क्रान्तिकारी प्रेस सङ्गठनको तेस्रो राष्ट्रिय भेला असार ६ गते काठमाडाैँमा हुने
काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट पत्रकार संगठन क्रान्तिकारी प्रेस सङ्गठनको तेस्रो राष्ट्रिय भेला २०८३ असार ६ गते काठमान्डौमा गर्ने निर्णय गर्दै बैठक सम्पन्न गरिएको छ ।२०८१ असार १ गते काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाव्दारा निर्वाचित काठमान्डौमा उपलब्ध केन्द्रीय समितिका सदस्यहरुको बैठकले सो निर्णय गरेको हो ।क्रान्तिकारी प्रेस सङ्गठनका संयोजक नारायण पंगेनीको अध्यक्षतामा सूचना सञ्चार तथा प्रकाशन विभागका प्रमूख हेमन्तप्रकाश ओलीको प्रमुख आतिथ्यतामा र विभागका सचिव हुकुमबहादुर सिंहको सञ्चालनमा भएको बैठकव्दारा भेलालाई प्रभावकारी रुपले सम्पन्न गर्न निम्न निर्णयहरु गरेको छ :१ तेस्रो राष्ट्रिय भेला यही असार ६ गते शनीवार काठमान्डौमा भव्य रुपले सम्पन्न गर्ने ।२े पत्रकार महासंघले घोषणा गरेको…