन विभागको बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीको सूचना, संचार तथा प्रकाशन विभागको बैठक सम्पन्न

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको सूचना, सञ्चार तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय कुपण्डोलमा सम्पन्न बैठक विभागका प्रमुख तथा सथायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शनको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा पार्टीका स्थायी समिति सदस्य रामसिङ श्रीस र पोलिटव्यूरो सदस्य गंगा पौडेलको समेत उपस्थिति थियो । बैठकको प्रारम्भमा ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो ।बैठकले विगत बैठकले गरेका निर्णण्हरु माथि समिक्षा ग¥यो । पार्टीले गत चैत्र ४–वैशाख १८ सम्म सञ्चालन गरेको जनसम्बन्ध विस्तार अभियानलाई सफल पार्न विभागबाट गठन गरिएका हाँक डेस्क , मूलबाटो र वर्गदृष्टि डेस्क ,तथा बाह्य मिडिया डेस्क गरी…
Read More
आज यी चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने

आज यी चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटले जिल्ला    प्रशासनमा बुझायाे ज्ञापन पत्र

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटले जिल्ला प्रशासनमा बुझायाे ज्ञापन पत्र

विदुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटका सचिब प्रसिद्धको एक प्रतिनिधिमण्डलले जिल्लाका जल्दाबल्दा समस्याहरुको बारेमा र जिल्लामा बढ्दै गईरहेको संस्थागत भ्रष्टाचारको विषयलाई लिएर ज्ञापन पत्र बुझाएको छ । २०८२ असार ३१ गते जिल्ला पार्टी सचिव प्रशिद्धले प्रशासनिक क्षेत्रमा भैरहेको घुसखोरी,बिकास निर्माणमा भैरहेको अनियमितता र बजारमा भैरहेको कालाबजारिकरण,प्राकृतिक सम्पदाको दोहन र भैरहेको तस्करी रोक्ने विषयमा ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । सो अवसरमा उक्त जिल्ला पार्टीका कार्यालय सदस्य दर्शन, जिल्ला सदस्य सामना,र अन्य सदस्यहरु जगत र सबिना लगायतको उपस्थिति रहेको थियो ।
Read More
देशका केही भूभागमा भारी वर्षाको सम्भावना

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई…
Read More
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका…
Read More
“पश्चगामी राजतन्त्र र वुर्जुवा गणतन्त्रको विकल्प संघीय जनगणतन्त्र हो”

“पश्चगामी राजतन्त्र र वुर्जुवा गणतन्त्रको विकल्प संघीय जनगणतन्त्र हो”

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौं जिल्लाले आयोजना गरेको अन्तरक्रियमा गजुरेलले प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल नभएको आरोपसमेत लगाए । काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र’ सम्बन्धी कार्यपत्रमाथि चर्चा गर्दै गजुरेलले समयको मगअनुसार विषय उठान भएको बताए । गजुरेलले जनयुद्धमा लिएको उद्देश्य पूरा नहुँदा पश्चगामी र बुर्जुवाहरुले देशलाई अस्थिर बनाएको आरोप लगाउँदै भने,“प्रचण्ड र बाबुरामहरुले बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको पक्षमा सम्झौता गरेर १० वर्षको महान् जनयुद्धमाथि धोका दिँदा यो अवस्था आयो,…
Read More
शैक्षिक संस्थामा नियम विपरीत शुल्क असुलीविरुद्ध अखिल (क्रान्तिकारी)

शैक्षिक संस्थामा नियम विपरीत शुल्क असुलीविरुद्ध अखिल (क्रान्तिकारी)

काठमाडौं : मोहन बैद्य नेतृत्वको नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) काठमाडौं जिल्ला संगठन समितिले जिल्लाका विभिन्न निजी शैक्षिक संस्थाहरूमा शिक्षासम्बन्धी कानुन विपरीत शुल्क असुली भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। संगठनले शिक्षालाई व्यापारको वस्तु बनाइएको, शुल्क असुलीको नाममा विद्यार्थीमाथि शोषण भइरहेको, शुल्क वृद्धि बन्द गर्न पटक–पटक आग्रह गर्दा पनि वेवास्ता भएको जनाएको छ। प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार शिक्षालयले नियमविपरीत विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुली गर्दै आएको, त्यसले विद्यार्थी र अभिभावकमाथि आर्थिक भार बढाएको र शिक्षामा समान पहुँचलाई अवरोध गरेको संगठनको भनाइ छ। संगठनले विद्यालयलाई शिक्षालयकै रूपमा सञ्चालन गर्न आग्रह गर्दै शुल्क असुली रोकेर संविधानअनुसार निःशुल्क…
Read More