समाचार

आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको छ। यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी १२ घण्टामा उत्तर–उत्तर पश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई…
Read More
‘जनक परियारलाई राज्यले गैरन्यायीक पक्राउ गर्यो, सर्बोच्चले न्याय दियो’

‘जनक परियारलाई राज्यले गैरन्यायीक पक्राउ गर्यो, सर्बोच्चले न्याय दियो’

काठमाडौँ : राज्यले जेनजी जनका परियारलाई गैरन्यायीक थुनामा राखेको र सर्बोच्च अदालतले थुनामुक्त गराएर संविधान सम्झाएको वक्ताहरुले बताए । बहिबार राजधानीको संवाद डबलीमा राष्ट्रिय जेनजी नागरिक अभियानले गरेको कार्यक्रममा परियारले हिरासतको बसाईपछि थप आत्मबल बढेको बताए । अभियानका संयोजक सुनिल सिंहले जेनजी कै बलमा बनेको सरकारले जनक परियार जस्तै सयौं युवाहरुप्रति पूवाग्रह साँधेको जिकिर गरे । परियारले सरकारका कार्यहरुमा खबरदारी गर्दा पक्राउ गर्नु संविधान विपरित भएको र न्यायालयले थुनामुक्त गरेर संविधानको रक्षा गरेको दाबी गरे । अभियानका प्रवक्ता विर्जन विश्वकर्माले राज्यका बेथिति र विसंगतिविरुद्ध खबर्दारी गर्न पाउने संवैधानीक अधिकारलाई सरकारले मिच्दै गएको आरोप लगाए । “जेनजी आन्दोलन प्रतिक्रान्तिमा बदलियो, सबै…
Read More
हाम्रा आफन्त तत्काल नछुटे दसैं–तिहारपछि कडा आन्दोलन गर्छौः जेनजी थुनुवा अभिभावक

हाम्रा आफन्त तत्काल नछुटे दसैं–तिहारपछि कडा आन्दोलन गर्छौः जेनजी थुनुवा अभिभावक

काठमाडौँ : जेनजी थुनुवा अभिभावक संघर्ष समितिले आफ्ना आफन्तहरुलाई दसैं अगाडि मुद्धा खारेज गरि कारागार मुक्त गर्न माग गरेका छन् । आफूहरुका माग पुरा नगरे तिहार तथा छडपछि कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । संघर्ष समितिका संयोजक छत्रबहादुर कार्कीले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले उनै जेनजीलाई एक वर्षदेखि हिरासत राखेको भन्दै आक्रोश व्यक्त गरे । कार्कीले आफ्नो छोरा जस्तै २७ सय जनामध्ये ६७५ जना हिरासतमा रहेको र ६ सयजना धरौटिमा छुटेको जानकारी दिए । परिवर्तनका लागि राजनीतिक संघर्षमा सहभागि हुनेलाई मुद्धा नभई सम्मान गर्नुपर्ने उनको धारणा छ । “जेनजीका मुद्धाहरु खारेज गरी निसर्त रिहा गर्नुका साथै उनिहरुलाई सम्मान…
Read More
सीता एयर डोल्पामा दुर्घटना

सीता एयर डोल्पामा दुर्घटना

काठमाडौँ : नेपालगन्जबाट डोल्पाका जुफाल एयरपोर्ट उडेको सिता एयर दुर्घटना भएको छ । १३ जना यात्रु बोकेर गएको सानो विमानको पछाडिको दायाँ तर्फ टायर फुस्केपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।डिएसपी अनिल गिरीका अनुसार सबै यात्रु सकुशल छन् भने धावनमार्गमा मर्मत भइरहेको छ । आज बिहान ८ बजेर २५ मिनेटको समयमा नाइ–एन–एजेएच कलसाइन थियो । जहाजमा सात जना विदेशी नागरिक समेत थिए । जहाज धावनमार्गमै रोकिएपछि अन्य जहाज अवतरण गर्न सकेका छैनन् । जुफालकाे उडान अवरुद्ध रहेका छ ।
Read More
लुम्बिनी प्रदेशमा पछिल्लो १२ घण्टामा भारीदेखि धेरै भारी वर्षा

लुम्बिनी प्रदेशमा पछिल्लो १२ घण्टामा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ : पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रका रूपमा रहेको महाशाखाले जनाएको छ। उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले देशभरको मौसममा प्रभाव परेको महाशाखाले जनाएको छ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल साेलुखुम्बुले गरे यस्ताे अपील

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल साेलुखुम्बुले गरे यस्ताे अपील

साेलुखुम्बु : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल साेलुखुम्बुले सुरक्षित बस्न हुन जिल्लाबासीलाइ अपील गरेकाे छ । २०८३ असाेज ८ गते बिहान जिल्ला संगठन समितिका सचिव तेन्जीङले सुचना प्रकाशित गर्दै उक्त कुरा बताएका हुन् । जिल्ला संगठन समितिका सचिव तेन्जीङद्वारा जारी सुचनाकाे पूर्णपाठ -
Read More
बालेन्द्र सरकार अमेरिकी कठपुतली भएको पुष्टी

बालेन्द्र सरकार अमेरिकी कठपुतली भएको पुष्टी

काठमाडौँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बालेन्द्र सरकार अमेरिकी कठपुतली हो भन्ने पुष्टी भएको दावी गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८३ असोज ६ गते एक प्रेस–वक्तव्य जारी गर्दै सो दावी गर्नु भएको हो । ९ सेप्टेम्बर २०२६ मा अमेरिकाबाट प्रकाशित हुने अनलाइन पत्रिका ‘द ग्रेजोन’ ले गरेको खुलासाबाट बालेन्द्र सरकार अमेरिकी कठपुतली हो भन्ने पुष्टी भएका वक्तव्यमा स्पष्ट गरिएको छ । वक्तव्यमा राजनीतिक विश्लेषक भरत दाहालको गिरफ्तारीको विराधे गर्दै रिहाईको माग गरिएको छ । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –“नेपालमा कठपुतली बालेन सरकारको आगमनपछि यस सरकारले सचेततापूर्वक राष्ट्रघाती र जनघाती घटनाहरु घटाइरहेको छ । ९…
Read More
पुर्व विद्यार्थी नेता पुर्ण सिंहले प्रकाशन गरे `नवऔपनिवेशिक दलाल पुँजीवाद´

पुर्व विद्यार्थी नेता पुर्ण सिंहले प्रकाशन गरे `नवऔपनिवेशिक दलाल पुँजीवाद´

काठमाडौं : पुर्व विद्यार्थी नेता पुर्णबहादुर सिंहले नवऔपनिवेशिक दलाल पुँजीवाद नामक पुस्तक प्रकाशन गरेका छन् । उनले १३ वटा शिर्षकमा उक्त पुस्तक प्रकाशन गरेका हुन् । उक्त शिर्षकहरु `१) नवऔपनिवेशिक दलाल पुँजीवादको सङ्कट र समाधान, २) नवऔपनिवेशिक दलाल पुँजीवादको आम चरित्र, ३) नेपालका समग्र आन्दोलनको सिंहावलोकन, ४) ऐतिहासिक समाजवाद, ५) कम्युनिस्ट आन्दोलनमा कार्यदिशाको प्रश्न, ६) जनवाद-समाजवादको बहस, ७) नेपाली समाजको विश्लेषण, ८) नयाँ विचार पाठशाला, ९) नेपाली जनक्रान्तिको अवधारणा १०) नेपाली समाजवादको मार्गचित्र, ११) शिक्षा र नेपाली जनक्रान्ति, १२) युवा र नेपाली जनक्रान्ति, १३) डाटा पुँजीवाद र नेपाली जनक्रान्ति´ रहेको छ । उनलेे विशेषगरी अझै पनि नेपाली समाजमा क्रान्तिकाे आवश्यकता…
Read More
बाजुरामा स्याउ उत्पादन बढ्दै, बजार पाउन सधैँ अभाव

बाजुरामा स्याउ उत्पादन बढ्दै, बजार पाउन सधैँ अभाव

धनगढी: बाजुराका हिमाली क्षेत्रमा स्याउ उत्पादन बढ्दै गएको छ । किसानका बारीमा स्याउका बोट फलले झुकेका छन् । उत्पादन बढेपछि किसानको उत्साह पनि बढेको छ । बारीमा फलेको स्याउ टिपेर बजारसम्म पुर्‍याउने बेला यहाँका किसानलाई समस्या छ । जिल्लाको बुढीनन्दा नगरपालिका–१० का नैन बोहरा अहिले यही दोधारमा छन् । तीन चरणमा गरी ६ हजारभन्दा बढी स्याउका बिरुवा रोपेका बोहरा यतिबेला बारीमा पाकेका स्याउ टिप्न व्यस्त छन् । स्याउ उत्पादन उनको परिवारको पुरानै पेसा हो । पछिल्ला वर्षमा भने उनले यसलाई व्यावसायिक खेतीका रूपमा विस्तार गरेका छन् । बोहराका चारै भाइ अहिले स्याउ खेतीमा सक्रिय छन् । आफ्नै जमिनमा मात्र नभई…
Read More
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तर पश्चिम दिशा तिर सर्ने देखिन्छ। हाल कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू(भागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको…
Read More